News Portal

अनु पराजुलीको चिच्याहट बिशाल बोहराको लागि दशैँ गीत “आँशु झर्थेन” मार्फत (भिडियो सहित)

हिमाली संचार संवाददाता
७५० पटक

राजु बोहरा–काठमाडौँ । नेपालीहरुको महान चाड बिजय दशमी तथा दिपावली नजिक आइरहंदा पछिल्लो पटक दशैँ तिहार बिशेष गीतहरु प्रसस्त बजारमा आइरहेका छन् । सोहि क्रममामा त्रिसना म्युजिक प्रा.लि ले पनि विभिन्न दशैँ बिशेष गीतहरु सार्बजनिक गरिरहेको छ । यसरी सार्बजनिक गरिएको गीतमा “आँशु झर्थेन” बोलको गीत पनि परेको छ ।

हुने खानेहरूका लागि यी दशैँ तिहार लगाएत विभिन्न चाड पर्बले एक किसिमको हर्ष उल्लास लिएर आउने गर्दछ तर हुँदा खानेहरूका लागि भने दशैं दशा बनेर आउँदा निकै पिंडादायिक बन्ने गर्दछ । हो यस्तै पेरिफेरीमा तयार भएको यस गीतको म्युजिक भिडियोमा सिन्धुपाल्चोक जिल्लाको त्रिपुरा सुन्दरी गाउँपालिका घर भएका बिशाल बोहराले जिबन्तता दिने प्रयास गरेका छन् ।

उनको अभिनयमा सजिएको यस गीतको म्युजिक भिडियोमा उनि बाध्यता र बिबस्ताको कारण परदेश पुगेका हुन्छन् र आफ्ना बाल बच्चालाई उच्च सिक्षा दिन, त्यसैगरी बाबा आमाको फाटेको टोपी र चोलो फेर्दिनका लागि पनि दैनिकी परदेशमा नै गुजारी रहेको अवस्थामा पोहोर पनि दशैँ मान्न घर आउन नपाएको र यसपाली पनि घर आउन नपाउने पिंडालाई प्रष्ट पारिएको छ ।

मोडल विशालको जोडीको रुपमा अनु पराजुलीको पनि “आँशु झर्थेन” बोलको गीतमा जिबन्त अभिनय रहेको छ । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रका लागि परिचित नाम सन्ध्या बुढा र भागीराथ चलाउनेको सुमधुर स्वर द्वारा सुसजित यस गीतलाई लय तथा शब्द सिर्जना पनि गायक भागीराथ चलाउनेले भरेका छन् । यस गीतको म्युजिक भिडियोलाई निर्देशन बाबुराम बोहराले गरेका हुन् भने छायांकन दुर्गा पौडेल र सम्पादन बिष्णु शर्माले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...

आज २०८२ साल पुष २५ गतेको राशिफल

आज पुष २५, २०८२ (जनवरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आदर्श मावि रंगेलीले ४१औँ वार्षिक उत्सव मनाउँदै

रविन्द्र बराल/ मोरङ, पुष २४ – मोरङको रंगेली–७ मा रहेको आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो...

रुपन्देहीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते

रुपन्देही, पुष २४ – रुपन्देहीको तिलोत्तमा नगरपालिका-२, तपाहा लाइनमा बिहीबार दिउँसो दुई वटा मोटरसाइकल ठोक्किँदा...

बालेन शाह–सुदन गुरुङबीच ज्वागलमा अनौपचारिक छलफल

काठमाडौं, पुस २४ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र काउन्सिल अफ दी जेनजीका अगुवा...