
काठमाडौं – राष्ट्रिय वाणिज्य बैंकले चैत १ गतेबाट लागू हुने गरी सबै व्यावसायिक चालू पुँजी कर्जाको अधिकतम् प्रिमियम दर शून्य दशमलव ५० प्रतिशतले घटाएको छ।
बैंकले नयाँ तथा पुराना ग्राहकको लागि व्यावसायिक कर्जामा रहेको ३ दशमलव २५ प्रतिशत अधिकतम प्रिमियम दर घटाई २ दशमलव ७५ प्रतिशतमात्रै हुने गरी तोकेको हो। बैंकले हाइपोथिकेशन, ओभरड्राफ्ट, डिमान्ड लोन, चालू पुँजी जस्ता व्यावसायिक कर्जा प्रवाह गरिरहेको छ।
बैंकले निक्षेपमा दिने ब्याजदर वृद्धि गरेको छ। बैंकको ७७ वटै जिल्लामा २ सय ४७ वटा शाखा कार्यालय, २ सय ५ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ रहेको छ।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
