News Portal

सारथि साहित्य परिवारको पहिलो संयुक्त गजल सङ्ग्रह “सारथि” विमोचन

हिमालीसंचार संवाददाता
५५७ पटक

काठमाडौँ – सारथि साहित्य परिवारले आफ्नो पहिलो संयुक्त गजल सङ्ग्रह “सारथि” विमोचन गरेको छ। संस्थाका कार्यक्रम संयोजक रमेश न्यौपाने राधाकृष्णको सभापतित्वमा संचालित कार्यक्रममा प्रमुख अतिथी डा.दामोदर पुडासैनी तथा विशिष्ट अतिथिहरु प्रा.डा.गार्गी शर्मा, डा.शेषराज आचार्य, डा.पुष्प रञ्जित साथै थुप्रै अतिथिहरु र विभिन्न साहित्यिक संस्थाहरुबाट अध्यक्ष तथा प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको थियो।

संस्थाले वरिष्ठ गजलकार डा.घनश्याम परिश्रमी, प्रदीप रोदन, रुपक वनवासी र रुपक अलंकारलाई नगद सहित दोसल्ला र सम्मानपत्रले सम्मान गरेको थियो। कार्यक्रम राष्ट्रिय नाँचघर जमलमा आयोजना गरिएको थियो।

पुस्तकमा ५८ गजलकारहरुका जम्मा २०२ वटा स्वच्छन्द र बहर गजलहरु सङ्ग्रहित रहेको संस्थाका सचिव तथा गजल सङ्ग्रहका सम्पादक बासु सापकोटाले जानकारी दिनुभयो।

निकै ब्यस्तता अनि कोरोना कहरको यो जटिल घडिमा पनि १८० जाना सर्जकको उपस्थितिले कार्यक्रममा रौनक थपेको अनि संस्थामा थप उर्जा र हौसला मिलेको संस्थाका अध्यक्ष सिताराम खड्काले जानकारी दिनुभयो।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...