News Portal

  • यो हो बलात्कारी सहर, जहाँका एक तिहाई पुरुष बलात्कारी छन्

    ५८३ पटक

    एजेन्सी – दक्षिण अफ्रिकाको जोहानसबर्ग स्थित डिपलुस्ट सहरलाई दुनियाकै खतरनाक सहर भनिन्छ । त्यहाँ महिलाहरुमाथि बलात्कार हुनु सामान्य कुरा हो । हालै बीबीसीसँगको कुराकानीमा उक्त सहरका दुई युवकहरुले आफुले अहिलेसम्म कैयन् महिलाको बलात्कार गरिसकेको डरलाग्दो खुलासा गरे । यसो भनिरहँदा उनीहरुको अनुहारमा कुनै अपराधबोध थिएन ।

    आफ्नो नाम गोप्य राखेका ती युवकले आफ्नो बलात्कार कर्मको कहानी बताएका छन् । उनी भन्छन्, ‘जब महिलाले घरको ढोका खोल्छन् तब हामी घरभित्र घुस्छौँ र आफ्नो चक्कु निकाल्छौँ । महिला चिच्याउन थाल्छिन् । हामीले मार्ने धम्की दिएर चुप गराउँछौँ । अनि ओछ्यानमा लगेर बलात्कार गर्छाैं ।’

    ती दुई युवकमध्ये एकजनाले त यस्तो खुलासा गरेकी उनले त्यहाँ भएका आफ्नै साथीकी गर्लफ्रेण्डलाई नै बलात्कार गरेका छन् उनकै अगाडि ।

    एक अध्ययन अनुसार उक्त सहरका हरेक तिनजनामा एकजना पुरुषले कम्तिमा एकपटक महिलाको बलात्कार गरेका छन् । यो संख्या यहाँको जनसंख्याको ३८ प्रतिशत छ । कतिपयले त एउटै महिलालाई धेरै पटक बलात्कार गरेका छन् । विवाहित र बच्चाबच्ची भएका महिलालाई समेत उनीहरुकै घरमा बलात्कार गर्ने गरिएको छ । महिलाहरुलाई उनीहरुकै लोग्नेका अगाडि बलात्कार गरिन्छ ।

    गतवर्ष डिपस्लूटमा बलात्कारका ५ सय उजुरी दर्ता भए । तर कुनैपनि उजुरीमा कानूनी कारवाही भएन । बलात्क्ार मात्र होइन अन्य अपराधमा पनि त्यहाँ कानूनी कारवाही निकै कम हुन्छ । यो सहर गरिबी र बेरोजगारीसँग जुधिरहेको छ । अझ महिलामाथि हुने अपराध र बलात्कारको संस्कृतिले यहाँको आर्थिक अवस्थालाई झनै जर्जर बनाइदिएको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    पल शाहको ‘हामी छौं फाउन्डेसन’ सञ्चालन, दुर्गममा शिक्षा र स्वास्थ्य सहयोगको घोषणा

    काठमाडौं, मंसिर २१ – अभिनय र मोडलिङमा सक्रिय रहँदै आएका कलाकार पल शाह अब समाजसेवामा...

    रौतहटमा जेन–जी आन्दोलनका घटनामा संलग्न आरोपमा थप एक युवक पक्राउ

    रौतहट, मंसिर २१ – जेन–जी आन्दोलनका क्रममा रौतहटमा भएको तोडफोड र आगजनी प्रकरणमा संलग्न रहेको...

    आज २०८२ साल मंसिर २१ गतेको राशिफल

    आज मंसिर २१, २०८२ (डिसेम्बर ७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    धुनिबेशी–६ मा सात सवारी साधन एकैपटक दुर्घटना, धेरै यात्रु घाइते

    धादिङ — राजमार्गअन्तर्गत धादिङको धुनिबेशी नगरपालिका–६ मा एकै स्थानमा सातवटा सवारीसाधन संलग्न भयावह दुर्घटना भएको...

    कुवेतकाे साल्मी मरुभूमिस्थित शिविरबाट ठूलो मात्रामा लागूऔषध बरामद

    कुवेत – कुवेत प्रहरीले साल्मी मरुभूमिको एउटा शिविरमा भण्डारण गरिएको र कुवेत भित्र तस्करी गर्ने...