News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • आज वि.सं २०७७ साल चैत ५ गते बिहीवार, सन् २०२१ मार्च १८ तारिख

    हिमालीसंचार संवाददाता
    ४८३ पटक

    उपप्रा.लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

    मेष – ARIES
    चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुने समय छ। आकर्षक उपहारले उत्साह जगाउनेछ। रोकिएका काम सम्पादन हुनेछन् र नयाँ काम पाइने योग छ। पारिवारिक जमघटले आनन्द दिलाउनेछ। साँझतिर लेखन तथा सिर्जनात्मक काममा रुचि बढ्नेछ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। सहयोगीहरूलेे साथ दिनेछन्।

    वृष – TAURUS
    इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

    भैपरी आउने खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ। तापनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। बसाइको स्थानान्तरण वा टाढाको यात्रा हुने सम्भावना छ। साँझतिर अधुरो काम बन्नेछ र रमाइलो भेटघाट पनि हुनेछ।

    मिथुन – GEMINI
    का, कि, कु, घ, ङ, छ, के, को, ह

    व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। श्रमको उचित मूल्यांकन हुनेछ। सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ। तर, भैपरी आउने खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। खर्च लागे पनि प्रतीक्षा गरिएको काम बन्नेछ। साँझतिर यात्राको प्रसंगमा खर्च हुन सक्छ। हुलमुलमा धनमाल सुरक्षामा अलि सतर्कता अपनाउनुहोला।

    कर्कट – CANCER
    हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    रोकिएको काम बन्नाले जिम्मेवारी बढ्नेछ।विशेष भेटघाटले उत्साह बढाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ।दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व हातलागी हुनेछ। व्यापार, पेसा र व्यवसायमा मनग्य फाइदा हुनेछ। अरूलाई प्रभावित पारेर नै लाभ उठाउने समय छ। साँझतिर आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्, सजग रहनुहोला।

    सिंह – LEO
    मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    कामको चाप र जिम्मेवारी बढ्ने देखिन्छ। तापनि आफ्ना कमजोरी सुधार गर्ने समय रहेकाले काममा मिहिनेत गर्नुहोला। सुरुमा चुनौती सामना गर्नुपरे पनि साँझतिर स्थितिलाई सहज बनाउन सकिनेछ। मेहनत परे पनि भाग्यले राम्रै अवसर दिलाउन सक्छ। कामले सम्मानित स्थान दिलाउनेछ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। सहयोगीहरूको माध्यमबाट राम्रै फाइदा हुनेछ।

    कन्या – VIRGO
    टो, प, पि, पु, ष, ण, ठ, पे, पो

    परिस्थितिवश अरूका लागि अलमलिनुपर्नेछ। शरीरमा पनि कमजोरी अनुभूति हुनेछ। सम्भावना देखिए पनि ठूलो उपलब्धि नहुन सक्छ। कामको चाप बढ्नेछ भने आर्थिक रूपमा पनि अभाव अनुभूति हुनेछ। साँझतिर स्थितिमा केही सुधार आउनेछ। समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। रोकिएका काम गर्न सकिनेछ।

    तुला – LIBRA
    र, रि, रु, रे, रो, ता, ति, तु, ते

    घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। आफन्तसँग सुमधुर सम्बन्धका लागि बोली–व्यवहारमा विशेष ध्यान पुर्याउनुहोला। समस्या पर्दा शुभचिन्तकहरूको साथ जुट्नेछ। साँझतिर भने स्वास्थ्यमा कमजोरी र काममा चुनौती देखापर्न सक्छ।

    वृश्चिक – SCORPIO
    तो, ना, नि, नु, ने, नो, या, यि, यु

    प्रतिस्पर्धामा उत्रनुपरे पनि विभिन्न अवसर प्राप्त हुनेछन् र कामबाट मनग्य लाभ हुनेछ। भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। परिस्थितिको अनुकूलताले प्रतिष्ठा जोगाउन सफल भइनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। साँझतिर यात्राको प्रक्रिया अघि बढ्नेछ। पुरुषार्थी काम सिद्ध गर्ने समय छ। प्रेम र मित्रताको बन्धन पनि कसिने समय छ।

    धनु – SAGITTARIUS
    ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

    मिहिनेत गर्दा प्रतिफल हासिल गर्न सकिनेछ। विशेष अध्ययन तथा नयाँ ज्ञानको खोजीमा समय बित्नेछ। गुरुजनको सहयोगले बौद्धिक प्रतिस्पर्धामा अग्रस्थान हासिल गर्न सफल भइनेछ। रोकिएका काम बन्नाले साँझतिर नयाँ कामतर्फ अग्रसर भइनेछ। शत्रु तथा प्रतिस्पर्धी परास्त हुनेछन्। उपलब्धिका लागि प्रतिष्ठित व्यक्तिहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने स्थिति भने आउन सक्छ।

    मकर – CAPRICORN
    भो, ज, जि, खि, खु, खे, खो, गा, गि

    जिम्मेवारी प्राप्त भए पनि बेलामा होस नपुर्याउँदा दु:ख पाइनेछ। समयमा निर्णय लिन नसक्दा काम बिग्रन सक्छ। बेसुरमा दिएकाे वचनले पनि अप्ठ्यारो पार्न सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला। मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला। दिगो प्रयत्नले मात्र काम बनाउन सकिनेछ। स्वास्थ्यमा समस्या आउन सक्छ। साँझतिर बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ।

    कुम्भ – AQUARIUS
    गु, गे, गो, सा, सि, सु, से, सो, द

    साहसी काम गरेर अरूको मन जित्न सकिनेछ। मिहिनेतले व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विभिन्न अवसर दिलाउन सक्छ। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। साँझतिर भने आफन्तसँग केही असमझदारी बढ्न सक्छ।

    मीन – PISCES
    दि, दु, थ, झ, ञ, दे, दो, च, चि

    तार्किक क्षमता बढ्नेछ भने मिहिनेतले लक्ष्यमा पुर्याउन सक्छ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ। सानो प्रयत्नले ठूलो काम बन्न सक्छ। कामले सम्मानित स्थान दिलाउनेछ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूको माध्यमबाट राम्रै फाइदा हुनेछ। साँझतिर आयस्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम सुरुवात हुनेछ।

    प्रतिकृया दिनुहोस्

    पानीजहाज विधेयकमा ‘तोकिए बमोजिम’ शब्दप्रति असन्तुष्टि, संशोधनतर्फ विधायन समिति

    काठमाडौं, जेठ १ – राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी विधेयकमा...

    नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट

    काठमाडौं, जेठ १ – नेपाली सुनचाँदी बजारमा बिहीबार ठूलो गिरावट देखिएको छ। लगातार स्थिर देखिएको...

    गैरआवासीय नेपालीहरूबीच एकताको अपिल : एनआरएनए ग्लोबल कन्क्लेभबाट आठ बुँदे निष्कर्ष सार्वजनिक

    काठमाडौं, जेठ १ – काठमाडौंमा सम्पन्न “एनआरएनए ग्लोबल कन्क्लेभ–२०२५” ले गैरआवासीय नेपालीहरू (एनआरएन) बीचको विवाद...

    आजको राशिफल

    आज जेठ १, २०८२ (मे १५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    पूर्व अध्यक्षहरू सहभागी नभएको ‘एनआरएनए कन्क्लेभ’, प्रधानमन्त्री ओलीद्वारा अदालतको मानमर्दन

    काठमाडौँ, वैशाख ३१ — बद्री केसी समूहले बुधबार आयोजना गरेको ‘एनआरएनए कन्क्लेभ’मा गैरआवासीय नेपाली संघ...