आज : २०२६-०६-१४, आइतबार

कैलाश श्रेष्ठ नाम परिवर्तन गरी भूमिका श्रेष्ठको नाममा नागरिकता दिने मन्त्रिपरिषद्को निर्णय

काठमाण्डौ – नेपाल सरकारले पारलैंगिक अभियन्ता भूमिका श्रेष्ठलाई नागरिकता दिने निर्णय गरेको छ। गृह मन्त्रालयको प्रस्तावमा कैशाल श्रेष्ठको नाम परिवर्तन गरी भूमिका श्रेष्ठ राख्न मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको सरकार प्रवक्ता तथा सञ्चार तथा प्रविधि मन्त्री पार्वत गुरूङले जानकारी दिए।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट कैलाश श्रेष्ठको नाममा २०६२ साल असोजमा नागरिकता लिएकी उनले नागरिकताको उल्लेखित विवरणको नाममा भूमिका श्रेष्ठ र लिंगमा अन्यबाट महिला कायम गर्न आग्रह गरेकी थिइन्।

मन्त्रालयले नागरिकतामा उनको नाम र लिंग परिवर्तन गर्न मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको हो।