News Portal

स्थानीयले तोडफोड गरे गाउँपालिका अध्यक्षको घर

हिमालीसंचार संवाददाता
५५० पटक

सर्लाही – चन्द्रनगर गाउँपालिकाको कार्यालय चन्द्रनगर नाढीमन ताल परिसरबाट बबरगन्जमा सार्न खोजेको भन्दै स्थानीयले चन्द्रनगर गाउँपालिकाका अध्यक्षको घरमा तोडफोड गरेका छन्। आक्रोशित स्थानीयले बुधबार दिउँसो बबरगन्जमा रहेको गाउँपालिका अध्यक्ष महेन्द्र महतोको घर तोडफोड गरेको स्थानीय भाग्यनारायण साहले जानकारी दिनुभयो।

साविक चन्द्रनगर नाढी ताल परिसरमा रहेको कार्यालयलाई गाँउपालिका अध्यक्षले विशेष गाउँसभाबाट अनुमोदन गरेर घरनजिकै बबरगन्जमा सार्न खोजेपछि त्यसको विरोधमा स्थानीयले गएको शुक्रबारदेखि आन्दोलन गर्दै आएका छन्।

गाउँपालिकाका अध्यक्ष महतोले चन्द्रनगरमा केन्द्र रहेको कार्यालयलाई बबरगन्जमा सार्ने विभिन्न षड्यन्त्र गरेको भन्दै कामत, चन्द्रनगर, खड्काटोल लगायतका स्थानीयले गत शुक्रबारदेखि नै गाउँपालिकामा तालाबन्दीसहित लगातार धर्ना दिइरहेका नेपाली कांग्रेसका पूर्वजिल्ला सभापति सत्यदेव सिंह दनुवारले बताउनुभयो। घर घेराउ गर्दै तोडफोड हुनथालेपछि त्यस क्षेत्रमा सुरक्षाकर्मीको संख्या बढाइएको सर्लाही प्रहरीले जानकारी दिएको छ। (नेस)

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २६ गतेको राशिफल

आज माघ २६, २०८२ ( फेब्रुअरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...