News Portal

पुरुषको गोप्य भिडियो बनाएर ठगी गर्ने दुई युवती पक्राउ

हिमालीसंचार संवाददाता
६९५ पटक

गणेशबहादुर मल्ल,
काठमाडौं – हनी ट्रयापमा फसाई रकम असुल गर्ने दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले उक्त कार्यमा संलग्न रहेको अभियोगमा सुर्खेतकी लालसरी शाही र कल्पना हमाललाई पक्राउ गरेको छ।

कोटेश्वर बस्ने एक पुरुषलाई लालसरीले काठमाडौं सुन्धारास्थित गेस्ट हाउसमा भेट्न बोलाई गोप्यरुपमा भिडियो बनाएर म्यासेन्जरमार्फत ब्ल्याकमेलिङ गरी आईएमईबाट लाखौं रुपियाँ लिने काममा संलग्न उनीहरूलाई महानगरीय अपराध महाशाखा मीनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

संस्थागत कामको सिलसिलामा लालसरीले चिनजानका ती पुरुषलाई सुन्धारास्थित होटलमा सबै पैसा हराएका कारण सहयोग गरिदिन अनुरोध गरेपश्चात् भेट्न गएका ती पुरुषको समेत गोप्य भिडियो बनाई पैसा नदिए घरपरिवार साथै प्रहरीसमेतमा उजुरी दिई फसाइदिने भन्दै पटकपटक गरी ३ लाख २ हजार ५ सय लिन सफल भएको महाशाखाले जनाएको छ।

साथै लालसरी २०६६ मंसिरमा अपहरण गरी हत्या गरेको घटनामा जिल्ला अदालत बाँकेबाट १४ वर्ष जेल सजाय फैसला भएकोमा ७ वर्ष जेल बसी उच्च अदालत बाँकेको फैसलाले २०७४ मंसिर २२ गते १ लाख रुपियाँ धरौटीमा छुटेकी थिइन्।

लालसरी र कल्पनाले सुर्खेत वीरेन्द्रनगर नगरपालिकाका लेखापाललाई फसाउने नियतले उनीविरुद्ध २०७७ असोज ६ गते जबरजस्ती करणी मुद्दामा दिएको जाहेरी झुटा ठहरिएकाले लालसरीउपर जिल्ला अदालत सुर्खेतबाट ३ वर्ष ६ महिना जेल सजाय फैसला भएको थियो। उनीहरूलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...