News Portal

आजको राशिफल: वि.सं. आज २०७७ साल चैत्र २४ गते मंगलवार, सन् २०२१ अप्रिल ६ तारिख

हिमालीसंचार संवाददाता
४५१ पटक

उपप्रा.लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ

प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। मिहिनेत गर्दा कीर्तिमानी काम सम्पादन हुनेछ।

वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

अवसर आए पनि नयाँ काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। शारीरिक कमजोरीले चिन्ता बढाउन सक्छ। अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला। तापनि, लगनशीलताले उपलब्धि दिलाउनेछ। काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। चिताएको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुनेछ।

मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह

प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। गाेपनीयता बाहिरिनाले समस्या आइपर्ला। सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ। सामान्य कामका लागि पनि दौडधुप गर्नुपर्नेछ। व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला।

कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो

घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। व्यापारमा लाभ लिने समय भए पनि तत्काल आंशिक लाभांश प्राप्त हुनेछ। प्रियजनको साथले आशा जगाउनेछ।

सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे

लगनशीलताले अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। रकम तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। शत्रुभाव राख्नेहरू स्वयं कमजोर हुनेछन्। बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ।

कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो

अप्ठ्यारो परिस्थिति अँगाल्दै अघि बढ्नुपर्ने समय छ। समयको मागअनुसार चल्न नसक्दा चिताएको काममा विलम्ब हुन सक्छ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। हल्लाको पछि लाग्दा दु:ख पाइनेछ। तापनि, लगनशीलताले परिस्थितिलाई बदल्नेछ र पछि लाभ हुने काम प्रारम्भ हुनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ।

तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते

बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। साझेदारीमा पहिलेको सम्झौता भंग हुन सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अरूको सुझावमा भर नपर्नुहोला। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। तर महत्त्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नुहोला। आस लागेको काम बिग्रिए पनि मेहनत गर्दा पछिलाई फाइदा हुनेछ।

वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु

अग्रजहरूको सहयोग जुट्नुका साथै शुभचिन्तकहरूबाट उत्साह प्राप्त हुनेछ। पराक्रमी कार्य सम्पादन गर्दै नाम र दाम कमाउने बेला छ। सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्। उद्योग र व्यापारमा पनि मनग्य लाभ हुनेछ। मिहिनेतले जीवनशैलीमा सुधार ल्याउनेछ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। आँटेको काम सजिलै सम्पादन हुनेछ।

धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

हडबडीले काम बिग्रनेछ भने सानो गल्तीले मौका गुम्न सक्छ। आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। तापनि मिहिनेतले केही उपलब्धि अवश्यै दिलाउनेछ। बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। लक्ष्य पहिल्याउन सकिनेछ।

मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि

आत्मविश्वासको कमीले पछि परिनेछ। भेटघाटमा अलमलिनाले आँटेका काममा बाधा हुनेछ। तापनि मिहिनेत गर्दा पछिका लागि फाइदा लिन सकिनेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ।

कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द

छिमेकमा असमझदारी बढ्ने हुँदा होसियारीसाथ काम लिनुहोला। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ला। बलजफ्तीको व्यवहारले व्यर्थैमा समस्या निम्त्याउन सक्छ। आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ। खर्च लागे पनि यात्रा गर्ने अवसर प्राप्त हुनेछ। तर आफ्ना विषयवस्तुमा अरूले दाबी गर्न सक्छन्।

मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि

दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ। रोकिएको काम बन्नाले जिम्मेवारी समेत बढ्न सक्छ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। मिहिनेतले सफलताकाे उचाइमा पुर्याउनेछ।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...