News Portal

सुकीका पार्टी एक अधिकारीको प्रहरी हिरासतमै मृत्यु

हिमालीसंचार संवाददाता
४५२ पटक

ऐजेन्सी – म्यानमारमा सेनाले अपदस्त गरेकी आङ सान सुकीको पार्टीका एक जना अधिकारीको प्रहरी हिरासतमै मृत्यु भएको छ।

नेशनल लिग फर डेमोक्रेसी (एनएलडी)का अधिकारी खिन माउङ लाट्टको शनिबार राति प्रहरी हिरासतमा मृत्यु भएको हो। खिन सन् २०२० को चुनावमा एक जना मुस्लिम सांसदको क्याम्पेन म्यानेजर थिए।

एनएलडीका एक जना सांसद बा म्यो थेइनक अनुसार खिनको शरीरमा देखिएको निलडामले उनलाई हिरासतमा प्रहरीले चरम यातना दिएपछि मृत्यु भएको पुष्टि गर्ने बताए। ‘उनलाई रातभरि यातना दिएर मारेको देखिन्छ, यो अस्वीकार्य छ,’ उनले भने। 

यसअघि प्रदर्शनका क्रममा सुरक्षाकर्मीको गोली लागेर ५४ जनाको ज्यान गएको थियो तर हिरासतमा लिएका मानिसको मृत्यु भएको यो पहिलो पटक हो। थिनको मृत्युबारे प्रहरीले भने कुनै प्रतिक्रिया दिएको छैन।

यसैबीच म्यानमारका ट्रेड युनियनहरूले सोमबारदेखि सबै आर्थिक क्रियाकलाप ठप्प पार्ने निर्णय गरेका छन्। म्यानमारका आठ ट्रेड युनियनले आर्थिक क्रियाकलाप पहिलाजस्तै चलाइरहे त्यसले कूबाट बनेको जुन्ता सरकारलाई नै फाइदा पुग्ने भएकाले ‘सटडाउन’ गर्न लागेको जनाएको छ।

म्यानमारमा सेनाले फेब्रुअरी १ मा गत वर्ष भएको चुनावमा धाँधली भएको भन्दै सत्ता हत्याएको थियो। त्यसयता देशभरि सैनिक कूको विरोधमा प्रदर्शनहरू भइरहेका छन्।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...