News Portal

  • वैदेशिक रोजगार पीडितहरुको समस्या समाधानमा सक्रिय गोपाल भण्डारी

    हिमालीसंचार संवाददाता
    ५९८ पटक

    काठमाडौं – रिटर्नी माइग्रेन्ट नेपाल (RNM)का ताप्लेजुङ अध्यक्ष गोपाल भण्डारी वैदेशिक रोजगारीमा समस्यामा परी स्वदेश फर्किएका नेपालीहरुलाई न्याय दिलाउन सक्रिय छन्। आफै पनि वैदेशिक रोजगारीको लागि मलेसिया र युएईमा बसेर फर्किएका झापा शिवसतासी-५ का स्थायी वासिन्दा भण्डारी परदेशमा रहदा पनि पीडितहरुको सहयोगका लागि सधैं क्रियाशील रहेका थिए।

    युएईको एक क्लिनिङ कम्पनीमा कार्यरत झापा सरणामतीकी सुनिता पाण्डेको छोरा सुमन पाण्डे (बर्ष २४को) गत ७ फेब्रुअरीमा २०२१ मा रोमनिया गएर स्वास्थमा समस्या भएपछि २२ दिनमा नेपाल फिर्ता भएका थिए। उनको लागत रकम म्यानपावरबाट फिर्ता गराउन उनै भण्डारीले अतुलनीय योगदान गरेको पीडितकी आमा सुनीता पाण्डेले बताएकी छन्। आफनै सानिमाको सुझाबमा काठमाडौंको एक म्यानपावरबाट श्रम स्वीकृति लिएर रोमानिया पुगेका पाण्डे मेनपावरको बेवास्ताको कारण अलपत्र भएका थिए।

    समस्यामा परेर फिर्ता आउन खोज्दा म्यानपावरकी प्रतिनिधि आफन्नै सानिमाले कमिसन फिर्ता गर्नुपर्ने भएकोले कुनै सहयोग नगरेको पीडित पाण्डेले बताए। युएईमा रहेका झापाली समाज युएईका सदस्यहरुले पीडित पाण्डेलाई रोमानियाबाट फिर्ता गराउन हवाइ टिकट बराबरको करिब ७० हजार रुपैयाँ सहयोग उपलब्ध गराएका थिए। वैदेशिक रोजगार नियामवली बमोजिम पीडित पाण्डेले म्यानपावरबाट निश्चित रकम फिर्ता पाउने कानुनी आधार हुदाहुदै पनि निमुखा सम्झिएर कुनै पनि रकम फिर्ता नगर्ने बताएको थियो।

    यो अवस्थामा अन्तर्राष्ट्रिय झापाली समाजका सचिव तथा झापाली समाज युएईका संस्थापक परिकल्पनाकार रामप्रसाद ढुंगेलको सल्लाह र योजनामा रिटर्नी माइग्रेन्ट नेपालका संस्थापक सदस्यको सहकार्यमा पीडित पक्ष, नेपाल प्रहरी प्रतिनिधि, श्रम तथा रोजगार पत्रकारका प्रतिनिधिबीच बैठक गराउने र पीडितलाई राहत उपलब्ध गराउन मेनपावरमा २ पटक वार्ता गराउन सम्पुर्ण कामहरुको सम्योजन रिटर्नी माइग्रेण्ट नेपालका जिल्ला अध्यक्ष गोपाल भण्डारी यो झापाली समाज युएईका आजीवन सदस्य हुनले गरेका थिए भने, फिल्ममा RNM का प्रतिनिधि तथा पत्रकार ऋषि बस्यालले महत्त्वपूर्ण भुमिका निर्वाह गरेका छन्।

    पैसा फिर्ता गराउन गरिएका पहल र पटकपटकका वार्ता प्रयास अनि अन्तिम सहमतिअनुसार पीडित सुमन पाण्डेले मेनपावरबाट ८ चैत २०७७ आइतबार (मार्च २०, २०२१)का दिन १ लाख ७५ हजार रुपैयाँ फिर्ता पाएका छन्।

    युएईमा रहदा पनि झापाली समाज युएईका फुजेरा क्षेत्रीय उपाध्यक्ष रहेर समस्यामा परेका नेपालीहरुको उद्वारमा निरन्तर काम गरेका भण्डारी मलेसियामा रहदा पनि सामाजिक तथा राजनीतिक क्षेत्रमा समर्पित भएका थिए। हाल ताप्लेजुङमा व्यावसाय गरी बसेका भण्डारी झापाली समाज युएई नेपाल सम्पर्क समितिको सहसचिव समेत हुन।

    युएईमा रहदा झापाली समाजको फुजेरा क्षेत्रका गतिविधिमा सक्रिय भण्डारीले फुजेरामा समस्यामा परेका खुदुनावारी झापाका सुर्य शिवाकोटी र सकिन राजवंशीलाई सम्बन्धित म्यानपावर र कम्पनीबाट नि:शुल्क हवाई टिकट दिलाएर नेपाल फर्काउन सफल भएका थिए।

    के भएको थियो सुमनलाई ?

