News Portal

९५ हजार घुसप्रकरण: गंगाजमुना गाउँपालिकाका २ कर्मचारी विरुद्ध अख्तियारले चलायो मुद्धा

हिमालीसंचार संवाददाता
६३२ पटक

काठमाडाैं – घुस रकम लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धादिङको गंगाजमुना गाउँपालिकाका दुई कर्मचारीविरुद्ध मुद्धा चलाएको छ। आयोगले गाउँपालिकाका लेखा अधिकृत अर्जुन प्रसाद सापकोटा र इन्जिनियर पूजा कार्कीले सेवाग्राहीसँग ९५ हजार रुपैयाँ घुस रकम लिएको आरोपपत्र शुक्रवार विशेष अदालत, काठमाडौंमा दायर गरेको आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिएका छन्।

आयोगका अनुसार सापकोटा र कार्कीले बाटोको ट्रयाक खोल्ने कार्यको सम्झौता भई काम सकिसकेपछि बिल भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस रकम मागेका थिए। सापकोटाको निर्देशनमा कार्कीले घुस रकम लिएको अनुसन्धानबाट खुल्न आएको आयोगले प्रेस विज्ञप्तिमार्फत जनाएको छ।

आयोगको विज्ञप्तिमा यस्तो भनिएको छ: 
‘जिल्ला धादिङ, गंगाजमुना गाउँपालिकामा कार्यरत इन्जिनियर पूजा कार्कीले ठेक्का सम्झौता अनुसारको काम सम्पन्न पश्चात बिल भुक्तानी र प्राविधिक परीक्षण प्रतिवेदन तयार गर्ने प्रयोजन समेतको कामका लागि सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीद्वारा निज इन्जिनियर पुजा कार्कीलाई रु. ९५,०००।– (पन्चानन्बे हजार रुपैयाँ) अतिरिक्त रकम लिइसकेको अवस्थामा उक्त रकमसहित नियन्त्रणमा लिइएको थियो।

अनुसन्धानको सिलसिलामा जिल्ला धादिङ, गंगा जमुना गाउँपालिकामा कार्यरत लेखा अधिकृत अर्जुन प्रसाद सापकोटा र इन्जिनियर पुजा कार्कीले बाटोको ट्रयाक खोल्ने कार्यको सम्झौता भई काम सम्पन्न पश्चात बिल भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस/रिसवत माग गरी लेखा अधिकृत अर्जुन प्रसाद सापकोटाको निर्देशनमा निज पुजा कार्कीले आफू र लेखा अधिकृत अर्जुन प्रसाद सापकोटाको लागि रु. ९५,०००।–घुस रकम लिएको अवस्थामा बरामद भएको पुष्टि हुन आएकोले निजहरुको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको हुँदा निज अर्जुन प्रसाद सापकोटा र पुजा कार्कीलाई जनही बिगो रु. ९५,०००।– (पन्चानब्बे हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।’

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...