News Portal

यो हो बलात्कारी सहर, जहाँका एक तिहाई पुरुष बलात्कारी छन्

६४६ पटक

एजेन्सी – दक्षिण अफ्रिकाको जोहानसबर्ग स्थित डिपलुस्ट सहरलाई दुनियाकै खतरनाक सहर भनिन्छ । त्यहाँ महिलाहरुमाथि बलात्कार हुनु सामान्य कुरा हो । हालै बीबीसीसँगको कुराकानीमा उक्त सहरका दुई युवकहरुले आफुले अहिलेसम्म कैयन् महिलाको बलात्कार गरिसकेको डरलाग्दो खुलासा गरे । यसो भनिरहँदा उनीहरुको अनुहारमा कुनै अपराधबोध थिएन ।

आफ्नो नाम गोप्य राखेका ती युवकले आफ्नो बलात्कार कर्मको कहानी बताएका छन् । उनी भन्छन्, ‘जब महिलाले घरको ढोका खोल्छन् तब हामी घरभित्र घुस्छौँ र आफ्नो चक्कु निकाल्छौँ । महिला चिच्याउन थाल्छिन् । हामीले मार्ने धम्की दिएर चुप गराउँछौँ । अनि ओछ्यानमा लगेर बलात्कार गर्छाैं ।’

ती दुई युवकमध्ये एकजनाले त यस्तो खुलासा गरेकी उनले त्यहाँ भएका आफ्नै साथीकी गर्लफ्रेण्डलाई नै बलात्कार गरेका छन् उनकै अगाडि ।

एक अध्ययन अनुसार उक्त सहरका हरेक तिनजनामा एकजना पुरुषले कम्तिमा एकपटक महिलाको बलात्कार गरेका छन् । यो संख्या यहाँको जनसंख्याको ३८ प्रतिशत छ । कतिपयले त एउटै महिलालाई धेरै पटक बलात्कार गरेका छन् । विवाहित र बच्चाबच्ची भएका महिलालाई समेत उनीहरुकै घरमा बलात्कार गर्ने गरिएको छ । महिलाहरुलाई उनीहरुकै लोग्नेका अगाडि बलात्कार गरिन्छ ।

गतवर्ष डिपस्लूटमा बलात्कारका ५ सय उजुरी दर्ता भए । तर कुनैपनि उजुरीमा कानूनी कारवाही भएन । बलात्क्ार मात्र होइन अन्य अपराधमा पनि त्यहाँ कानूनी कारवाही निकै कम हुन्छ । यो सहर गरिबी र बेरोजगारीसँग जुधिरहेको छ । अझ महिलामाथि हुने अपराध र बलात्कारको संस्कृतिले यहाँको आर्थिक अवस्थालाई झनै जर्जर बनाइदिएको छ ।

प्रतिकृया दिनुहोस्

कांग्रेसको ‘जरा अभियान’ सुरु, देशभर सदस्यता अद्यावधिक अभियान तीव्र

काठमाडौं, १ वैशाख — नेपाली कांग्रेसले संगठन सुदृढीकरणलाई लक्षित गर्दै ‘एक महिने जरा अभियान’ देशभर...

धादिङमा ठूलो लगानीको फ्रेन्च फ्राई उद्योग, कृषि र रोजगारीमा नयाँ सम्भावना

धादिङ, वैशाख १ – आर्थिक चुनौतीबीच धादिङको नीलकण्ठ नगरपालिका–८ स्थित कमेरे गाउँमा करिब १ अर्ब...

नयाँ वर्षमा रवि लामिछानेको सन्देश: चुनौती सहेर अघि बढ्न आग्रह

काठमाडौं, वैशाख १ – नयाँ वर्ष २०८३ को अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले...

आज २०८३ साल वैशाख १ गतेको राशिफल

आज वैशाख १, २०८३ ( अप्रिल १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रंगेलीमा काद सिरुवा पर्व तथा सांस्कृतिक कार्यक्रम सम्पन्न, परम्परा जोगाउन आग्रह

मोरङको रंगेली नगरपालिका–८ स्थित दरवेशा चोकमा राजवंशी समाज विकास समितिले नयाँ वर्षको अवसरमा काद सिरुवा...