News Portal

रंगेली प्रहरीले १६ थान मोवाईल सम्बंधित ब्यक्तिलाई फिर्ता दिए

हिमालीसंचार संवाददाता
३४४ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको इलाका प्रहरी कार्यालय रंगेलीले बिगत एक महिनाको अवधिमा हराएका विभिन्न कम्पनीका १६ थान मोवाईल फेला पारेको छ। फेला परेका ती मोबाइल आईतबार  धनीलाई बुझाएको छ।

बिगत एक महिना अगाडीदेखि हराएका मोबाइलहरु सम्बन्धित व्यक्तिहरुले आफ्नो मोबाइलमा रहेको आइएमई नम्बर रंगेली प्रहरीलाई जिम्मा लगाएको थियो । प्रहरीले हराएका ति मोबाइलहरु खेजतालस गर्न थालेपछि धमाधम फेला परेका थिए ।

रंगेली प्रहरीले हराएका मोवाईलको लागि भिन्दै डेक्सको स्थापना गरि हराएका मोवाईलहरु खोज तलास गर्न थालेको प्रहरीले जनाएको छ । ५  महिना अगाडिदेखि मोबाइल मेघराज अधिकारीले आफ्नो मोबाइल खोजिदिएकोमा प्रहरीलाई धन्यवाद दिए । अधिकारीले  भने भेटिएला भन्ने आस नै थिएन् तर प्रहरीको सक्रियतामा भेटियो ।

प्रहरीले मो. इस्लाम मिया, मो.नईम मिया, गोपाल मुर्मु, रंजित मण्डल, अजय कुमार साह, रामदेव मण्डल, पुनम राजवंशी, मेघराज अधिकारी, जसुलाल गंगाई, विश्व कुमार राजवंशी, प्रकास कुमार मण्डल, मनिस हेम्ब्रम, कविता राजबंशी, बिजेता प्रधान र सुमन हेम्ब्रमलाई हराएको मोवाईल फिर्ता गरेको ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक अनमोल खड्काले बताए ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...