News Portal

अर्थमन्त्री बिष्णु पौडेलको दबाबमा रुपन्देहीका प्रजिअसहित प्रहरी र सशस्त्रका प्रमुखको सरुवा

हिमालीसंचार संवाददाता
५१९ पटक

रेखा भुसाल,बुटवल – रुपन्देहीका प्रमुख जिल्ला अधिकारीसंगै दुइ सुरक्षा अंगका प्रमुखको एकै पटक सरुवा गरीएको छ। प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरे, प्रहरी प्रमुख एसपी प्रविण पोखरेल र सशस्त्रका प्रहरी प्रमुख एसपी भरत खनीयाको गृह मन्त्रालयले एकै पटक सरुवा गरीदिएको हो। जिल्लामा आएको ७ महिना नपुग्दै प्रजिअ घिमिरे, प्रहरी प्रमुख पोखरेल र सशस्त्रका खनीयालाइ अर्थमन्त्री बिष्णु पौडेलको दवावमा सरुवा गरीएको श्रोतको दावी छ। तर यसबारे तीनै जनाले कुनै प्रतिक्रिया दिएका छैनन।

रुपन्देहीको मोतिपुर औधोगिक क्षेत्रको शिलन्यास कार्यक्रममा सहभागी अर्थमन्त्री बिष्णु पौडेल र उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको सुरक्षा व्यवस्था फितलो भएको भन्दै गृह मन्त्रालयले  तीनै जनाको सरुवा गरेको बताइएको छ। गृह मन्त्रालयका अनुसार प्रजिअ घिमिरेको पर्सा जिल्लामा सरुवा भएको छ। रुपन्देहीमा पर्साका अस्मान तामाङ आउने छन। प्रहरी प्रमुख पोखरेलको प्रहरी प्रधान कार्यालयमा सरुवा भएको छ। रुपन्देहीमा एसपी मनोज केसी आउदैछन।

जग्गा अधिग्रहणका समबन्धमा स्थानीयका जायज मागलाइ समेत वेवास्ता गर्दै बिना तयारी अर्थमन्त्री पौडेलले गत फागुन २१ गते रुपन्देहीको मोतिपुर औधोगिक क्षेत्रको शिलन्यास गरेका थिए। स्थानीयले आफुहरुलाइ थाहै नदिइ जग्गा कब्जा गरेर जबरजस्ती अर्थमन्त्रीले शिलन्यास गरेको भन्दै कार्यक्रम रोक्न खोजेका थिए। तर अर्थमन्त्री पौडेलले ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर जबरजस्ती शिलन्यास कार्यक्रम गरे।

शिलन्यास पछि भाषणकालागि मञ्चमा मन्त्री पौडेल पुगेपछि आक्रोसित स्थानीयले मञ्चतीरै ताकेर ढुङ्गा हान्ने प्रयास गरेपनि सुरक्षाकर्मीले रोक्न सफल भएका थिए। त्यसलगत्तै मन्त्री पौडेल र भट्ट कार्यक्रम बिचमै छोडेर हिँडेका हुन। कार्यक्रमको सुरक्षाकालागि अघिल्लै दिन देखि ठुलो संख्यामा प्रहरी परिचालन गरीएको थियो।

सुरक्षाकर्मीहरुको संयमता र सक्रियताकै कारण त्यसदिन कुनै अप्रिय घटना भने हुन पाएन। अर्थमन्त्रीले शिलन्यास गरेको औधोगिक क्षेत्रको अहिलेसम्म इआइए पनि गरीएको छैन। अधिग्रहण गरीएको भनिएको स्थानीयको जग्गाको न मुआब्जा दिइएको छ न उनीहरुलाइ बैकल्पिक व्यवस्थापनको योजना ल्याइएको छ।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...