News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • कांग्रेसको दुई लाख बढी क्रियाशील सदस्यहरुको नामावली अनलाइनबाटै अद्यावधिक

    हिमालीसंचार संवाददाता
    ३५९ पटक

    काठमाडौँ – नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण र नवीकरणलाई तीब्रता दिएको छ। वितरण गरिएका क्रियाशील सदस्यको विवरण केन्द्रमा अद्यावधिक गर्ने काम अनलाइनबाटै भइरहेको छ। ७७ मध्ये ४८ जिल्लाका क्रियाशील सदस्यहरुको विवरण अपडेट भइरहेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

    ‘४८ जिल्लाका क्रियाशील सदस्यहरूको नामावली अपडेट हुँदैछ,’ पौडेलले सेतोपाटीसँग भने, ‘क्रियाशील संख्या धेरै भएका जिल्लामा त्यहाँका पार्टी सभापतिसँग समन्वय गरी प्रविधि हेर्ने साथीहरूले अपडेटको काम गरिरहनुभएको छ।’ १ सय ६५ संघीय निर्वाचन क्षेत्रसहित देशका २ सय ७ ठाउँबाट क्रियाशील सदस्यको विवरण अनलाइनबाटै अपडेट गर्ने काम जारी रहेको उनले बताए।

    ‘एक क्षेत्रमा ४ जनासम्म प्रविधि हेर्ने साथीहरूलाई हामीले विवरण अद्यावधिक गर्न पासवर्ड दिएका छौं,’ उनले भने। प्रविधि प्रयोग गरी कांग्रेसले छिटो क्रियाशीलको विवरण अपडेट गर्न लागेको हो। मुख्यसचिव पौडेलका अनुसार अहिलेसम्म २ लाखभन्दा बढी क्रियाशील सदस्यको नामावली अनलाइनबाटै अपडेट गरिसकिएको छ।

    कांग्रेसले भदौ ७ देखि १० सम्म काठमाडौंमा १४ औं महाधिवेशन गर्ने बताएको छ। यस्तै असारदेखि नै वडा तहमा अधिवेशन सुरू गर्ने कार्यतालिका यसअघि नै प्रकाशित भइसकेको छ। गाउँ/नगर अधिवेशन असार ५ गते तोकिएको छ। त्यसअघि नै क्रियाशील सदस्यताको काम सक्नुपर्छ किनभने वडाका मतदाता तिनै क्रियाशील सदस्य हुन्छन्।

    क्रियाशील सदस्यतामा विवाद आए केन्द्रीय सदस्य रमेश लेखक नेतृत्वमा रहेको छानविन समितिले आवश्यक निर्णय गर्न सक्छ। कांग्रेसमा २०७२ मा भएको १३ औं महाधिवेशनमा करिब ५० हजार जनाले विवादका कारण क्रियाशील सदस्यता पाएका थिएनन्। पहिलेजस्तो विवाद नहोस् भनेर यसपटक सभापति शेरबहादुर देउवाले लेखकको नेतृत्वमा समिति बनाएका छन्। उक्त समितिले विवाद देखिएमा निरूपण गर्नेछ।

    चैत १० गतेभित्र क्रियाशील सदस्यता केन्द्रमा पठाइसक्न फागुन ६ मा बसेको केन्द्रीय समितिले निर्देशन दिएको थियो। त्यसमा उजुरी परेमा चैत २५ भित्र छानविन समितिमा उजुरी दिन सकिनेछ। क्रियाशील सदस्यको विवरणलाई सभापति देउवाले प्रमाणित गर्नुपर्ने हुन्छ। क्रियाशील सदस्यको नामावलीको अन्तिम सूची देउवाले जेठ २४ भित्र प्रमाणित गरिसक्नुपर्छ।

    कांग्रेसले क्रियाशील सदस्यता संख्या १० लाखभन्दा बढी बनाउने तयारी गरेको छ। १३ औं महाधिवेशनमा ४ लाख ८० हजार क्रियाशील रहेकोमा उपसभापति विजयकुमार गच्छदार, सहमहामन्त्री सुनिल थापालगायतबाट आएकालाई क्रियाशील दिएर अहिले करिब ५ लाख हाराहारीमा कांग्रेसका क्रियाशील सदस्य छन्। कांग्रेसले शतप्रतिशत क्रियाशील वितरण गर्न सक्ने अधिकार वडा समितिहरूलाई दिएको थियो।

    प्रतिकृया दिनुहोस्

    मकै काट्ने मेसिन भित्रिएपछि कृषक उत्साहित

    मोरङ, जेठ १ – मोरङको दक्षिणी भेगमा पर्ने रंगेली, सुनवर्सी, रतुवामाई र धनपालथान गाउँपालिका लगायतका...

    पानीजहाज विधेयकमा ‘तोकिए बमोजिम’ शब्दप्रति असन्तुष्टि, संशोधनतर्फ विधायन समिति

    काठमाडौं, जेठ १ – राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी विधेयकमा...

    नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट

    काठमाडौं, जेठ १ – नेपाली सुनचाँदी बजारमा बिहीबार ठूलो गिरावट देखिएको छ। लगातार स्थिर देखिएको...

    गैरआवासीय नेपालीहरूबीच एकताको अपिल : एनआरएनए ग्लोबल कन्क्लेभबाट आठ बुँदे निष्कर्ष सार्वजनिक

    काठमाडौं, जेठ १ – काठमाडौंमा सम्पन्न “एनआरएनए ग्लोबल कन्क्लेभ–२०२५” ले गैरआवासीय नेपालीहरू (एनआरएन) बीचको विवाद...

    आजको राशिफल

    आज जेठ १, २०८२ (मे १५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...