News Portal

सृष्टिको विधाता तिमी

हिमालीसंचार संवाददाता
११०९ पटक

✍ऋतु सिंह ठकुरी

तिमी एक नारी हौं
र त
समाजको मर्यादा, गौरव र प्रगतिप्रति
पूर्ण जिम्मेवारी हुन्छयौ तिमी
लालच, सुविधा र सम्मानको स्वार्थभन्दा
माथि उठेर शान्ति, न्याय र मेलमिलापको
बाटोलाई अङ्गीकार गर्छयौ तिमी

एउटी नारीको अस्तित्व
सृष्टिसँग तुलना गरिदा पनि
हरेक पक्षका गुण, अवगुण र दोषहरु
तिमीमाथि थोपरिदा पनि
अमूल्य जीवनलाई सार्थक तुल्याई
पलपलमा संघर्ष गर्छयौ तिमी
यस संघर्षशील मैदानमा उत्रिदा
सफलता र असफलतासँग जुध्दै
फ़ेरि
सफलतामा मुस्काउछ्योै तिमी
कहिले असफलताको तीतो अनुभवसँग
निरास हुन्छ्योै तिमी
कहिले ओठमा मुस्कान

गालामा लाली पोतेर
आशाका रङ्गिन कल्पना कोर्दै
स्वर्णिम भविश्यको कल्पनामा डुब्छोै तिमी
त्यसैले त म भन्दैछु
तिमी सृष्टिको विधाता हौ।
तसर्थ
यही नै एउटा जीवन हो जसले
जीवनलाई सरलता दिने गर्दछ।

– भरतपुर, चितवन।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...