News Portal

रंगेली नगरपालिकाको महिला जनप्रतिनिधिहरुलाई तालिम

हिमालीसंचार संवाददाता
३८० पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिकाको स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधि लक्षित नेतृत्व र क्षमता विकास  गर्ने उदेश्यले चार दिने   तालिम सुरु भएको छ।

जननिर्वाचित महिला सदस्यहरुको क्षमता र नेतृत्व विकास लागि आवश्यक पर्ने प्रक्रियाको विषयमा जानकारी दिन प्रारम्भिक चरणको तालिम सुरु हो । स्थानीय तहमा निर्वाचित उनीहरुको निर्णय प्रक्रियामा सहभागिता, नेतृत्व परिचय, भूमिका र आत्माविश्वास बृद्धि गर्ने उद्देश्यले तालिम सुरु गरिएको छ।  तालिम रंगेलीमा रहेको मेलिना गेष्ट हाउसमा उक्त तालिमको आयोजना गरिएको छ। 

सो कार्यक्रम दलित महिला केन्द्र नेपालले इन्टरनेशल फाउण्डेशन फर इलेक्ट्रोल सिस्टम संस्थासँगको सहकार्यमा मोरङको ६ पालिकाको रंगेली, बेलबारी, कटहरी, ग्रामथान, केराबारी र लेटाङमा सो तालिमको आयोजना गरिएको दलित महिला केन्द्र नेपालका प्रशिक्षक उमेश बिकले बताए ।

रंगेली नगरपालिकामा निर्वाचित २१ जना महिला जनप्रतिनिधिहरुलाई तालिममा सहभागी  रहेको छन। कार्यक्रमको उद्घाटनमा रंगेली नगरपालिकाका मेयर दिलिप बगडियाले मैनबत्ति बालेर उद्घाटन समेत गरेका थिए । उनले  भने हरेक तालिममा भत्ताको लोभमा गर्ने र भत्ता पाउने थाहा पाएपछि टाठा बाठाले मात्रै तालिम बारम्बार लिदै आईरहेको तर तालीम पछि त्यसको सदुपयोग नगर्ने गरेको समेत बताए ।

यसरी महिला जनप्रतिनिधिहरुलाई तालिमको आयोजना गरेकोमा आयोजकलाई धन्यवाद समेत दिएका छन । उनले भने तालिममा  क्षमता विकास नगरी नेतृत्व गर्न नसकिने भएकाले ब्यक्तिगत क्षमता वृद्धि, अध्ययनले मात्र सफल नेतृत्व संभव हुने र असल गुणहरुको विकास गर्न तालिमहरुले महत्वपुर्ण भुमिका निर्वाह गर्न आवश्यक रहेको समेत बताए । तालिमलाई एनजिओ फेडेरेसन नेपालका सचिब उमेश बिश्वकर्मा र स्वस्तिका पोख्रेल र  निलम ढुङ्गगानाले  सहजिकरण गरेका थिए ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...