News Portal

  • व्यक्तिगत रिसइबीका कारण साथीको हत्या

    हिमालीसंचार संवाददाता
    ६५५ पटक

    सुरेश बिडारी
    वीरगञ्ज – बारा निजगढका १८ वर्षीय रोहित शर्माको हत्या उनकै साथीले व्यक्तिगत रिसइबीका कारण गरेको खुलेको छ। प्रहरीले शर्माको हत्या आरोपमा रौतहट चन्द्रपुर-४ का २९ वर्षीय अरूणकुमार साहलाई पक्राउ गरेपछि प्रारम्भिक अनुसन्धानबाट रिसइबीका कारण हत्या भएको खुलेको हो।

    बाराको निजगढ नगरपालिका–९ बुद्ध चोकस्थित घरमै सुतेको ठाउँमा धारिलो हतियार प्रहारबाट शर्माको हत्या भएको थियो। प्रारम्भिक सोधपुछको क्रममा अभियुक्त अरूणकुमार साहले मृतक शर्मासँग पहिलादेखि नै रिसइवी रहेको बताएको प्रहरीले जनाएको छ।

    उनीहरुबीच लागूऔषध सेवन गर्ने विषयमा विवाद भइरहने गरेको र त्यही कारण हत्या भएको प्रहरीको दाबी छ। अघिल्लो दिन उनीहरु सँगै बसेर लागू औषध गाँजा, ट्याबलेट र रक्सी सेवन गरेको प्रहरीले जनाएको छ। अभियुक्त साहले आफूलाई शर्माले पेस्तोल हानेर मारिदिन्छु भनेर अपमानित गरेका कारण हत्या गरेको बताएको बाराका प्रहरी उपरीक्षक दीपेन्द्र शाहीले जानकारी दिए।

    ‘मार्ने मनसाय अनुसार नै चक्कुसहित अघिल्लो दिन राति ऊसँगै गएर घरमा नै सुतेको रहेछ। राति साढे ९ बजेदेखि नै उनीहरु सँगै थिए,’ एसपी शाहीले भने, ‘बिहान करिब ४ बजेतिर चक्कु प्रहार गरी हत्या गरेको र त्यसपछि मोटरसाइकलमा भागेर चन्द्रपुरस्थित घरमा गएर कपडा बदलेर पसलमा गई बसेको हुँ भनेको छ। साहविरुद्ध कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान गर्नुका साथै घटनामा अन्यको संलग्नता भए नभएको अध्ययन भइरहेको प्रहरीले जनाएको छ।

    हत्यापछि अभियुक्त निस्कँदा प्रयोग गरेको मोटरसाइकललाई पछ्याउँदै जाँदा अभियुक्तसम्म पुगेको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए। हत्या गरेर निस्कँदा प्रयोग गरेको बाइकलाई फलो गर्‍यौं। झगडा भएको देख्ने मानिसहरुसँग बुझेका छौं।

    यो मान्छे नभनेपनि यो कारणले हत्या भएको हो भन्ने पत्ता लागिसकेको थियो,’ उनले भने, ‘जसलाई फलो गर्‍यौं, उसको हातमा क्राइम गर्दाका क्रममा लागेको चोटपटक र क्राइममा प्रयोग भएको चक्कु र रगत लागेको कपडा भेटियो। यसरी पक्राउ गर्न सफल भयौं। मैले नमारेको भए उसले मलाई नै मार्ने थियो’ भन्ने अभियुक्त साहको भनाइ रहेको प्रहरी नायब उपरीक्षक मिश्रले बताए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    पोखरामा तार भूमिगत गर्ने काम ६० प्रतिशत पूरा, चैतभित्र सम्पन्न गर्ने लक्ष्य

    पोखरा, कार्तिक २३ – गण्डकी प्रदेशको राजधानी पोखरामा विद्युतीय तार भूमिगत गर्ने आयोजना अहिले ६०...

    काठमाडौंमा खुला ठाउँमा फोहोर फाल्न रोक, उल्लङ्घन गरे १० हजार जरिवाना

    काठमाडौं, कार्तिक २३ – काठमाडौं महानगरपालिकाले अब खुला ठाउँमा प्लास्टिक, प्लास्टिकजन्य सामग्री र फोहोर फाल्न...

    पिएसबी नेपालको वार्षिकोत्सवमा ‘एनटिभी वर्ल्ड’को प्रसारण सुरु

    काठमाडौं, कार्तिक २३ – नेपाल टेलिभिजनले अंग्रेजी भाषामा नयाँ च्यानल ‘एनटिभी वर्ल्ड’ सञ्चालनमा ल्याएको छ।...

    स्वर्णलक्ष्मी सहकारी ठगीका फरार अभियुक्त बम्जन पक्राउ

    काठमाडौं, कार्तिक २३ – कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणका एक फरार अभियुक्त पक्राउ परेका छन्।...

    आज २०८२ साल कार्तिक २३ गतेको राशिफल

    आज कार्तिक २३, २०८२ (नोभेम्बर ९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...