News Portal

तपाईंको राशिफल : २०७५ साल  आश्विन ५ गते शुक्रवार, तदअनुसार सेप्टेम्बर २१, २०१८

हिमाली संचार संवाददाता
६२० पटक

– ज्यो.प. नारायणप्रसाद दुलाल

मेष
रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । बोलीको प्रभाब बढ्नेछ । प्रणयसम्बन्ध र रतिराग बढाउने समय छ । घरमा परपाहुनाको आगमन हुने सम्भावना पनि छ ।

वृष
वैदेशिक क्षेत्रको कार्य अघी बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ ।

मिथुन
सानातिना समस्यामा अल्झिनुपर्नेछ । पाचनप्रणालीमा समस्या देखिनसक्छ । दुष्ट व्यक्तिको संगतले आत्मघाती कार्य गर्न पुगिएला सचेत रहनुहोला ।

कर्कट
पढाइ लेखाइमा प्रगति हुनेछ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । रमाइलो यात्राको योग रहेको छ । मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ ।

सिंह
मनोरञ्जनमा सहभागीता भइएला । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । स्वादिष्ट भोजन पाईनेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ ।

कन्या
न्यायिक कार्यमा सफलता मिल्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । परिवारमा रमाइलो जमघट हुनेछ र अभिभावकले सन्तुष्टि जनाउने छन् ।

तुला
अल्छीपन र आलस्य नत्यागेमा आँटेको काममा सफलता नमिल्न सक्छ । आर्थिक कारोवारमा बिवाद आउनेछ । चोटपटकको भयछ सचेत रहनुहोला ।

वृश्चिक
प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ । कार्यमा सफलता पाईनेछ । अदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । सन्तान सुख मिल्नेछ ।

धनु
विशिष्ठ व्यक्तिको साथ पाईनेछ । आँटेको र ताकेको कार्य पुरा होला । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ ।

मकर
धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । अध्ययन अध्यापन सफल रहेको छ । आकस्मिक धन लाभ हुनेछ ।

कुम्भ
प्रेममा मनमुटावका साथै मनमा सङ्का उत्पन्न हुनेछ । निर्णायक क्षमतामा कमी आउनेछ । आफ्नै कमजोरीले विवादमा परिएला । घरायसी विवाद बढ्नेछ ।

मीन
साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ । वाहन लाभ रहला ।

प्रतिकृया दिनुहोस्

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक...

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...

देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी नहुने

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुने भन्ने सूचनामा कुनै...