News Portal

विराटनगर विमानस्थल नेपालकै ठूलो आन्तरिक टर्मिनलमा स्तरोन्ति हुने

हिमालीसंचार संवाददाता
४११ पटक

विराटनगर – विराटनगर विमानस्थल आन्तरिक उडान हुने सबैभन्दा ठूलो टर्मिनल निर्माण हुने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले विराटनगरमा देशकै ठूलो टर्मिनल भवन बनाउने भएको हो ।

विमानस्थलमा यात्रुको चाप बढ्दै गए पछि साँघुरो टर्मिनल भएका कारण सेवा राम्रो नभएको भन्दै प्राधिकरणले नयाँ टर्मिनल भवन निर्माण गर्ने भएको हो। उडान संख्या बढ्दै गएका तराईका विमानस्थल विराटनगरमा आधुनिक र सुविधासम्पन्‍न टर्मिनल निर्माण गर्ने योजनाअनुसार विराटनगरमा नया टर्मिनल भवन बनाउन लागिएको प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए।

विराटनगर विमानस्थलमा टर्मिनल भवनका लागि डिजाइनको काम सकिएको र आवश्यक जग्गा खरिद प्रक्रिया अघि बढाउन थालिएको प्राधिकरण अन्तर्गतको विमानस्थल पूर्वाधार निर्माण हेर्ने एरोडोम निर्देशनालयका इञ्जिनियर नलबिक्रम थापाले जानकारी दिए। थापाका अनुसार विराटनगर विमानस्थलमा अहिलेको टर्मिनल क्षेत्रफल ८ सय २५ वर्गमिटर छ। अब नयाँ बन्ने टर्मिनल ८ हजार ९ सय ७७ वर्गमिटरको हुनेछ। यो अहिले सम्मकै नेपालका डोमेस्टिक (आन्तरिक उडान) टर्मिनलमा सबभन्दा ठूलो क्षेत्रफल भएको विमानस्थल हुने छ। काठमाडौं विमानस्थलको डोमेस्टिक टर्मिनलको क्षेत्रफल ६ हजार वर्गमिटर छ। हाल यसलाई विस्तार गरेर ८ हजार वर्गमिटर बनाउने पनि काम भइरहेको छ।

विराटनगरमा टर्मिनल बनाउन ३ अर्ब १५ करोड रूपैयाँ लगानी आवश्यक हुने प्राधिकरणको प्रारम्भिक अनुमान छ। ठेक्का प्रतिस्पर्धामा जाँदा अनुमानभन्दा लागत कम पनि हुन सक्नेछ। ‘अहिलेको टर्मिनलको अवस्था विजोग छ। यस्तोमा हामीले आधुनिक सेवा सुविधा भएको टर्मिनल बनाउन खोजेका हौं,’ थापाले भने, ‘नयाँ टर्मिलनमा सपिङदेखि प्लेइङ स्पेससम्मका सुविधा हुने छन्।’

प्रतिघन्टा नौ सय यात्रुलाई सेवा दिनसक्ने नयाँ टर्मिनलले आगामी ३० वर्षसम्मको ट्राफिक थेग्‍ने प्राधिकरणको प्रक्षेपण छ। ‘पछिल्लो समय आन्तरिक उडानको संख्या बढिरहेको छ, त्यसमा पनि विराटनगरमा धेरै नै बढेको छ। त्यो हिसाबले हेर्दा आगामी तीन दशकसम्म पनि यो साँघुरो हुने छैन,’ थापाले भने।

गत दुई दशकको ट्राफिक वृद्धिदर ८ प्रतिशत रहेको र पछिल्लो पाँच वर्षमा यस्तो वृद्धिदर अझै उच्च हुने भएकाले नयाँ टर्मिनल बनाउनुपर्ने निष्कर्षमा प्राधिकरण पुगेको उनको भनाइ छ। यो टर्मिनल भवन निर्माण भएपछि आवश्यकता परे अन्तर्राष्ट्रिय उडान पनि सञ्‍चालन गर्न सकिने थापाले जानकारी दिए।

विमानस्थलका लागि अब १ सय २६ विघा जमिन अधिग्रहण गरिँदैः

टर्मिनलसँगै विमानस्थलमा धावनमार्ग विस्तार तथा ट्याक्सी-वे निर्माण गर्न भन्दै प्राधिकरणले  १ सय २६ विघा निजी जमिन अधिग्रहण गर्ने भएको छ।

अधिग्रहण गरिने क्षेत्रमा जग्गा रहेका जग्गा धनीलाई मुआब्जा दाबी गर्न आज सोमबार जिल्ला प्रशासन कार्यालय मोरङ र सुनसरीले सार्वजनिक सूचना जारी गरेका छन्। यो जग्गा अधिग्रहणका लागि कम्तीमा दस अर्ब रूपैयाँ लागत अनुमान गरिएको छ।

मुआब्जा दाबी आएपछि यसको वास्तविक आँकडा आउने विराटनगर नागरिक उड्डयन कार्यालयले जानकारी दिएको छ।भविष्यमा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान गर्नुपर्ने अवस्था आएमा धावनमार्ग विस्तार गर्न अहिलेको जग्गा पर्याप्त नहुने र भविष्यमा जग्गा महँगो हुने भएकाले अहिले नै अधिग्रहण गर्न खोजिएको प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताए।

बि.स. २०१५ सालमा बनेको यो विमानस्थलको हाल १ सय २० बिघा जमिनमा विमानस्थल फैलिएको छ। १५ सय मिटर लामो धावनमार्ग रहेको विमानस्थलमा हाल एटिआर–७२, बम्मार्डियरको क्यू ४ सय सिरिजका जहाज मात्र अवतरण हुन्छ। 

अहिलेकै धावनमार्गको स्ट्रिप्स (धावनमार्गको केन्द्रदेखि आवश्यक खाली ठाउँ) को मापदण्ड पूरा गर्न पनि जग्गा आवश्यक भएको इञ्जिनियर थापाले जानकारी दिए। ‘धावनमार्गदेखि स्ट्रिपको दुरी १ सय ६५ मिटर चाहिन्छ। तर अहिले जम्मा १ सय ४० मिटर छ। यो मापदण्ड पूरा गर्न विमानस्थलको एक भागमा मात्र पर्याप्त छ, अर्कोतिर छैन। त्यस्तै आवश्यक पेरिफेरि रोडका लागि पनि जमिन आवश्यक छ,’ थापाले भने।

त्यस्तै, समानान्तर ट्याक्सी र धावनमार्गबीचको दुरी पनि अहिले साँघुरो भएकाले फराकिलो पार्नुपर्ने जस्ता कामका लागि जमिन आवश्यक भएको थापाले बताएका हुन्। 

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...