News Portal

पूर्वप्रधानन्यायाधिश सुशीला कार्कीको पुस्तक ‘न्याय’ सार्वजनिक

हिमाली संचार संवाददाता
१२२० पटक

काठमाडौं – पूर्वप्रधानन्यायाधिश सुशीला कार्कीले न्यायालयमा राजनीतिक ‘प्रभाव र दबाव’ पर्न नदिन नहुने बताएकी छिन् ।

कार्यपालिकाको दबाव र प्रभाव परे न्यायालय कमजोर हुने उनले बताइन् । ‘न्यायपालिका कमजोर भए लोकतन्त्रको अस्तित्वमाथि नै प्रश्न उठ्न सक्छ’ शनिबार आफ्नो पुस्तक ‘न्याय’ सार्वजनिक कार्यक्रममा पूर्व प्रधानन्यायाधीश कार्कीले भनिन्, ‘न्यायपालिकामा सरकारको हस्तक्षेप हुने हो भने प्रजातन्त्रको खम्बाको रुपमा रहेको शक्ति सन्तुलनको सिद्धान्तमा प्रतिकुल प्रभाव पर्छ । एकतन्त्रीय शासन शैली बन्न जान्छ ।’

चिकित्सक गोविन्द केसीले कार्कीलाई साहसी प्रधानन्यायाधिशको रुपमा चित्रण गरे । कार्की प्रधानन्यायाधिश नभएको भए भ्रष्टाचारको अभियोग लागेका तत्कालीन अख्तियार प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्त बदर गर्न सक्ने अवस्था नहुने उनको विश्लेषण थियो ।

पुस्तकमा कार्कीले प्रधानन्यायाधिशको रुपमा खेलेको भूमिकालाई केन्द्रमा राखेर न्याय सम्पादनका विभिन्न आयामबारे चर्चा गरिएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन ३० गतेको राशिफल

आज फागुन ३०, २०८२ ( मार्च १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पहिरोका कारण भेडेटार–नाम्जे सडक ठप्प

धनकुटा, २९ फागुन — हिमाली संचार संवाददाता। लगातार सुक्खा पहिरो झरेपछि भेडेटार–नाम्जे सडक पूर्ण रूपमा...

पशुपति आर्यघाटमा मोहनप्रसाद ओलीको अन्त्येष्टि, ओलीद्वारा मुखाग्नि

काठमाडौं, फागुन २९ — पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको काठमाडौंस्थित पशुपति आर्यघाटमा...

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...