✍️… तपिकुमार सिँह ठकुरी
मेरा सप्नहरू…
रूख,बिरुवा घाँसे काल्नारु
अनि प्रचण्ड तापले तपिएका
मैदाने चिराहरु जो साधि साधि बनेर
कल कल बगिरहेका निर्झरा जलमहासमर
लाचारी मा मौनतामा शान्ति संग
बेसी टार कोप्चेरारुमा…
कहिलै लाटो रिसले लोहरारुमा
श्वयत कञ्चन छालरु पछार्दै
बेवारीसे मुडाहरु गर्ल्यामगुर्लुम पछार्दै
बग्ने त्यो भेरी कर्णाली राप्तीहरू…
तर उस्का सप्नरु…
पृथक छन् घाँस देखायर लौरो लुकायका
पिठ्युँमा चढेर छत छोएका
अनि नोटै नोटको भोट पुगेका
टुप्पोमा चढेर फेद काटेका…
म देख्छु सप्नरू…
बन्जड गरारुमा
हरित गहुँका बालारु कोदोको झाम्रारु
मेचीमहाकाली का झिलिमिली फांटरु
तर उन्ले देख्दारछन्…
आफ्नै गोजी भारी भराउ
आफ्नै संसार झकिझकाउ
निद एउटै हो बिस्तरा फरक छ
उन्को र मेरो…
वस्त्र एउटै हो न्यानो र जाडो छेक्न्
म यही गर्छु घाम पानी तातो चिसो छेक्न
उ त दुनियाँलाई देखाउन
इज्जत बढाउन…
भोक एउटै हो उस्को अनि मेरो
भोजन त केवल भोककोलागी हो
म भोकको तृप्ति सन्तुष्टिको लागि ग्रहण गर्छु…
उस्ते त जिब्रो को लागि लिदो रछ
यहीँ छ सप्न फरक…
उस्को अनि मेरो।
– सिम्ता गाउँपालीका – ४ पिल्क,सुर्खेत।