News Portal

संखुवासभाबाट धरान हिडेको बस पिलुवा खोलामा दुर्घटना, ३२ जना घाइते

हिमालीसंचार संवाददाता
५०८ पटक

संखुवासभा – संखुवासभाको मादी नगरपालिकाबाट धरानतर्फ हिडेको को १ ख २८२४ नम्बरको शुभम डिलक्सको बस शुक्रबार बिहान पिलुवा खोलामा दुर्घटनाग्रस्त भएको छ ।

मादीबाट छुटेको सो बस धर्मदेवी नगरपालिका-४,दोभान रिसोर्टनजिक दुर्घटना हुँदा ३२ यात्रु जना घाइते भएका चैनपुरस्थित सशस्त्र प्रहरी बलको अरूण गुल्मले जनाएको छ। गुल्मपति डीएसपी विशाल सिलवालका अनुसार घाइतेमध्ये १३ जनालाई उपचारका लागि धरानतर्फ पठाइएको छ। 

सामान्य घाइते भएका १९ जनालाई उपचारका लागि चैनपुरस्थित स्वास्थ्य संस्थामा उपचालका लागि लगिएको छ। डीएसपी सिलवालले जानकारी दिए । 

मादी नगर क्षेत्रबाट पिलुवा खोला तरेर धर्मदेवी नगरपालिकातर्फ उकालो चढिरहेको बस सडकबाट करिब २० मिटर तल खसेको थियो। धटनापछि घाइतेहरूको सशस्त्र प्रहरी, इलाका प्रहरी कार्यालय चैनपुरका सुरक्षाकर्मी र स्थानीयले उद्धार गरेका थिए ।

प्रतिकृया दिनुहोस्

झापामा सशस्त्र र नेपाल प्रहरीकै मिलेमत्तोमा तस्करी फस्टायो, घुमुवा असुलीको आतंक

काठमाडौँ —झापामा सशस्त्र प्रहरी र नेपाल प्रहरीकै मिलेमत्तोमा तस्करी मौलाउँदै गएको गम्भीर आरोप लागेको छ।...

पार्टी एकता जोगाउन मध्यमार्ग रोजेको हो : शेखर कोइराला

काठमाडौं, ८ माघ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएका मतभेद र आन्तरिक...

‘छौरा’ शब्दको अर्थलाई लिएर एमाले सचिव बस्नेत विवादमा, मधेशी समुदायको आपत्ति

जनकपुरधाम, ८ माघ – जनकपुरधाममा आयोजित एक राजनीतिक कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले प्रयोग...

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं, ८ माघ — अघिल्लो दिन हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ बिहीबार घटेको छ।...

आज २०८२ साल माघ ८ गतेको राशिफल

आज माघ ८, २०८२ (जनवरी २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...