News Portal

सगरमाथा साहित्य प्रतिष्ठान नेपालले पायो पूर्णता

विभिन्न उपसमिति गठन

हिमालीसंचार संवाददाता
३५५ पटक

युएई- साधनारत साहित्यकर्मीहरुको साहित्यिक संस्था सगरमाथा साहित्य प्रतिष्ठान नेपाल केन्द्रीय कार्यसमितिले पूर्णता पाएको छ । अधिबेशनपछि गत फेब्रुअरी २२ मा बसेको कार्यसमितिको पहिलो अनलाइन बैठकले कार्यसमितिलाई पूर्णता दिंदै विभिन्न उपसमितिका संयोजकहरु पनि तोकेको हो । सगरमाथा साहित्य प्रतिस्ठानको गत १५ फेब्रुअरीमा भएको अधिबेशनले जीवित खड्का मगरलाई केन्द्रीय अध्यक्षमा चयन गरिसकेको छ।

नवनिर्वाचित अध्यक्ष खडकाको सभापतित्वमा बसेको बैठकले केन्द्रीय उपाध्यक्षमा सरु सितल राई, महासचिबमा डिजि शर्मा, सचिवमा डिएल घिमिरे, सहसचिबमा सुजन सुजन सिरेन चाङ्वाङ्, कोषाध्यक्षमा चन्द्र सम्बाहाम्फे र सदस्यहरुमा कृष्ण घिमिरे, सुमित्रा सुमी, राज यात्री लम्साल, युवराज खतिवडा, नवराज ढकाल, रोहित कुँवर, जीरन थुलुङ, अमृता बान्तवा, शम्भु अर्याल ( पदेन सदस्य, गन्डकी शाखा अध्यक्ष ) र मोहन तरामु मगर ( पदेन सदस्य ) नियुक्त गरेको छ।

यस्तै निवर्तमान अध्यक्ष कृष्ण बिश्वकर्मालाई केन्द्रीय कार्यसमितिको विशिष्ट सदस्यको रुपमा मनोनित गरिएको छ । बैठले विभिन्न उपसमिति र तिनका संयोजकहरु पनि चयन गरेको छ । कला/साहित्य प्रमुखमा दीपराज नेयोङ्हाङ, भाषा तथा साहित्य विभाग प्रमुखमा खगेन्द्र समरस, सूचना/सञ्चार विभाग प्रमुखमा अजित क्षेत्री, अर्थ विभाग प्रमुखमा शिशिर दूरबस्तीको र प्रबक्तामा राजेशराज गड्तौलालाई चयन गरेको छ ।

संस्थाको अनुशासन कमिटिको संयोजकमा निबर्तमान अध्यक्ष कृष्ण बिश्वकर्मालाई चयन गरेको छ । यस्तै अमेरिका निवासी राखी गौचनलाई संस्थाको अन्तर्राष्ट्रिय शाखा बिस्तारका लागि संयोजक नियुक्त गरिएको संस्थाका केन्द्रीय अध्यक्ष जीबित खड्का मगरले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...