News Portal

खगेन्द्र गिरि “कोपिला”का पाचँ मुक्तकहरु !

हिमालीसंचार संवाददाता
३९९ पटक

मुक्तक – १
कति टाढा,होला कुन्नी, हिउँचुलीको फेदि।
नाप्न रहर लागेको छ मेरो नजरदेखि।
त्यहीनीर बनाएर भव्य यज्ञशाला।
कैले पूजा गर्ने होला चढाएर भेटि?

मुक्तक – २
आँखाको डिलमा आएर बस्न, कसले भन्यो हजुरलाई?
भाव-महफिलमा आएर बस्न, कसले भन्यो हजुरलाई?
आँधी तुफान आएजस्तो गरि, ठूलो हलचल मच्चाएर।
अनायास दिलमा आएर बस्न, कसले भन्यो हजुरलाई?

मुक्तक – ३
भयो भैगो, भनें तर, उर्लिदिन्छ रहर।
नआ भन्दा, पनि आउँछ, सम्झनाको लहर।
ढुक्ढुकीले, पुग्छु भन्छ, हरेक रातीराती।
क्षितिजपारि,भए पनि, जुन्किरीको शहर।

मुक्तक – ४
हजुर नदी बनी दिनु म पौडिदिउँला।
हजुर बाटो बनी दिनु म दौडिदिउँला।
लज्जावति फूलझैं हजुर खुम्चिएको बेला।
मीठो सुगन्ध बनेर म चौडिदिउँला।

मुक्तक – ५
प्रणायाम, ध्यान गरौंला, योग गरौंला।
कैले खुसी अनि कैले शोक गरौंला।
समय, रहर र अनुभूतिहरुको।
मिलेर बाँडेर सम-भोग गरौंला।

– खगेन्द्र गिरि “कोपिला”
नेपालगंज, बाँके।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...