News Portal

अन्नपूर्ण पोस्टका पत्रकारले दिए सामुहिक राजीनामा

हिमालीसंचार संवाददाता
३७७ पटक

काठमाडौ -२०७८ वैशाख ३ गतेदेखि लागू हुने गरी पत्रकारको हस्ताक्षरसहित सम्पादक अखण्ड भण्डारीलाई मंगलबार सामुहिक राजीनामा बुझाएका हुन्।राजीनामा दिएका एक पत्रकारले सेतोपाटीसँग कुरा गर्दै आफूहरूको सामुहिक राजीनामाबाहेक थप १२ जना पत्रकारले व्यक्तिगत रूपमा राजीनामा दिइसकेको बताए।

‘गत वर्षको चैतदेखि अहिलेसम्म आधा मात्रै तलव दिएका थिए। केही दिनदेखि राजीनामा मागेको माग्यै गरेपछि बाध्य भएर राजीनामा दिएका हौं,’ उनले भने।सामुहिक राजीनामा २८ जना पत्रकारको हस्ताक्षर छ। ‘पत्रिका चलाउन सकिएन घाटा लाग्यो भन्ने गरेका छन्। तर के कारणले पत्रिका बन्द गर्न लागेको हो भन्ने जानकारी अध्यक्ष रामेश्वर थापाले दिनुभएको छैन,’ ती पत्रकार भन्छन्।

अन्नपूर्ण पोस्टमा एक वर्षदेखि २० वर्षसम्म काम गरेका पत्रकारले राजीनामा दिएका छन्। पत्रिकाका विभिन्न विभागका विभागीय प्रमुखहरूले राजीनामा दिन दवाव दिएपछि राजीनामा दिइएको उनीहरूले बुझाएको राजीनामा पत्रमै उल्लेख छ।

सम्पादक भण्डारीले फागुन २० गते बेलुका ६ बजे बैठक राखेर र फागुन २५ गते अपरान्ह साढे ४ बजे अर्को बैठक राखेर राजीनामा दिन दवाव दिएको सामुहिक राजीनामा पत्रमा उल्लेख छ।

पत्रिका बन्द गरी अनलाइनमा जाने निर्णय भएकोले सबै जनाले राजीनामा दिनुपर्ने माथिको आदेश आएको सम्पादक भण्डारीले बताउने गरेको दाबी सामुहिक राजीनामा दिएका पत्रकारहरूको छ।

 

पत्रकारहरूले कोरोनाकालदेखि काटिएको तलवको भुक्तानी पाउनुपर्ने माग राखेका छन्। दसैं तिहारमा प्राप्त गर्नुपर्ने एक महिनाको तलव तथा उपदान, सञ्चयकोष, उपचार खर्च, अन्य बिदाका रकम भुक्तानीको व्यवस्था गर्न उनीहरूको माग छ।

राजीनामा दिनेहरुमा विनोद न्यौपाने, यम विरही, रामकृष्ण अधिकारी, तिलक सापकोटा, प्रमोदकुमार गिरी, कृष्णप्रसाद मरासिनी, गोविन्द रेग्मी, खगेन्द्र भण्डारी, उमा विष्ट, सुनिता कार्की, सूर्यप्रसाद पाण्डे, अनन्त वाग्ले, दिनेश गौतम, अजवी पौडेल, लिलाराज अधिकारी, टिका बन्धन, कृष्णराज चौधरी, रामकृष्ण रानामगर, देवेन्द्र महत, सागर खड्का, सञ्जीव दाहाल, कपिल रोकाया, माधव छिनाल, उपेन्द्र अर्याल, विष्णु थापा, विनय बञ्जारा र दीपकराज घिमिरे रहेका छन् ।

यस्तै जिल्लास्थित संवाददाताहरूले पनि आफूहरूलाई स्ट्रिङ्जरको रूपमा जबरजस्ती झारिएको बताएका छन्। ‘हामी संवाददाताका रूपमा लामो समयदेखि काम गरिरहेका थियौं तर गत चैतदेखि जबरजस्ती स्ट्रिन्जर बनाइयो’, जिल्लास्थित एक संवाददाताले  भने।

‘संस्थानै घाटामा गयो भने पत्रकारहरू मात्र होइन मसहित व्यवस्थापनका सबैले बाध्यात्मक रूपमा छाड्नुपर्ने हुन्छ,’ उनले भने, ‘हामीले बाध्यात्मक अवस्था भएकै कारण उहाँहरूलाई अनुरोध गरेका हौं। पत्रिका कसरी चलाउने भन्ने चुनौति छ। दुई, तीन महिना अझै यस्तै अवस्था होला।

यही अवस्थामा संस्था चल्न नसक्नेबारे आफूहरूले पत्रकारहरूलाई जानकारी गराएको उनले बताए।

मिटिङमा व्यवस्थापनका तर्फबाट मैले कुराहरू राखेको थिएँ। संस्थाको अवस्थाबारे जानकारी दिइयो। यो दिन्छौं त्यो दिन्नौं केही भनेको छैनौं। अध्यक्षसँग सल्लाह गरेपछि थप जानकारी दिन्छौं,’ उनले भने।

वैशाख दोस्रो वा तेस्रो सातादेखि केही समयका लागि पत्रिका बन्द गर्ने तयारी रहेको उनले बताए।

‘वैशाख दोस्रो वा तेस्रो सातादेखि केही समयका लागि पत्रिका बन्द गर्ने भन्ने नै छ। पत्रिका बन्द गर्ने भनेर मिडिया हाउस नै बन्द गर्ने होइनौं, अनलाइनलाई अझै परिस्कृत बनाएर अगाडि बढ्नेछौं।’

अनलाइनका लागि जनशक्ति थप गर्ने पनि उनले बताए।

 

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...