News Portal

  • नजन्माऊ नारीलाई

    हिमालीसंचार संवाददाता
    ५५० पटक

    हरेक आमाहरु बोक्सी हुन।
    हे भगवानहरु हो।
    नबस यी बोक्सीहरुको गर्भमा।
    अनि नजन्म यी बोक्सीहरुको कोखबाट।
    हो नजन्म।
    बरु मारिदेऊ प्रत्येक नारीहरुलाई।
    अनि आफै गर सूष्टी
    हो
    अनि जन्माउँ बुद्ध शिव बिष्णु
    अनि जन्माउँ त्यतिस कोटि देवता
    तर नजन्माऊँ नारीलाई।
    फेरि भन्छु भुलेर पनि नजन्माऊ नारीलाई।
    धेरै भयो नारीलाई लाल्छाना लाऊने तव्तवहरु।
    जस्ले सूष्टी दियो र सन्सार देखायो।
    त्यसैलाई आज अनेक तरहबाट अपमान भैहिरहेको छ सोच्नै नसक्ने पत्याउनै नसक्ने।
    हिसाबबाट नारीहरु दिनदिन असुरक्षित छन्।
    यस्ता दर्दानाक पिडाबाट बाच्नै नसक्ने भैसके अबत सहनै सक्दैनन् सरकार।
    भो अब भनिदेऊ सरकार तिम्रा जनताहरुलाई नारीलाई अब नजन्माऊ।
    कुनै अस्तित्व छैन् नारीको कुनै सम्मान छैन नारीको जन्म घर देखि कर्म घरसम्म पनि छोरी बुहारी स्वास्नी भनेर हेपिन्छे नारी त्यसैले त आज भोलि नारीले नारी जन्माऊन डराएका छन्।
    हिजो छोरी हुदाँ छोरी भनेर हेपिएको पीडा।
    बुहारी हुदाँ पराईकी छोरी भनेर हेपिएको।
    अनि समाजले बोक्सी र नारीका आवाजलाई।
    पोथी बास्यो भनेर अबोला बन्नु परेको पीडा।
    बिर्सिएर कसरी जन्माउछन् त सरकार नारीले नारीलाई त्यसैले त फालिदैछन् गर्भमा नै नारीहरु।
    किन हुदैन त भुण हत्या नहोस पनि कसरी।
    जनमाएर हुर्काएर
    अनि समाजको नारी प्रतिको अपमान
    सहनै नसकेको पिडाले गर्दा नै
    त होनी नारीले नारी जन्माऊन डराएका।
    जन्मिएकाको प्रत्यक दैला दैलामा अपमान हेला गर्छ समाज सम्रक्षण छैन असुरक्षित छन् नारीहरु।
    जन्मेकालाई सम्रक्षण छैन्।
    नजन्मेकोमा चिन्ता गर्छ सरकार।

    ✍️अम्बिका भण्डारी
    – अन्नपूर्ण-२, कास्की।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    एमाले केन्द्रीय कमिटी बैठक दुई दिन पछि सर्यो

    काठमाडौँ, असोज २४ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक दुई दिन पछि बस्ने...

    शिक्षामन्त्री पुनलाई पूर्वमन्त्री भट्टराईको ३० बुँदे सुझाव

    काठमाडौं, असोज २४ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनलाई पूर्वमन्त्री विद्या भट्टराईले शिक्षा...

    अनलाइन मिडिया दर्ता तीन महिनादेखि ठप्प, नियमावली कार्यान्वयनमा ढिलाइ

    काठमाडौं, असोज २४ – सरकारले अनलाइन सञ्चार माध्यमको दर्ता र नवीकरण सूचना तथा प्रसारण विभागमार्फत...

    टोखामा युवकको हत्या, दुई जना पक्राउ

    काठमाडौं, असोज २४ — काठमाडौं महानगरपालिका–२ टोखा चण्डेश्वरीमा बिहीबार राति भएको झगडामा एक युवकको ज्यान...

    गुण्डुमा एमाले पदाधिकारी बैठक, नेतृत्व र राजनीतिक रणनीतिबारे छलफल

    काठमाडौं, असोज २४ – नेकपा एमालेको पदाधिकारी बैठक आज भक्तपुरको गुण्डुमा सुरू भएको छ। पार्टी...