News Portal

कांग्रेस निकटका पोखरेलले पत्रकार महासंघमा ओली समूहलाई नकआउट गर्दै, अधिकांश स्थानमा अगाडि

हिमालीसंचार संवाददाता
४६८ पटक

काठमाडौं – नेपाल पत्रकार महासंघको निर्वाचनमा नेपाली कांग्रेस समर्थक अध्यक्षका उम्मेदवार विपुल पोखरेलले लिड गरेका छन्। बुधबार भएको देशभरिको मतदानपछि भएको मतगणनामा पोखरेल फराकिलो मतसहित अगाडि देखिएका हुन्।

निर्वाचन समितिका एक सदस्यका अनुसार अध्यक्षका प्रत्यासी पोखरेलको प्यानल फराकिलो मतसहित अग्रता लिएको छ। पोखरेललाई प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको एमाले निकटको प्रेस चौतारीबाट अध्यक्षमा उम्मेदवार बनेकी निर्मला शर्माले पछ्याइरहेकी छिन्। शर्मा निकै पछाडि छिन्। अध्यक्षका अर्का उम्मेदवार गजेन्द्र बुढाथोकी निकै पछाडि छन्।

पत्रकार महासंघको निर्वाचनमा केन्द्रीय कार्यसमितिमा अध्यक्षसहित अधिकांश पदमा कांग्रेस निकटको प्रेस युनियनले जित्दैछ। पछिल्लो अनौपचारिक परिणाम अनुसार कांग्रेस निकटका अधिकांश उम्मेदवारले जितेका छन्। जिल्ला अध्यक्ष र प्रतिष्ठानहरूमा पनि प्रेस युनियनले जितेको छ।

यसपटक प्रेस युनियनले कहिल्यै पनि अध्यक्ष जित्न नसकेका जिल्लाहरूमा पनि कब्जा जमाएको छ। कम्युनिस्टहरूले सधैँ जित्दै आएका जिल्ला र प्रतिष्ठानमा कांग्रेस निकटका प्रेस युनियनले जितेको छ।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...