News Portal

जापानी अर्बपति माएजावाले चन्द्रमाको यात्रामा विश्वभरका ८ जना लैजाने घोषणा

हिमालीसंचार संवाददाता
५११ पटक

ऐजेन्सी – जापानी अर्बपति युसाकु माएजावाले आफूसँग चन्द्रमाको यात्रा गर्नका लागि विश्वभरबाट ८ जना सर्वसाधारणलाई आमन्त्रण गरेका छन् । युसाकुले एलन मस्कको ‘स्पेसएक्स’ रकेटबाट सन् २०२३ मा चन्द्रमाको यात्रा गर्दै छन् ।

‘मैले यो यात्रामा विभिन्न पृष्ठभूमिका मानिस जोडिऊन् भन्ने चाहन्छु,’ उनले ट्वीटरमा एक भिडियो सार्वजनिक गर्दै भनेका छन् । त्यसमा उनले आवेदन दिनका लागि भर्नुपर्ने विवरणसहितको लिंकसमेत राखेका छन् । युसाकुले यात्राका लागि लाग्ने खर्च आफैंले व्यहोर्ने र अन्य सहभागीले निःशुल्क रूपमा यात्रा गर्न पाउने पनि जनाएका छन् ।

‘डियरमुन’ नामक अन्तरिक्ष मिसनमा भाग लिनका लागि आवेदकले दुइटा मापदण्ड पूरा गर्नुपर्ने उल्लेख गरिएको छ । युसाकुले यात्रा गर्न चाहने व्यक्ति ‘जुनसुकै क्रियाकलापमा संलग्न रहेका भए पनि उनीहरूले अन्य मानिस र बृहत् समाजलाई कुनै न कुनै रूपमा सहयोग गर्नुपर्ने’ जनाएका छन् ।

त्यसका साथै ‘त्यस्तै धारणा राख्ने यात्राका अन्य सदस्यहरूलाई सहयोग गर्न ती व्यक्ति इच्छुक हुनुपर्ने’ जनाइएको छ । ‘मैले सबै सिटहरू किनिसकेको छु, त्यसैले यो निजी यात्रा हुनेछ,’ उनले भनेका छन् । युसाकु फेसन क्षेत्रका धनाढ्य हुन् । सन् १९७५ मा जन्मेका युसाकुले २३ वर्षको उमेरमा अनलाइन फेसन वेभसाइट ‘जोजोटाउन’ बाट व्यावसायिक यात्रा सुरु गरेको हुन् । फोर्ब्सका अनुसार जापानका २२ औं धनी युसाकुसँग २ अर्ब अमेरिकी डलरबराबरको सम्पत्ति छ । युसाकुले यात्राका लागि यसअघि आफूले ‘कलाकारहरू’ लाई आमन्त्रण गर्न चाहेको बताएका थिए । तर अब भने ‘यात्रामा समावेश हुन विश्वभरका मानिसलाई मौका दिने’ उनले बताए ।

‘यदि तपाईंले आफूलाई कलाकारका रूपमा हेर्नुहुन्छ भने तपाईं एक कलाकार नै हो,’ युसाकुले भने । उनले गत वर्ष ‘डियरमुन’ यात्रामा आफूसँग समावेश हुनका लागि नयाँ केटीसाथीको पनि खोजी गरेका थिए । तर केही मिश्रित प्रक्रियापछि उनले त्यो योजना रद्द गरेको जनाएका थिए । एलन मस्कको स्वामित्वको कम्पनी स्पेसएक्सले सन् २०१८ मा चन्द्रमाको परिक्रमा गरिने यात्रामा लैजानका लागि पहिलो यात्रुका रूपमा युसाकुलाई छानेको थियो ।

अन्तरिक्षमा जानका लागि उनले कति रकम तिरे भन्नेबारे भने हालसम्म केही उल्लेख गरिएको छैन । तर उक्त यात्राका लागि युसाकुले ‘धेरै ठूलो रकम’ तिरेका मस्कले बताएका छन् । सन् २०२३ का लागि तय गरिएको डियरमुन मिसन सन् १९७२ पछिको मानवसहितको पहिलो चन्द्रमा यात्रा हुनेछ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...