News Portal

  • तेलका ट्याङ्करहरुको साँचो खोसिने, सुरक्षा निकायका चालकले चलाएर काठमाडौं ल्याउने

    हिमाली संचार संवाददाता
    ६२७ पटक

    काठमाडौँ- पेट्रोलियम पदार्थ ढुवानीमा हड्तालका कारण ठप्प रहेका तेलका ट्यांकरहरु सुरक्षा निकायका चालकले ल्याउने
    भएको छ ।

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय स्रोतका अनुसार सुरक्षा निकायका चालकहरुलाई हवाई जहाजबाट पठाएर तेलका ट्याङ्करहरु काठमाडौँ ल्याउने भएको छ ।

    प्लेन चार्टर गरेर भए पनि सुरक्षा निकायका क़रीब ६० चालकहरुलाइ देशका विभिन्न डिपोहरूमा पठाउन लागिएको मन्त्रालयले जनाएको छ ।

    हडतालमा उत्रिएका चालकहरुबाट साँचो लिएर ट्यांकर काठमाडौं ल्याउने तयारी भइरहेको बताइएको छ ।

    सुरक्षा निकायका चालकलाई भैरहवा र सिमरा आजै पठाइरहेको छ ।

    गत मंगलबारदेखि सार्वजनिक यातायातका चालकहरुले नयाँ मुलुकी संहितामा तोकिएका कतिपय सजायसँग सम्बन्धित व्यवस्थाको विरोध गर्दै गाडी नचलाउनुका साथै चलाउनेलाई समेत कारवाही गर्ने धम्की दिएपछि ट्याङ्कर चालकहरुले पनि ढुवानी गरेका छैनन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    भोलिदेखि कोरियन भाषा परीक्षा सुरु, ६७ हजारभन्दा बढी युवाको सहभागिता

    काठमाडौँ, कार्तिक ३० – कोरियामा रोजगारी खोज्ने नेपाली युवाका लागि आवश्यक कोरियन भाषा परीक्षा भोलिदेखि देशभर...

    मधेशमा मुख्यमन्त्री नियुक्ति विवाद बढ्दा सात दल सडकमा

    जनकपुरधाम, कार्तिक ३० — मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति सम्बन्धी विवाद सुल्झिनुको साटो अझै चर्किँदै गएको...

    आज २०८२ साल कार्तिक ३० गतेको राशिफल

    आज कार्तिक ३०, २०८२ (नोभेम्बर १६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रथम अधिवेशनसँगै युवा शक्ति कुवेतमा नयाँ नेतृत्व: अध्यक्षमा विशाल डल्लाकोटी

    कुवेत — “सकिन्छ राम्रो गरौँ, सकिँदैन नराम्रो नगरौँ” भन्ने मूल नाराका साथ युवा शक्ति कुवेतको...

    आज २०८२ साल कार्तिक २९ गतेको राशिफल

    आज कार्तिक २९, २०८२ (नोभेम्बर १५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...