News Portal

भारतमा ४० वर्ष जेल बसेका दुर्गाप्रसादले पाए नेपाली नागरिकता

हिमालीसंचार संवाददाता
५५१ पटक

तस्बीर: सटेन्द्र जबेगु

काठमाडौँ – भारतमा ४० वर्ष जेल बसेर नेपाल फर्किएका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी)ले नेपाली नागरिकता पाएका छन्। उनले विहीबार जिल्ला प्रशासन कार्यालय इलामबाट नागरिकता लिएका हुन्। उनलाई सहायक सिडिओ झरेन्द्र प्रसाद चापागाई र प्रमुख प्रशासकीय अधिकृत देवीचरण फुएँलले नागरिकता प्रदान गरे।

दुर्गाप्रसादको परिवारले नागरिकताका लागि चासो देखाएपछि जिल्ला प्रशासन कार्यालयले पनि सहजीकरण गरिदिएको थियो। ‘हामीलाई माइ नगरपालिका र त्‍यहाँका जनप्रतिनिधिले पहल गरेपछि हामीले पनि दुर्गाप्रसादलाई नागरिकता दिएका हौं।’ सहायक सिडिओ चापागाईले अनलाइनखबरसँग भने।

योसँगै भारतमा क्षतिपूर्ति माग दाबीका लागि पहल गर्न भाइ प्रकाशचन्द्र तिम्सिना र भतिजा गोपाल तिम्सिनाको नाता प्रमाणिकरण प्रमाणपत्र पनि बनाइएको छ। उच्च अदालत कोलकाताले तिम्सिनाको परिवारले क्षतिपूर्ति मागे दिनू भनी आदेश दिए लगत्तै प्रक्रिया सुरु गर्न नाता प्रमाणिकरण गरिएको भाइ प्रकाशचन्द्रले बताए।

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...