News Portal

प्रधानमन्त्री ओली सहभागी कार्यक्रम स्थलमै सञ्चारमन्त्री मस्त निदाएपछि…

हिमालीसंचार संवाददाता
५७८ पटक

काठमाण्डौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारका एक मन्त्री कार्य क्रममै निदाएपछि आलोचित भएका छन्। मंगलबार रिपोर्टर्स क्लबको बार्षिक उत्सबमा सहभागी बनेका सूचना तथा सञ्चार मन्त्री पार्वत गुरुङ ड्यासमा मस्त निदाए।

प्रधानमन्त्री ओलीसमेत सहभागी भएको उक्त कार्यक्रममा मन्त्रीहरु, दलका नेताहरु, सांसदहरुको सहभागीता थियो। कार्यक्रम जारी नै रहँदा मन्त्री गुरुङ भने ड्यासमा मस्त निदाए। राष्ट्रियसभा सदस्य कोमल ओलीका छेउमा बसेका मन्त्री गुरुङ कार्यक्रम जारी रहँदा मस्त निदाएका थिए।

उनी निदाएपछि कार्यक्रममा सहभागी दर्शकको ध्यान उनीमाथि परेको थियो दर्शकले ध्यान मन्त्री निदाएको तर्फ दिएपछि छेउको कुर्सीमा बसेकी ओलीले असहज महसुस गरिन् र उनलाई उठाउन खोजिन्। तर मन्त्री गुरुङले उठ्ने कुनै संकेत गरेनन्। तर वलीले मन्त्री गुरुङलाई हातले हल्लाइन् र गुरुङ निन्द्राबाट व्यूँझिए।

केही मन्त्रीहरुले आफ्नो पदीय मर्यादा भूल्दा र बोल्दा गरेको गल्तीका कारण आलोचना सहनु परेको हो। केही समय अघि बोल्दा ध्यान नदिँदा तत्कालिन कानूनमन्त्री शेरबहादुर तामाङले त राजीनामा नै दिनुपरेको थियो। त्यस्तै खानेपानी मन्त्री मणिचन्द्र थापा पनि नेपालको सरकारको ठाउँमा श्री ५ को सरकार भनेका कारण आलोचित बने।

वनमन्त्री प्रेम आलेले बोल्दा होस नपुर्याउँदा आलोचना खेप्नु परेको थियो। उनले रुखले कार्बोनडाइ अक्साइड दिने भाषण दिएका थिए। अनि वनमन्त्रीले नै अक्सिजनको ठाउँमा कार्बोनडाइ अक्साइड भनेपछि आलोचना भएको हो।

त्यस्तै शिक्षा मन्त्रीले एक शैक्षिक कार्यक्रममा गरेको भाषण पनि सामाजिक सञ्जालमा चर्चाको विषय बनेको थियो। कार्यक्रम स्थलमा नै मन्त्री निदाएपछि अहिले सामाजिक सञ्जालमा यसबारे चर्चा चलिरहेको छ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...