News Portal

संसद सचिवालयमा अध्यादेश खारेज हुनुपर्ने मागसहितको सूचना दर्ता

हिमालीसंचार संवाददाता
२७४ पटक

काठमाडौं – प्रतिनिधिसभा पुनःस्थापनापछि हिउँदे अधिवेशनको दोस्रो बैठक आज बुधबार बस्दै छ । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ताको माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र विपक्षी जसपाले संसद अवरुद्ध गरेपछि प्रतिनिधिसभाको पहिलो बैठक नै सूचना टाँसेर आजसम्मका लागि स्थगित भएको थियो ।

कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाल, माओवादी केन्द्रका यशोदा सुवेदी, टेकबहादुर बस्नेत, दुर्गाकुमारी विक, सन्तकुमार थारू तथा जनता समाजवादी पार्टीका लक्ष्मणलाल कर्ण र मोहम्मद इस्तियाक राईले अध्यादेश खारेज हुनुपर्ने मागसहितको सूचना दर्ता गराएका छन् ।

कांग्रेस, माओवादी केन्द्र र जसपाले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबारे सचिवालयमा विरोधको सूचना दर्ता गरेकाले आजको बैठक सहज रूपमा सञ्चालन हुने कांग्रेस सचेतक पुष्पा भुसालले बताइन् ।

सरकारले तीन महिनाअघि जारी गरेको संवैधानिक परिषद्को कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धी अध्यादेश पारित हुन नदिने कांग्रेस, माओवादी र जसपाको रणनीति छ ।

उनले भनिन्, ‘हामीले हिजो विरोध पत्र दर्ता गराइसकेका छौं । आज त्यसमाथि छलफल हुन्छ । त्यो हुँदा सदन सहज ढंगले नै सुचारु हुन्छ । त्यो पारित हुन नदिने हाम्रो रणनीति छ ।’

यता संसद् सचिवालयले बुधबार दिउँसो एक बजे बस्नेका लागि बोलाइएको बैठकको सम्भावित कार्यसूची सोमबार नै सार्वजनिक गरेको थियो । उक्त कार्यसूचीमा सात वटा अध्यादेश पेस हुने र बहालवाला तथा पूर्वसांसदको निधनमा शोक प्रस्ताव पेस हुने उल्लेख छ ।

प्रतिकृया दिनुहोस्

झापामा सशस्त्र र नेपाल प्रहरीकै मिलेमत्तोमा तस्करी फस्टायो, घुमुवा असुलीको आतंक

काठमाडौँ —झापामा सशस्त्र प्रहरी र नेपाल प्रहरीकै मिलेमत्तोमा तस्करी मौलाउँदै गएको गम्भीर आरोप लागेको छ।...

पार्टी एकता जोगाउन मध्यमार्ग रोजेको हो : शेखर कोइराला

काठमाडौं, ८ माघ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएका मतभेद र आन्तरिक...

‘छौरा’ शब्दको अर्थलाई लिएर एमाले सचिव बस्नेत विवादमा, मधेशी समुदायको आपत्ति

जनकपुरधाम, ८ माघ – जनकपुरधाममा आयोजित एक राजनीतिक कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले प्रयोग...

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं, ८ माघ — अघिल्लो दिन हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ बिहीबार घटेको छ।...

आज २०८२ साल माघ ८ गतेको राशिफल

आज माघ ८, २०८२ (जनवरी २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...