News Portal

निभ्न लागेको धिप्री बल्छ धप्प गरी

हिमालीसंचार संवाददाता
४३६ पटक

ह्रदयको दैलो ढप्क्याएपछि लाग्छ ढप्प गरी
निभ्न लागेको धिप्री पनि त बल्छ धप्प गरी !

गणितभन्दा बाहिर हुन्न जिन्दगीको हिसाब
विचारको नदी रोकेर पनि रोकिन्न ठप्प गरी !

स्वार्थकै भाषा मान्छे बोल्छ स्वार्थले गलेसी
खसीको गर्दन थुमथुम्याउँछ बगरे थप्प गरी !

दुखी हुन केही चाहिन्न अहङ्कार भरे पुग्छ
पीडा पनि भरिएपछि आँसु खस्छ तप्प गरी !

स्वयंलाई भरोसा जगाई हेर जीवन दिव्य छ
शङ्का गरे विश्वास पनि काटिन्छ छप्प गरी !

आफैँभित्र छन् दुश्मन व्यर्थै बाहिर खोज्छौ
फूल पनि त मालीकै हात टिपिन्छ टप्प गरी !

प्रथा।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २७ गतेको राशिफल

आज फागुन २७, २०८२ ( मार्च ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...