News Portal

नजन्माऊ नारीलाई

हिमालीसंचार संवाददाता
६०३ पटक

हरेक आमाहरु बोक्सी हुन।
हे भगवानहरु हो।
नबस यी बोक्सीहरुको गर्भमा।
अनि नजन्म यी बोक्सीहरुको कोखबाट।
हो नजन्म।
बरु मारिदेऊ प्रत्येक नारीहरुलाई।
अनि आफै गर सूष्टी
हो
अनि जन्माउँ बुद्ध शिव बिष्णु
अनि जन्माउँ त्यतिस कोटि देवता
तर नजन्माऊँ नारीलाई।
फेरि भन्छु भुलेर पनि नजन्माऊ नारीलाई।
धेरै भयो नारीलाई लाल्छाना लाऊने तव्तवहरु।
जस्ले सूष्टी दियो र सन्सार देखायो।
त्यसैलाई आज अनेक तरहबाट अपमान भैहिरहेको छ सोच्नै नसक्ने पत्याउनै नसक्ने।
हिसाबबाट नारीहरु दिनदिन असुरक्षित छन्।
यस्ता दर्दानाक पिडाबाट बाच्नै नसक्ने भैसके अबत सहनै सक्दैनन् सरकार।
भो अब भनिदेऊ सरकार तिम्रा जनताहरुलाई नारीलाई अब नजन्माऊ।
कुनै अस्तित्व छैन् नारीको कुनै सम्मान छैन नारीको जन्म घर देखि कर्म घरसम्म पनि छोरी बुहारी स्वास्नी भनेर हेपिन्छे नारी त्यसैले त आज भोलि नारीले नारी जन्माऊन डराएका छन्।
हिजो छोरी हुदाँ छोरी भनेर हेपिएको पीडा।
बुहारी हुदाँ पराईकी छोरी भनेर हेपिएको।
अनि समाजले बोक्सी र नारीका आवाजलाई।
पोथी बास्यो भनेर अबोला बन्नु परेको पीडा।
बिर्सिएर कसरी जन्माउछन् त सरकार नारीले नारीलाई त्यसैले त फालिदैछन् गर्भमा नै नारीहरु।
किन हुदैन त भुण हत्या नहोस पनि कसरी।
जनमाएर हुर्काएर
अनि समाजको नारी प्रतिको अपमान
सहनै नसकेको पिडाले गर्दा नै
त होनी नारीले नारी जन्माऊन डराएका।
जन्मिएकाको प्रत्यक दैला दैलामा अपमान हेला गर्छ समाज सम्रक्षण छैन असुरक्षित छन् नारीहरु।
जन्मेकालाई सम्रक्षण छैन्।
नजन्मेकोमा चिन्ता गर्छ सरकार।

✍️अम्बिका भण्डारी
– अन्नपूर्ण-२, कास्की।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २७ गतेको राशिफल

आज फागुन २७, २०८२ ( मार्च ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...