News Portal

सुकीका पार्टी एक अधिकारीको प्रहरी हिरासतमै मृत्यु

हिमालीसंचार संवाददाता
४११ पटक

ऐजेन्सी – म्यानमारमा सेनाले अपदस्त गरेकी आङ सान सुकीको पार्टीका एक जना अधिकारीको प्रहरी हिरासतमै मृत्यु भएको छ।

नेशनल लिग फर डेमोक्रेसी (एनएलडी)का अधिकारी खिन माउङ लाट्टको शनिबार राति प्रहरी हिरासतमा मृत्यु भएको हो। खिन सन् २०२० को चुनावमा एक जना मुस्लिम सांसदको क्याम्पेन म्यानेजर थिए।

एनएलडीका एक जना सांसद बा म्यो थेइनक अनुसार खिनको शरीरमा देखिएको निलडामले उनलाई हिरासतमा प्रहरीले चरम यातना दिएपछि मृत्यु भएको पुष्टि गर्ने बताए। ‘उनलाई रातभरि यातना दिएर मारेको देखिन्छ, यो अस्वीकार्य छ,’ उनले भने। 

यसअघि प्रदर्शनका क्रममा सुरक्षाकर्मीको गोली लागेर ५४ जनाको ज्यान गएको थियो तर हिरासतमा लिएका मानिसको मृत्यु भएको यो पहिलो पटक हो। थिनको मृत्युबारे प्रहरीले भने कुनै प्रतिक्रिया दिएको छैन।

यसैबीच म्यानमारका ट्रेड युनियनहरूले सोमबारदेखि सबै आर्थिक क्रियाकलाप ठप्प पार्ने निर्णय गरेका छन्। म्यानमारका आठ ट्रेड युनियनले आर्थिक क्रियाकलाप पहिलाजस्तै चलाइरहे त्यसले कूबाट बनेको जुन्ता सरकारलाई नै फाइदा पुग्ने भएकाले ‘सटडाउन’ गर्न लागेको जनाएको छ।

म्यानमारमा सेनाले फेब्रुअरी १ मा गत वर्ष भएको चुनावमा धाँधली भएको भन्दै सत्ता हत्याएको थियो। त्यसयता देशभरि सैनिक कूको विरोधमा प्रदर्शनहरू भइरहेका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...

झापामा सशस्त्र र नेपाल प्रहरीकै मिलेमत्तोमा तस्करी फस्टायो, घुमुवा असुलीको आतंक

काठमाडौँ —झापामा सशस्त्र प्रहरी र नेपाल प्रहरीकै मिलेमत्तोमा तस्करी मौलाउँदै गएको गम्भीर आरोप लागेको छ।...

पार्टी एकता जोगाउन मध्यमार्ग रोजेको हो : शेखर कोइराला

काठमाडौं, ८ माघ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएका मतभेद र आन्तरिक...

‘छौरा’ शब्दको अर्थलाई लिएर एमाले सचिव बस्नेत विवादमा, मधेशी समुदायको आपत्ति

जनकपुरधाम, ८ माघ – जनकपुरधाममा आयोजित एक राजनीतिक कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले प्रयोग...