    वैदेशिक रोजगारीको लागि रोमानिया पुगेको सात दिनपछि निजको स्वास्थ समस्या परेको, मुख अनि दिसापिसाबबाट रगत बग्न थालेकोले तत्काल कम्पनिले फिर्ता हुन भनेको र फर्किनलाई हवाइ टिकट लिन आर्थिक समस्या परेकोले झापाली समाज युएईको आधिकारिक ह्वाटसएप समुह हाम्रो झापाली आगनमा सहयोग गरिदिन आमा सुनिता पाण्डेले अनुरोध गर्नुभएको थियो।

    झापाली समाज युएईको आजिवन सदस्यता लिने प्रक्रियामा रहेकी तर फुजेरा क्षेत्रमा रहेर समाजका केही गतिविधिमा भाग लिएकी पाण्डेको समस्यालाई समाधान गर्न निजको छोरा सुमन पाण्डेलाई रोमानियाबाट फिर्ता बोलाउन सामाजिक उत्तरदायित्व सम्झेर झापाली समाज युएईका विभिन्न क्षेत्रमा रहेका आजिवन तथा शुभेच्छुक सदस्यहरुलाई व्याक्तिगत रूपमा सहयोग गर्न अपिल गरिएको थियो।

    यसमा झापाली समाज युएईका अध्यक्ष दुर्योधन कार्की, अन्तर्राष्ट्रिय झापाली समाजका सचिव रामप्रसाद ढुंगेल, झासयु पुर्व अध्यक्ष अशोक चापागाईं, उपाध्यक्ष दिनेश नेपाललगायत ४५ जना मनकारी दाताहरूले आआफ्नो गच्छे अनुसार आर्थिक सहयोग गरेर नेपाली रुपैयाँ ६६ हजार ५ सय र फुजेरामा रहेका पाण्डेका पुर्व सहकर्मीहरु खिना मगर, बिना सुवेदीहरु मिलेर ६ हजार संकलन गरी पीडित सुमन पाण्डेलाई रोमानियाबाट फिर्ता आउन आवश्यक हवाइ टिकटको लागि हस्तान्तरण गरेका थिए।

    सबै दाताहरुलाई अभियान संयोजकका नाताले संयोजक प्रमोद शर्माले धन्यवाद व्यक्त गरेका छन्। पीडित पाण्डे गत २८ फेब्रुअरीमा नेपाल फर्किसकेको र उपचार प्रक्रिया सुरु भएको साथै उनको स्वास्थ अवस्थामा सुधारोन्मुख भएको जानकारी उनकि आमा सुनिता पाण्डेले गराउनु भएको छ। यो दुबै अभियानमा सहयोग गर्ने सबै मनकारी दाताहरू, झापाली समाज युएईका पदाधिकारीहरु, रिटर्नी माइग्रेन्ट नेपाल, नेपाल प्रहरी र पत्रकारहरुलाई पाण्डे परिवारले धन्यवाद व्यक्त गरेका छन्।

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-२१ गते शुक्रबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख २१ गते शुक्रबार इश्वी सन २०२४ मे ३...

    प्रमुख प्रशासकीय अधिकृत एक सातामै सरुवा भएपछि निसीखोलामा एमालेको तालाबन्दी

    बागलुङ। नेकपा एमालेले बागलुङको पश्चिम निसीखोला गाउँपालिकामा तालबन्दी गरेको छ। एमाले निसीखोला गाउँ कमिटीले गाउँपालिकाका...

    आज बैशाख-२० गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख २० गते बिहीबार इश्वी सन २०२४ मे २...

    मोरङ रतुवामाइ कोरोना कहरको राहत सामग्रीको विषय उच्च अदालत पुऱ्यो

    बैशाख-१९, बुधबार/मोरङ – मोरङको रतुवामाई नगरपालिका-७ स्थित रतुवा खोलाको डम्पिङ साईडमा कोरोना महामारीको समयमा गरिव...

    साग पसल खोल्दै छुः मिलन लिम्बु

    बैशाख-१८, बुधबार/इलाम – इलाम-२ उपनिर्वाचनका रास्वपाका युवा उमेम्द्वार मिलन लिम्बुले निर्वाचनका समयमा आफुले बोलेका साग...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal