News Portal

अनु पराजुलीको चिच्याहट बिशाल बोहराको लागि दशैँ गीत “आँशु झर्थेन” मार्फत (भिडियो सहित)

हिमाली संचार संवाददाता
८११ पटक

राजु बोहरा–काठमाडौँ । नेपालीहरुको महान चाड बिजय दशमी तथा दिपावली नजिक आइरहंदा पछिल्लो पटक दशैँ तिहार बिशेष गीतहरु प्रसस्त बजारमा आइरहेका छन् । सोहि क्रममामा त्रिसना म्युजिक प्रा.लि ले पनि विभिन्न दशैँ बिशेष गीतहरु सार्बजनिक गरिरहेको छ । यसरी सार्बजनिक गरिएको गीतमा “आँशु झर्थेन” बोलको गीत पनि परेको छ ।

हुने खानेहरूका लागि यी दशैँ तिहार लगाएत विभिन्न चाड पर्बले एक किसिमको हर्ष उल्लास लिएर आउने गर्दछ तर हुँदा खानेहरूका लागि भने दशैं दशा बनेर आउँदा निकै पिंडादायिक बन्ने गर्दछ । हो यस्तै पेरिफेरीमा तयार भएको यस गीतको म्युजिक भिडियोमा सिन्धुपाल्चोक जिल्लाको त्रिपुरा सुन्दरी गाउँपालिका घर भएका बिशाल बोहराले जिबन्तता दिने प्रयास गरेका छन् ।

उनको अभिनयमा सजिएको यस गीतको म्युजिक भिडियोमा उनि बाध्यता र बिबस्ताको कारण परदेश पुगेका हुन्छन् र आफ्ना बाल बच्चालाई उच्च सिक्षा दिन, त्यसैगरी बाबा आमाको फाटेको टोपी र चोलो फेर्दिनका लागि पनि दैनिकी परदेशमा नै गुजारी रहेको अवस्थामा पोहोर पनि दशैँ मान्न घर आउन नपाएको र यसपाली पनि घर आउन नपाउने पिंडालाई प्रष्ट पारिएको छ ।

मोडल विशालको जोडीको रुपमा अनु पराजुलीको पनि “आँशु झर्थेन” बोलको गीतमा जिबन्त अभिनय रहेको छ । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रका लागि परिचित नाम सन्ध्या बुढा र भागीराथ चलाउनेको सुमधुर स्वर द्वारा सुसजित यस गीतलाई लय तथा शब्द सिर्जना पनि गायक भागीराथ चलाउनेले भरेका छन् । यस गीतको म्युजिक भिडियोलाई निर्देशन बाबुराम बोहराले गरेका हुन् भने छायांकन दुर्गा पौडेल र सम्पादन बिष्णु शर्माले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...