News Portal

  • आज वि.सं २०७७ साल चैत १८ गते बुधवार, सन् २०२१ मार्च ३१ तारिख

    हिमालीसंचार संवाददाता
    ४४८ पटक

    उपप्रा.लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

    मेष – ARIES
    चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    प्रतीक्षित नतिजा कमजोर देखिनाले उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। स्वास्थ्य र अर्थका हिसाबले पनि दिन कमजोर रहनेछ। केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता हुन सक्छ। तत्काल लाभ नभए पनि पछिका लागि काम गर्ने समय छ। शुभचिन्तकहरूले साथ दिनेछन्, गोपनीयतामा ध्यान पुर्याउनुहोला।

    वृष – TAURUS
    इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

    माहोल रमाइलो रहनेछ तर आलस्य बढ्नाले लक्ष्यमा पुग्न समस्या पर्नेछ। मिहिनेत गर्दा व्यापारमा लाभ लिने समय छ। व्यवसायले रमाइलो यात्रा गर्ने अवसर दिलाउन सक्छ। विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। प्रियभेट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त होला। गृहस्थी यात्रा रमाइलो रहनेछ। आफन्तहरूले नयाँ आशा जगाउनेछन्। वादविवादबाट टाढा रहने प्रयत्न गर्नुहोला।

    मिथुन – GEMINI
    का, कि, कु, घ, ङ, छ, के, को, ह

    अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीहरूसँग जुध्नुपर्नेछ। प्रगतिमा ईर्ष्या गर्नेहरूले दु:ख दिनेछन्। व्याहारिक समस्याले याेजना रोकिन सक्छ। कामकाे चाप बढ्नेछ भने स्वास्थ्यले त्यति साथ नदिन सक्छ। मिहिनेतकाे नतिजा चित्तबुझ्दाे नआउन सक्छ। तापनि चुनौती पन्छाएर काम बनाउन सकिनेछ। प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले अग्रता दिलाउन सक्छ।

    कर्कट – CANCER
    हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    श्रम परे पनि तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ। सुखद् समाचारले उत्साह जगाउनेछ।

    सिंह – LEO
    मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    परिस्थितिअनुसार निर्णय लिन नसक्दा काम दोहोर्याउनुपर्नेछ। महत्त्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउनेछन्। हिस्सेदारसँग असमझदारी बढ्नाले सम्झौता भंग हुन सक्छ। बेसुरमा दिइएको वचनले समस्या निम्त्याउनेछ। महत्त्वपूर्ण योजना तत्काल सार्वजनिक नगर्नुहोला। अनावश्यक साइनो गाँसी नजिकिनेहरूसँग सावधान रहनुहोला। स्वयं नजुट्दा काम बिग्रनेछ।

    कन्या – VIRGO
    टो, प, पि, पु, ष, ण, ठ, पे, पो

    रचनात्मक काममा जुट्ने समय छ। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। सहयोगीहरूले त्यति साथ नदिए पनि काम सम्पादन हुनेछ। उद्योग र व्यापारमा सामान्य फाइदा हुनेछ। गरिएका कर्मको प्रतिफल पाइनेछ। तर, परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ। सञ्चित रकम खर्चनुपर्ला। व्यापारतर्फ हिसाबकिताबमा होसियार रहनुहोला। बेलामा होस नपुर्याउँदा दुःख पाइनेछ।

    तुला – LIBRA
    र, रि, रु, रे, रो, ता, ति, तु, ते

    सामान्य आम्दानी भए पनि काम पूर्ण सम्पादन नहुन सक्छ। आफ्ना कमजोरीबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। आत्मविश्वासको कमीले पछि परिनेछ। शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा पनि दु:ख पाइनेछ। खर्च हुने डरले सताउन सक्छ। तापनि सम्पादित कामबाट धन लाभ हुनेछ। मिहिनेतले आम्दानीको स्रोत बढ्नेछ भने पछि फाइदा हुने काममा सम्झौता हुन सक्छ।

    वृश्चिक – SCORPIO
    तो, ना, नि, नु, ने, नो, या, यि, यु

    मेहनत गरीकन चिताएको मूल्य प्राप्त नहुन सक्छ। पहिलेकै काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। अध्ययनमा धेरै समय दिन नसकिएला। तापनि प्रयत्न गर्दा अवसर भने पाइनेछ। साथ दिनेहरू बढ्नेछन्। प्रेम र मित्रताको बन्धन पनि कसिनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ।

    धनु – SAGITTARIUS
    ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

    भैपरी आउने समस्याले खर्च बढाउन सक्छ। सञ्चित रकम अरूका हातमा जानाले अर्थअभाव देखापर्नेछ। परिवारजनबाट टाढिनुपर्ला। अरूलाई समय दिँदा आफू पछि परिनेछ। अर्थअभाव खट्किए पनि आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुटाउन सकिनेछ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। तर अरूका लागि कुनै काम वा विशेष निर्णय गर्नुपर्ने हुन सक्छ।

    मकर – CAPRICORN
    भो, ज, जि, खि, खु, खे, खो, गा, गि

    विशेष अवसर पाइनेछ र मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। पछिसम्म फाइदा हुने काम हातलागी हुनेछ। श्रमको उचित मूल्यांकन होला। पढाइमा प्रगति हुनेछ। व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। दिगो योजना प्रारम्भ गर्ने समय छ। श्रमको उचित मूल्य प्राप्त हुनेछ। सञ्चित धनको उपयोगले लाभ दिलाउनेछ। प्रतीक्षा गरिएको काम बन्नेछ भने उठ्नुपर्ने रकम पनि हातलागी हुनेछ।

    कुम्भ – AQUARIUS
    गु, गे, गो, सा, सि, सु, से, सो, द

    परिस्थितिअनुसार निर्णय लिन नसक्दा काम दोहोर्याउनुपर्ला। नियमित काम सम्पादन भए पनि निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले बेसुरमा काम गर्दा समस्या पर्नेछ। तापनि, बुद्धिको उपयोगले काम सम्पादन हुनेछ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। भविष्यका लागि भने कामको जग बसाउने मौका छ।

    मीन – PISCES
    दि, दु, थ, झ, ञ, दे, दो, च, चि

    अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। ठूलो उपलब्धि नभए पनि सम्भावना खोजी गर्ने समय छ। प्रयत्न गर्दा पछिलाई फाइदा हुनेछ। तत्कालै समस्या समाधान नहुन सक्छ। अध्यात्मभाव जागृत हुनाले परोपकारी काममा प्रवृत्त भइनेछ। कमजोरीका बाबजुद काँधमा जिम्मेवारी थपिनेछ। आँटेको काम रोकिनाले दोहोर्याएर प्रयत्न गर्नुपर्ला। स्वास्थ्यका लागि आराम लिनुपर्ने अवस्था रहनेछ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २३ गतेको राशिफल

    आज कार्तिक २३, २०८२ (नोभेम्बर ९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    अधिवेशनको तयारी अन्तिम चरणमा, युवा शक्ति कुवेत

    कुवेत सिटी, कुवेत। “सके राम्रो गरौँ, नसके नराम्रो पनि नगरौं“ भन्ने नाराको साथ गठन भएको युवा...

    आज २०८२ साल कार्तिक २२ गतेको राशिफल

    आज कार्तिक २२, २०८२ (नोभेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रहरीहरु ३ वटा सटरभित्र रहेको साधारण कोठामा रात बिताउन बाध्य

    रबिन्द्र बराल/मोरङ, कार्तिक २१ – ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरीहरु हाल ३ वटा सटरभित्र रहेको साधारण...

    रास्वपाले छिट्टै सत्ता सम्हाल्ने दाबी : डा. स्वर्णिम वाग्ले

    काठमाडौं, कार्तिक २१ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले केही समयभित्रै...