News Portal

मुक्तक

हिमाली संचार संवाददाता
११०९ पटक

पाँच मुक्तक

कल्पना खड्का

फाटेको कपडाले कहिल्यै धर पाएन।
कुन बर्खा,कुन हिउँद केही असर पाएन।
तीन-तीन तहमा सरकार बनेर के भो र?
गाउँका गरीब बस्तीले कसैको नजर पाएन।

कलियुगमा दुष्टहरुकै फलिफाप हुन्छ रे
ग्रह-शान्ती सुधार्नलाई पूजा पाठ हुन्छ रे
विदुरहरुले जोडी बाँधिन मिल्ने यहि समाजमा
विधवाहरुले विवाह गरे महापाप हुन्छ रे।।


घ्यू पारी बेच्छन् ,कहिले तेल पेलि बेच्छन्
खानै नपुगेर होला सारा नालिबेली बेच्छन्
ब्यापारीको उदेश्य नाफा कमाउनु हो आखिर
त्यसैले कोठिहरुमा लगिआफ्नै छोरीचेलि बेच्छन्।।


आँसु र पसिनाले भिजेको मुहार राम्रो देखिन्छ।
गरिरहनु नै पर्दैन सोह्र शृंङ्गार राम्रो देखिन्छ ।
अरुको काँधमा चढेर रमाउनेहरुले बुझिराख्नु
आफ्नै खुट्टामा उभिएर हेर्दा संसार राम्रो देखिन्छ।

पसिनाको कमाई कहिल्यै अती भएन।
कु-कर्ममा लागेर कमाउने मति भएन ।
साथीहरु सोध्छन् अवस्था किन बिग्रीएको?
हाँस्दै भन्छु सोझो पाराले प्रगति भएन।

महालक्ष्मी न.पा.४ धनकुटा
हाल काठमाडौ

प्रतिकृया दिनुहोस्

महाशिवरात्रिमा प्रहरीको सक्रियता, १३८ जनालाई नियन्त्रणमा लियो

काठमाडौं, ३ फागुन – महाशिवरात्रि पर्वको अवसरमा पशुपति क्षेत्रमा प्रहरीले सक्रिय भूमिका निभाउँदै १३८ जनालाई...

बंगलादेशकै झल्को दिने परिणाम आउन सक्छ : ओली

झापा, फागुन ३ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा हुने आगामी निर्वाचनको परिणाम...

आज २०८२ साल फागुन ३ गतेको राशिफल

आज फागुन ३, २०८२ ( फेब्रुअरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिकोत्सव सम्पन्न स्पेलिङ प्रतियोगिता आकर्षण

धादिङ– गंगाजमुना गाउँपालिका–५ मजुवास्थित सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य...

आज २०८२ साल फागुन २ गतेको राशिफल

आज फागुन २, २०८२ ( फेब्रुअरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...