News Portal

६४ औं राष्ट्रिय सहकारी दिवस पथरीमा भव्य सम्पन्न हुने

हिमालीसंचार संवाददाता
५७६ पटक

रबिन्द्र बराल/मोरङ – जिल्ला सहकारी संघ लिमिटेड मोरङले यस बर्षको ६४ औं राष्ट्रिय सहकारी दिवसको मूल समारोह पथरीमा गर्ने निर्णय गरेको छ। जिल्ला सहकारी संघका अध्यक्ष डिल्ली पोखरेलको संयोजकत्वमा पथरीमा बसेको भेलाले उक्त निर्णय गरेको हो।

उक्त भेलामा सबै विषयगत सहकारी संघका पदाधिकारी एवम् संचालकहरु र  सबै पालिकाका संयोजक एवम् सदस्यहरु, सहकारी कर्मचारी संगठनका पदाधिकारी एवम् संचालकहरु, राष्ट्रिय सहकारी बैंक र अग्रज सहकारीकर्मीहरु समेत रहेको उक्त भेलाले २ सय ५१ सदस्यीय मूल समारोह समिति गठन गरेको छ ।

सहकारी दिवसलाई थप व्यवस्थित बनाउनका लागि पोखरेलकै अध्यक्षतामा समिति समेत गठन गरिएको छ । भेलाले सप्ताहव्यापि रुपमा विभिन्न कार्यक्रमका साथ सहकारी दिवस मनाउन सबै संघ संस्थालाई अनुरोध गर्नुका साथै चैत्र १८ गते विराटनगर, वेलवारी/सुन्दरहरैचा, पथरीशनिश्चरे उर्लावारी र रंगेलीमा बृहत मोटरसाईकल याली गरी बजार समेत परिक्रमा गर्ने र चैत्र १९ गते साँझ ७ बजे सहकारी संघ संस्थाका कार्यालयहरुमा दिपावली गर्ने समेत निर्णय गरिएको संयोजक डिल्ली पोखरेलले बताए।  

त्यसैगरी व्यवस्थापन समितिमा जिल्ला सहकारी संघका संचालकद्धय युवराज भट्टराई, योगराज पौडेल, जिल्ला बचत संघका बरिष्ठ उपाध्यक्ष प्रेमप्रकास कोइराला, उपाध्यक्ष विणा राई, सचिव एकराज निरौलालाई चयन गरिएको छ । समितिको सदस्य सचिवमा जिल्ला सहकारी संघ लि. मोरङका सचिव विरेन्द्र यादवलाई तय गरेको छ ।  

सल्लाहकार समितिमा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेश प्रसाद पोखरेलको संयोजकत्वमा सहकारी रजिष्टार बलराम निरौला सहित सहकारीका केन्द्रिय निकायमा प्रतिनिधित्व गर्ने निर्णय गरिएको छ। नेपालमा २०१३ साल चैत्र २० गते सहकारी संस्था स्थापना भएको अवसरमा हरेक बर्ष चैत्र २० गते देशभरी सहकारी दिवस मनाउदै आईरहेको छ । उक्त दिवसमा  करिव ११ सय सहकारी संघ संस्थाका सदस्यहरुको सहभागितामा रहने समेत जनाएको छ । 

यस बर्षको सहकारी दिवसका दिन नेपालमा सहकारी संस्था स्थापना गर्ने पहिलो व्याक्ति बखानसिंह गुरुङ्गको अर्धकदको सालिक पनि पथरी शनिश्चरेमा अनावरण गर्ने कार्यक्रम रहेको बताईएको छ । 

उक्त सालिक सहकारी कर्मचारी संगठन पथरी शनिश्चरेको पहलमा निर्माण गरिएको हो। समितिका सदस्य सचिव विरेन्द्र यादवका अनुसार कार्यक्रमलाई व्यवस्थित बनाउन विभिन्न उपसमितिहरु गठन गरिएको छ ।  विणा राईको संयोजकत्वमा हल मञ्च व्यवस्थापन, गणेश राईको संयोजकत्वमा स्वयंसेवक परिचालन, पार्वती वरालको संयोजकत्वमा झाकी न्याली र स्वागत सत्कार उपसमितिको जिम्मेवारी अष्टलक्ष्मी साकोसलाई दिईएको छ । 

मोटरसाइकल यालीका लागि विराटनगरमा अमृत गुरुङ, रंगेली कमलेश्वर ठाकुर, पथरी-उर्लावारी एकराज निरौला, सुन्दर हरैचा-बेलवारीका लागि रविन्द्र आचार्यलाई संयोजक तोकिएको जिल्ला सहकारी संघका अध्यक्ष डिल्ली पोखरेलले बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...