News Portal

  • आज वि.सं २०७७ साल फागुन २१ गते, सन् २०२१ मार्च ५ तारिख शुक्रवारको राशिफल हेर्नुहोस्

    हिमालीसंचार संवाददाता
    २८५ पटक

    उपप्रा.लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

    मेष – ARIES
    चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। तापनि प्रयत्न गर्दा केही महत्त्वपूर्ण काम सम्पादन हुनेछन्। लगनशीलताले उपलब्धि दिलाउन सक्छ।

    वृष – TAURUS
    इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

    घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ। प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। भेटघाटमा अलमलिनुपर्ला। लोकाचारका लागि दिन अलि खर्चिलो बन्न सक्छ। तापनि मिहिनेत गर्दा महत्त्वाकांक्षी काम सम्पादन हुनेछ। केही रकम रोकिए पनि व्यापारमा मनग्य धनलाभ हुनेछ। व्यवसायले रमाइलो यात्राकाे अवसर दिलाउन सक्छ।

    मिथुन – GEMINI
    का, कि, कु, घ, ङ, छ, के, को, ह

    परिश्रमका तुलनामा प्रतिफल कम मात्र प्राप्त हुनेछ। खर्च, विवाद बढ्ने समय रहेकाले महत्त्वाकांक्षी योजनामा अघि नबढ्नुहोला। लगनशीलताले अप्ठ्यारा परिस्थितिलाई केही सहज बनाउन भने सकिनेछ। भौतिक साधन बिग्रनाले काममा केही समस्या आउला। शत्रुभाव राख्नेहरूले सताउन सक्छन्। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ।

    कर्कट – CANCER
    हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    सानो काममा धेरै समय जुट्नुपर्ला। अवसरवादीहरूबाट सजग रहनुहोला। बुद्धिको उपयोगले फाइदा दिलाउनेछ। लक्ष्यअनुसार काममा जुट्न नसकिए पनि प्रयत्न गर्दा केही काम सम्पादन हुनेछन्। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। सहपाठीहरू पछि पर्नेछन्। व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन र कृषि क्षेत्रमा लाभ मिल्नेछ।

    सिंह – LEO
    मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। साझेदारीमा पहिलेको सम्झौता भंग हुन सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा लाभ हुनेछ। अरूको सुझावमा भर नपर्नुहोला। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। तर महत्त्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नुहोला। घरमा लक्ष्मी भित्र्याउने समय छ। मेहनत गर्दा पछिलाई फाइदा हुनेछ।

    कन्या – VIRGO
    टो, प, पि, पु, ष, ण, ठ, पे, पो

    विवादास्पद जिम्मेवारी आउन सक्छन्। आश्वासन बाँड्नेहरूले झुक्याउनेछन् भने सहयोगीहरू पछि हट्नेछन्। नयाँ काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला। लोकाचारले खर्च बढाए पनि केही उपलब्धि प्राप्त हुनेछ। रोकिएका काममा दाेहाेर्याएर प्रयत्न गर्नुहाेला। प्रतिद्वन्द्वीहरूको सामना गर्नुपरे पनि चुनौती पन्छाएर नयाँ काममा जग बसाउने मौका छ।

    तुला – LIBRA
    र, रि, रु, रे, रो, ता, ति, तु, ते

    हडबडी गर्दा काम बीचमा काम रोकिन सक्छ। बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिने सम्भावना छ। अध्ययनमा त्यति समय दिन नसकिएला। तर अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। सुरुमा चुनौती देखिए पनि पछि लाभ हुने काम गर्न सकिनेछ। अरूको मुख ताक्ने बानीले भने केही पछि परिनेछ।

    वृश्चिक – SCORPIO
    तो, ना, नि, नु, ने, नो, या, यि, यु

    इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ। समय फुर्सदिलो देखिए पनि रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। मान–सम्मान पाइनेछ। साथ दिनेहरू बढ्नेछन्। प्रेम र मित्रताको बन्धन कसिनेछ।

    धनु – SAGITTARIUS
    ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

    अर्थअभाव खट्किनाले बनिसकेको काम दोहोर्याउनुपर्ला। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। सोखले खर्च बढाए पनि विलासी वस्तुहरू जुटाउने समय छ। तत्काल लाभ उठाउँदा पछि हुने फाइदा घट्न सक्छ। तापनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ भने लामो यात्रा गर्ने अवसर जुट्नेछ। छर-छिमेकबाट योजना गोप्य राख्नुहोला।

    मकर – CAPRICORN
    भो, ज, जि, खि, खु, खे, खो, गा, गि

    नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। पढाइमा ध्यान केन्द्रित हुनाले प्रगति हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। व्यापारमा पनि राम्रै नाफा उठाउन सकिनेछ। प्रयत्न गर्दा छोटो समयमै काम बनाउने समय छ। नयाँ कामतर्फ अग्रसर भइनेछ। आम्दानी बढ्नाले दैनिकीमा परिवर्तन आउनेछ।

    कुम्भ – AQUARIUS
    गु, गे, गो, सा, सि, सु, से, सो, द

    अवसर आए पनि काम बनाउन केही समय लाग्नेछ। आश्वासन बाँड्नेहरूले व्यवहारमा झुक्याउन सक्छन्। महत्त्वाकांक्षी योजना गोप्य राख्नुहोला। स्वयं योजना बनाएर अघि बढ्दा फाइदा हुनेछ। बलजफ्तीले समस्या निम्त्याउन सक्छ। समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। ईर्ष्या गर्नेहरूबाट जाेगिएर काम लिनु फाइदाजनक हुनेछ।

    मीन – PISCES
    दि, दु, थ, झ, ञ, दे, दो, च, चि

    धेरै कामको दायित्व लिनाले बढी परिश्रम गर्नुपर्ला। तापनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने मौका छ। उपलब्धिको स्रोत प्राप्त हुनेछ भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ। तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ।

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-१६ गते आइतबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १६ गते आइतबार इश्वी सन २०२४ अप्रिल २८...

    गोरखापत्रकर्मी राईलाई धरान खेलकूद मञ्चद्वारा ‘मिडिया अवार्ड’ प्रदान

    बैशाख-१५, शनिबार/धरान – गोरखापत्रकर्मी पत्रकार निशा राईलाई धरान खेलकुद मञ्चद्वारा “मिडिया अवार्ड २०८०” प्रदान गरिएको...

    रंगेलीका अग्नि पिडित परिवारका लागि घर निर्माण गरिदिने

    बैशाख-१५, शनिबार/मोरङ – मोरङको रंगेली ३ स्थित वावुसाहेव टोलमा चैत्र ३ गते भएको आगलागी  पिडित...

    कूवेतमा संखुवासभा समाज कुबेत गठन,अध्यक्ष विजय लामा

    कुबेत -“अनेकतामा एकता संखुवासभा जिल्लाको पहिचान नै हाम्रो सान” भन्ने सुन्दर नारालाई आत्मसात गर्दै,रोजगारीको शिलशिलामा प्रबासी...

    जन-जागृतिको साताै अधिवेशन सम्पन्न, राम बहादुर योन्जन तामाङ अध्यक्षमा चयन

    कुवेत–   जन-जागृति युवा समाज कुवेतको साताैं अधिवेशन तथा चाैधाैं वार्षिक उत्सव सम्पन्न भएको छ ।...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal