News Portal

धरानको सर्दु खोला भित्र बनाएको छाप्रो नगर प्रहरीद्वारा भत्काएर सामाग्री नियन्त्रणमा

हिमालीसंचार संवाददाता
३८९ पटक

धरान – धरान उपमहानगरपालिका धरान-१७ स्थित नमुना सुन्दर बस्तीको पश्चिमपट्टिको सर्दु खोला भित्र बनेका चार वटा छाप्रो घर र १ सय घेरा बेरा नगर प्रहरीले भत्काइएको छ।
आज बिहान धरान उपमहानगरपालिकाको नगर प्रहरीको टोलीले गस्ती गर्दै जाने क्रममा खोला भित्र बगरमा ४ वटा टिन र बासको भाटाले बारिएको छाप्रो घर र खोला बगरमै १ सय वटा घेरा बेरा गरी जग्गा अतिक्रमण गरेको फेला परेपछि धरान नगर प्रहरीले ४ वटा छाप्रो घर र घेरा बेरा भत्काएर नियन्त्रणमा लिएको छ ।

नगरको सर्दु खोला बगरमा यति धेरै घेरा बेरा कसले गर्‍यो ? भन्ने सन्दर्भमा स्थानीयवासीले राति राति बनाउने र आफूहरूले नचिनेको बताएको नगर प्रहरी प्रमुख विष्णु कोइरालाले बताए। धरानमा सुकुम्वासी बसोबास खुलेको छ भन्ने हल्ला नगर बाहिर चलेकाले धरान बाहिरबाट सुकुम्वासी बसोबासका लागि आएको स्थानीयले बताएका छन् ।

नयाँ बनेको संरचनाहरू भत्काउनेक्रममा कोही पनि दाबी तथा विरोध गर्न नआएको धरान उपमहानगरपालिका नगर प्रहरीले बताएका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...