News Portal

  • इसारामा सत्ता चलाउनेहरू

    हिमालीसंचार संवाददाता
    ३९८ पटक

    न भुइँ न भाँडाका टुप्पैबाट पलाउनेहरू हुन्छन्
    सबैभन्दा कुरूप त विचार जलाउनेहरू हुन्छन् !

    सत्ताको मत्ता चढेर देशै लुट्ने लुटेराभन्दा पनि
    घृणाका लायक त विश्वास गलाउनेहरू हुन्छन् !

    छाला ओढी रजगज गर्ने व्वाँसाहरूभन्दा पनि
    जडौरी दूर्भक्षी त जनमत छलाउनेहरू हुन्छन् !

    चितामाथि जल्दै गरेको एक शरीरभन्दा बढी
    दूर्गन्धित लाश त आस्था ढलाउनेहरू हुन्छन् !

    मुक्तिका कुरा गरी दासता पढाउनेभन्दा पनि
    पाशविक बाबु त बुहारी दलाउनेहरू हुन्छन् !

    भूगोल हडप्न साँध मिच्ने सँधियारभन्दा बढी
    चुथ्थो त इसारामा सत्ता चलाउनेहरू हुन्छन् !

    ✍️ प्रथा

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    एमाले केन्द्रीय कमिटी बैठक दुई दिन पछि सर्यो

    काठमाडौँ, असोज २४ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक दुई दिन पछि बस्ने...

    शिक्षामन्त्री पुनलाई पूर्वमन्त्री भट्टराईको ३० बुँदे सुझाव

    काठमाडौं, असोज २४ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनलाई पूर्वमन्त्री विद्या भट्टराईले शिक्षा...

    अनलाइन मिडिया दर्ता तीन महिनादेखि ठप्प, नियमावली कार्यान्वयनमा ढिलाइ

    काठमाडौं, असोज २४ – सरकारले अनलाइन सञ्चार माध्यमको दर्ता र नवीकरण सूचना तथा प्रसारण विभागमार्फत...

    टोखामा युवकको हत्या, दुई जना पक्राउ

    काठमाडौं, असोज २४ — काठमाडौं महानगरपालिका–२ टोखा चण्डेश्वरीमा बिहीबार राति भएको झगडामा एक युवकको ज्यान...

    गुण्डुमा एमाले पदाधिकारी बैठक, नेतृत्व र राजनीतिक रणनीतिबारे छलफल

    काठमाडौं, असोज २४ – नेकपा एमालेको पदाधिकारी बैठक आज भक्तपुरको गुण्डुमा सुरू भएको छ। पार्टी...