News Portal

महिला आफै आत्मनिर्भर हुन सिक्नुपर्छ : डा.डिला संग्रौला

हिमालीसंचार संवाददाता
४६३ पटक

भक्तपुर – नेपाली कांग्रेसकी नेतृ डा.डिला संग्रौलाले महिलाले कसैसँग आस गर्ने भन्दा पनि आफै सकृय हुनुपर्ने बताउनुभएको छ। चाँगुनारायण नगरपालिका वडा न ३ अन्तर्गत दुवाकोट शुभमंगलम् चोकमा संचालित रानिशा ब्युटिपार्लरको उद्घाटन कार्यक्रममा उहाँले महिलालाई आत्मनिर्भर र हरेक क्षेत्रमा अग्रसर हुने विविध योजना संचालन गर्नुपर्नेमा जोड दिंनुभयो।

महिला अधिकारको सुनिश्चितताका साथै गुणात्मक सहभागिता बढाइनुपर्ने बताउँदै नेतृ संग्रौलाले महिलाहरु कसैको पछि लागेर भन्दा पनि आफैं सकृय भएर नेतृत्वमा आउनपर्ने बताउनुभयो। उहाँले पार्लर संचालन महिला सकृयता, सीप, सशक्तिकरण र सौन्दर्यको नमुना भएको भन्दै यसले महिलालाई आत्मनिर्भर बन्न प्रेरित गर्ने बताउनुभयो।

कार्यक्रममा पत्रकार महासंघ भक्तपुरका जिल्ला अध्यक्ष पुष्करराज बुढाथोकी, महिला संघ भक्तपुरका अध्यक्ष सरु बानियाँ, संघका सिन्धुली जिल्ला अध्यक्ष गंगा दाहाल, सौन्दर्यकर्मी चाँदनी घिमिरे, संगीता फुयाँल आचार्य, सृजना मल्ल ठकुरीलगायतले रानिशा ब्युटिपार्लरको प्रगतिको कामना गर्नुभयो।

ब्युटिपार्लर संचालिका निरु शाह मल्ल ठकुरीले अतिथि सबै धन्यबाद ज्ञापन गर्दै सबैको साथ, सहयोग, माया अनि सद्भावको अपेक्षा गरिरहने बताउनुभयो। रु १५ लाखको लगानीमा संचालित ब्यटि पार्लरमा फेसियल, थे्रेडिङ लगायतका सेवा उपलब्ध हुनुका साथै यस सम्बन्धि तालिमसमेत प्रदान गरिने संचालिका ठकुरीले बताउनुभयो।

संचालिका निरु शाह मल्ल ठकुरीले यसै क्षेत्रको अनुभव र केही लगानी गरेर पार्लरलाई सौन्दर्य र यस सम्बन्धि तालिमको केन्द्र बनाउने सोच रहेको बताउनुभयो।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...