News Portal

सारथि साहित्य परिवारको पहिलो संयुक्त गजल सङ्ग्रह “सारथि” विमोचन

हिमालीसंचार संवाददाता
५२५ पटक

काठमाडौँ – सारथि साहित्य परिवारले आफ्नो पहिलो संयुक्त गजल सङ्ग्रह “सारथि” विमोचन गरेको छ। संस्थाका कार्यक्रम संयोजक रमेश न्यौपाने राधाकृष्णको सभापतित्वमा संचालित कार्यक्रममा प्रमुख अतिथी डा.दामोदर पुडासैनी तथा विशिष्ट अतिथिहरु प्रा.डा.गार्गी शर्मा, डा.शेषराज आचार्य, डा.पुष्प रञ्जित साथै थुप्रै अतिथिहरु र विभिन्न साहित्यिक संस्थाहरुबाट अध्यक्ष तथा प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको थियो।

संस्थाले वरिष्ठ गजलकार डा.घनश्याम परिश्रमी, प्रदीप रोदन, रुपक वनवासी र रुपक अलंकारलाई नगद सहित दोसल्ला र सम्मानपत्रले सम्मान गरेको थियो। कार्यक्रम राष्ट्रिय नाँचघर जमलमा आयोजना गरिएको थियो।

पुस्तकमा ५८ गजलकारहरुका जम्मा २०२ वटा स्वच्छन्द र बहर गजलहरु सङ्ग्रहित रहेको संस्थाका सचिव तथा गजल सङ्ग्रहका सम्पादक बासु सापकोटाले जानकारी दिनुभयो।

निकै ब्यस्तता अनि कोरोना कहरको यो जटिल घडिमा पनि १८० जाना सर्जकको उपस्थितिले कार्यक्रममा रौनक थपेको अनि संस्थामा थप उर्जा र हौसला मिलेको संस्थाका अध्यक्ष सिताराम खड्काले जानकारी दिनुभयो।

प्रतिकृया दिनुहोस्

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...