News Portal

सुन्दरको नाममा बर्षाको रुवाबासी “घर सम्झेर आउनुस पियारा” (भिडियो सहित)

हिमाली संचार संवाददाता
१६१२ पटक

राजु बोहरा–काठमाडौँ । बर्ष भरी काम गर्यो जिबनी यात्राहरुमा थकाइ मार्ने बहाना स्वरूप बिभिन्न चाड पर्ब आउने गर्दछन् । सोहि क्रममा नेपालीहरुको महान चाड बिजय दशमी तथा दिपावली पनि नजिक आइसकेको छ ।

यसै अवसरको शुभकामना ब्यक्त गर्दै अहिले विभिन्न दशैँ तिहार बिशेष गीतहरु पनि सार्बजनिक हुन थालिसकेका छन् । हो यसै समयलाई केन्द्रित गर्दै यतिबेला सुन्दर आर.डी र वर्षा सिलवालको “घर सम्झेर आउनुस पियारा” बोलको गीत पनि बजारमा आएको छ ।

खासगरी बाध्यता र बिबस्ताले परदेशिएका नेपालीहरुको यथार्थतालाई चित्रण गरिएको यस गीतमा सुन्दर आर.डी र वर्षा सिलवालको नै सुमधुर स्वर सुन्न सकिन्छ । सुन्दर आर.डी को मनै छुने लय तथा शब्द सृजनाले सजिएको यस गीतको म्युजिक भिडियो पनि निकै घत लाग्दो बनेको छ । भिडियोमा सुन्दर आर.डी, इश्वर सेन्चुरी, दिनेश श्रेष्ठ र सुजा देउजाको अभिनय देख्न सकिन्छ ।

भिडियोलाई निर्देशन सुरेन सुजनले गरेका हुन् भने छायांकन तथा सम्पादन दिपेन्द्र भट्टले गरेका छन् । हामी यस गीत संग सम्बन्धित सम्पूर्ण कलाकारहरुमा सफलताको शुभकामना ब्यक्त गर्दछौं ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

https://www.youtube.com/watch?v=xJyQMY8TyZA&feature=share

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...

आज २०८२ साल पुष २५ गतेको राशिफल

आज पुष २५, २०८२ (जनवरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आदर्श मावि रंगेलीले ४१औँ वार्षिक उत्सव मनाउँदै

रविन्द्र बराल/ मोरङ, पुष २४ – मोरङको रंगेली–७ मा रहेको आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो...

रुपन्देहीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते

रुपन्देही, पुष २४ – रुपन्देहीको तिलोत्तमा नगरपालिका-२, तपाहा लाइनमा बिहीबार दिउँसो दुई वटा मोटरसाइकल ठोक्किँदा...

बालेन शाह–सुदन गुरुङबीच ज्वागलमा अनौपचारिक छलफल

काठमाडौं, पुस २४ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र काउन्सिल अफ दी जेनजीका अगुवा...