News Portal

सुन्दरको नाममा बर्षाको रुवाबासी “घर सम्झेर आउनुस पियारा” (भिडियो सहित)

हिमाली संचार संवाददाता
१६८९ पटक

राजु बोहरा–काठमाडौँ । बर्ष भरी काम गर्यो जिबनी यात्राहरुमा थकाइ मार्ने बहाना स्वरूप बिभिन्न चाड पर्ब आउने गर्दछन् । सोहि क्रममा नेपालीहरुको महान चाड बिजय दशमी तथा दिपावली पनि नजिक आइसकेको छ ।

यसै अवसरको शुभकामना ब्यक्त गर्दै अहिले विभिन्न दशैँ तिहार बिशेष गीतहरु पनि सार्बजनिक हुन थालिसकेका छन् । हो यसै समयलाई केन्द्रित गर्दै यतिबेला सुन्दर आर.डी र वर्षा सिलवालको “घर सम्झेर आउनुस पियारा” बोलको गीत पनि बजारमा आएको छ ।

खासगरी बाध्यता र बिबस्ताले परदेशिएका नेपालीहरुको यथार्थतालाई चित्रण गरिएको यस गीतमा सुन्दर आर.डी र वर्षा सिलवालको नै सुमधुर स्वर सुन्न सकिन्छ । सुन्दर आर.डी को मनै छुने लय तथा शब्द सृजनाले सजिएको यस गीतको म्युजिक भिडियो पनि निकै घत लाग्दो बनेको छ । भिडियोमा सुन्दर आर.डी, इश्वर सेन्चुरी, दिनेश श्रेष्ठ र सुजा देउजाको अभिनय देख्न सकिन्छ ।

भिडियोलाई निर्देशन सुरेन सुजनले गरेका हुन् भने छायांकन तथा सम्पादन दिपेन्द्र भट्टले गरेका छन् । हामी यस गीत संग सम्बन्धित सम्पूर्ण कलाकारहरुमा सफलताको शुभकामना ब्यक्त गर्दछौं ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

https://www.youtube.com/watch?v=xJyQMY8TyZA&feature=share

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...