News Portal

बन्दुकधारी समूहको आक्रमणमा ४० नागरिकको मृत्यु

हिमालीसंचार संवाददाता
४५३ पटक

निआमी – बन्दुकधारीहरूको आक्रमणमा परी नाइजरमा कम्तीमा ४० नागरिक मारिएका छन्। अपरिचित बन्दुकधारीहरूले स्थानीय समय अनुसार आइतबार राति आक्रमण गर्दा उनीहरूको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्।

छिमेकी मुलुक मालीसँग सिमाना जोडिएको देशको पश्चिमी क्षेत्रमा पर्ने ताहौआका विभिन्न ठाउँमा भएका घटनामा परी उनीहरूको मृत्यु भएको हो। घटना र क्षतिका बारेमा सरकारी अधिकारीहरूले पर्याप्त जानकारी नदिएपनि नाम सार्वजनिक नगरिदिने सर्तमा एक सुरक्षा अधिकारीले यो जानकारी दिएका हुन्।

ठूलो सङ्ख्यामा मोटरसाइकलमा आएका आक्रमणकारीहरुले घरघरमा आगजनी गरेका थिए। आगजानीका कारण कतिपय घरहरु पनि जलेका छन्। घटना भएका क्षेत्रमा गत हप्ता पनि शंकास्पद आतङ्कवादीहरुले आक्रमण गर्दा ५८ जनाको मृत्यु भएको थियो।

नाइजरमा पछिल्लो समय हिंसात्मक घटनामा बृद्धि भएको छ। आक्रमणमा परी आमनागरिकसँगै सुरक्षाकर्मीहरुको पनि मृत्यु हुने गरेको विभिन्न अन्तर्राष्ट्रिय मानव अधिकारवादी संघसंस्था तथा सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

प्रतिकृया दिनुहोस्

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...