News Portal

विप्लव नेतृत्वको नेकपाद्वारा असाेज ७ गते उपत्यका बन्दकाे घाेषणा(विज्ञप्ति सहित)

हिमाली संचार संवाददाता
९९२ पटक

काठमाडाैँ – अर्ध-भुमिगत शैलीमा राजनीति गरिरहेको  विप्लव नेतृत्वको  नेपाल कम्युनिस्ट पार्टीले अाफ्ना  पार्टी प्रवक्ता प्रकाण्डलगायत पीबीएमहरू, सीसीएमहरू तथा सबै तहका नेता–कार्यकर्ताको गैरकानुनी तथा गैरन्यायिक गिरफ्तारी गरेको भन्दै  विरुद्ध असोज ७ गते आइतबार उपत्यका बन्दको कार्यक्रम घोषणा गरेको छ ।

गिरफ्तारीमा परेका नेता–कार्यकर्ताहरूलाई यथाशीघ्र स–सम्मान रिहाइको माग गर्दै  उक्त बन्दको कार्यक्रम घोषणा गरेको विप्लव नेकपाकाे उपत्यका  विशेष ब्युरोले जनाएको छ ।

नेकपा उपत्यका विशेष ब्युरोका इन्चार्ज प्रज्वालले हस्ताक्षर गरेको प्रेस विज्ञप्ति शुक्रबार साँझ  जारी गर्दै प्रवक्ता प्रकाण्डलगायत नेताहरूलाई पटक–पटक गिरफ्तारी गर्ने र जिल्ला–जिल्ला घुमाउने काम गरिरहेको घोर विरोध तथा भत्र्सना गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘ओली–प्रचण्ड सरकारले नेपाललाई यतिखेर अघोषित रूपमा युद्धग्रस्त क्षेत्र बनाइरहेका छन् । ओली सरकारद्वारा नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता कमरेड प्रकाण्ड, पोलिटब्युरो सदस्यहरू कमरेड पद्म राई, शिलु, कमरेड जीवन्त, कमरेड गम्भीर, कमरेड ओमप्रकाश पुन, केन्द्रीय सदस्यहरू कमरेड दिपेश, कमरेड सुमन, कमरेड आजाद, कमरेड असल, कमरेड देवनाराण शाहलगायत सयौं राजनीतिकर्मीलाई विभिन्न झुट्टा मुद्दामा जेल तथा हिरासतमा राखिरहेको छ । यो सरकारले आफ्नै अदालतको आदेशको समेत घोर अवहेलना हुनेगरी हाम्रो पार्टीका प्रवक्तालगायत नेताहरूलाई पटक–पटक गिरफ्तारी गर्ने र जिल्ला–जिल्ला घुमाउने काम गरिरहेको छ । राज्यको यस किसिमको निरङ्कुशता तथा अराजकताको हामी घोर विरोध तथा भत्र्सना गर्दछौँ ।’

नेता प्रज्वलले उपत्यका बन्द सफल बनाउन अाम जनसमुदायलार्इ सम्बोधन गर्दै अगाडि भनेका छन्, ‘ओली सरकारले श्रमजीवी तथा उत्पीडित जनताको ढाड भाँचिनेगरी करवृद्धि गरेको छ । निर्मला पन्तलगायत दर्जनौं किशोरीहरूको बलात्कार गरी हत्या हुँदासमेत यो सरकार अपराधीलाई न्यायको कठघरामा उभ्याउनुको सट्टा उल्टै अपराधीलाई बचाउन अनेक प्रपञ्च गरिरहेको छ । दुई तिहाइको दभ्ममा हुकिँदै गरेको यो मैमत्त फासिवादी सरकारले कमरेड प्रकाण्डलगायत पीबीएमहरू, सीसीएमहरू तथा सबै तहका नेता–कार्यकर्ताको गैरकानुनी तथा गैरन्यायिक गिरफ्तारीको विरुद्ध एवम् उहाँहरूको यथाशीघ्र स–सम्मान रिहाइको लागि यही असोज ७ गते, आइतबार उपत्यकाबन्दको कार्यक्रम घोषणा गरेको छ । उक्त उपत्यक बन्द कार्यक्रमलाई सफल बनाउन उपत्यकाभित्र रहेका सम्पूर्ण राष्ट्रवादी कर्मचारी, शैक्षिक संस्था, उद्योग, कलकारखाना, यातायात क्षेत्रलगायत सम्पूर्ण वर्ग, क्षेत्र, पेसाका जनसमुदायलाई ओली–प्रचण्डको फासिवादी रवैयाका विरुद्ध तथा कमरेड प्रकाण्डलगायत नेता–कार्यकर्ताहरूको रिहाइको पक्षमा ऐक्यवद्धता जाहेर गर्न उपत्यकाबन्द भव्य र शानदार रूपमा सफल पारिदिनहुन हार्दिक अपील गर्दछौँ ।’

हेर्नुहोस बिज्ञप्ती:

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...