News Portal

कवि डा. सुमाया राईको कविता “अपील खुवालुङको…!”

हिमालीसंचार संवाददाता
१५१३ पटक

उहिले उहिलेदेखी
सृष्टिको प्रथम स्पन्दनसंगै
गुन्जायमान हुन थालेको
आदिम भुमी र आदिम किराती अस्तित्व
त्यो अर्गानिक अस्तित्वभित्र पत्रैपत्र बेरिएको अद्धावधि किराती संस्कृति र संस्कारहरू…

तिनै संस्कृतिको एक धरोहर- खुवालुङ
लाखौं प्रहार र प्राकृतिक विपदको बावजुद
टिकी रहेको छु अचल र अटल !
अनगिन्ती पुर्खाहरूलाई स्वागत् गर्दै
अनगिन्ती आत्मालाई पितृ थलोमा बास गराउदै
लाखौं वर्षदेखी एकल साक्षीको रूपमा …

मानव सभ्यताको एक जिउँदो कडी म – खुवालुङ
मानव इतिहासको आख्यानलाई आफुमा समेटी
हजारौं डेसिबलको मात्रामा उद्घघोष गर्दैछु –
एक निर्जीव ढुँगा बुझ्ने महाभुल नगर्नु मलाई !
यही खुवालुङ बाटै निसर्त
तिम्रो आरम्भ र अन्तलाई निर्धारण गर्ने हुँ म !

आज अस्तित्व नै नामेट गर्ने सोच कसरी पलायो ??
सहअस्तित्वको धारणालाई किन खलबलायो ??
नबिर्स खुवालुङ मासिनु भनेको
मानव सभ्यताको एक ठुलो भाग भासिनु हो
त्यस हुनाले आरम्भ गर एक शक्तिशाली जंगको
हेर न ! म पनि त अविच्छिन्न भिडी रहेकै छु …

आयातित संस्कृति र छद्म आधुनिकीकरणको
माखे साँगलोमा फनफनी बेरिए तापनि
आफ्नो अस्तित्वको युद्ध लडी राखेकै छु
आडम्बरी जालसाजी मस्तिष्कहरूसित
मुन्धुमलाई व्यापार बनाई खाने
आफ्नै रगतका नाताहरूसंग…

कवि डा. सुमाया राई
पूर्व अध्यक्ष किरात राई यायोक्खा केन्द्रिय कार्यसमिति नेपाल
हाल, बेलायत

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २७ गतेको राशिफल

आज फागुन २७, २०८२ ( मार्च ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...