News Portal

ओभर ड्राफ्ट र भिजिलान्ते पत्रकार !

के. बि. महरा
५२२ पटक

पत्रकार, जस्लाई राज्यले चौथो अंङ्ग स्विकार गरेको छ। उसोत मानव शरीरमा हुनेगरेका अलग-अलग अङ्गहरु जस्तै राज्यपनी एक सिङ्गो शरीर हो र त्यस भित्र अर्थात राज्यभित्र अटाउन मिल्नेजति सबैथोक त्यस राज्यकै अङ्ग हुन् भनी मान्न सकिएला तर, त्यसमध्ये पनि गहिराइमा पुगेर केलाउँदा कुनै बिशेष हुन्छन् र तिनिहरुको अभावमा समग्र प्रणाली संचालनमै अबरोध हुन पुग्छ।

शरीर संचालनमा केही बिशेष अङ्ग मुटु,फोक्सो जस्तै हाम्रो समाज अर्थात राज्य सन्चालनमासमेत केही महत्त्वपूर्ण अङ्गको परिकल्पना गरिएको हुन्छ। ब्यवस्थापिका, कार्यपालिका, न्यायसम्पादन र त्यस पछि प्रेस अर्थात संचार।

जब-जब राज्यका प्रमुख अङ्ग मध्ये कुनै एकमा मात्रै समस्या उत्पन्न हुन्छ त्यसले सिंगो राज्यप्रणाली लाई नै अबरोधमा पारिदिन्छ। उसोत नेपालको अस्थिर राजनिती र त्यसबाट प्रताडित समाजबाट उत्पन्न हुने प्राय: सबै अवस्था-ब्यवस्थाहरु मुलतः अस्थिरताकै भुमरिमा रुमलिएका छन्। यद्यपि जहाँ समस्या हुन्छ त्यहाँ समाधान पनि निस्कन्छ र निकालिनु पनि पर्छ।

पछिल्लो समय राज्यका प्राय हरेक अंङ्ग निष्क्रिय प्राय छन् त्यो आम समाजले अनुभूति गरिरहेकै कुरा हो। तर उत्पन्न परिस्थितिको जिम्मेवारी हरेकले स्विकार्नु पर्ने नै हुन्छ र सम्भाव्य अवस्था आँकलन गरि सु-ब्यवस्था प्रतिरक्षाका लागि आम नागरिक सचेत बन्न जरुरी हुन्छ।

नागरिक सचेतनाका लागि सन्चारले महत्त्वपूर्ण भुमिका खेल्न सक्छ र जुन अपरिहार्य पनि हो। तथ्यगत र समालोचनात्मक भई हरेक आमसंचार र त्यस सङ्ग सम्बन्धित सबैले भुमिका खेल्नु पर्ने हुन्छ
प्रेस आफैमा स्वतन्त्र र निश्पक्षताको परिकल्पना हो। तर कुनैपनी बिषयमा उठान गर्नु अघि आग्रह/पुर्वाग्रह बिना फ्याक्ट सहितको समाचार सम्पादनमा जोड दिनु उनिहरुको दायित्व हो।

पछिल्लो समय छिटो चर्चित बन्ने होडबाजिले गर्दा समग्र आमसन्चार क्षेत्रमै समस्या उत्पन्न भएको अनुभूति गर्न सकिन्छ। कुनै घटनामा अभियोजन पुस्ट्याई पछि मात्रै अभियुक्त सावित हुन्छ र कानुन संवत् निर्णय गरिन्छ तर त्यस अगावै लेखिने सब्दचयन र त्यस माथिको धैर्यता गुमाउँदा अर्थले अनर्थ लगाईदिन्छ र क्षणिक चर्चा बटुल्ने ध्ययेले गर्दा हल्लाको भरमा वास्तविकता गमन हुन पुग्दछ। झुटले श्रेय पाउँछ। त्यसैको पछिल्लो उदाहरण मध्ये एक गतिलो उदाहरण हो बैतडिकी भागरथी बलात्कार तथा हत्याकाण्ड र प्रहरीले गरेको प्ररम्भिक अनुसन्धानअगावै अदालतले अभियोजन प्रमाणित गर्नु पुर्वअभियोग पुष्टि साथ लेखिएका समाचार।

यसरी हतारमा र अनुमानमा लेखिने समाचारले न्यायिक र सभ्य समाजको परिकल्पनामा आघात पुर्याउने निश्चित प्राय छ। तसर्थ, संचारकले श्रोताहरुलाई दिने वा, प्रस्तुत गर्ने विषयवस्तु श्रोताको चाहना र आवस्यकता अनुरुप समसामयिक बिषयमा आधारित विश्वासिलो,भरपर्दो व्यबहारिक हुनुपर्छ। तथ्यमा आधारित वा, श्रोताले स्विकार्ने वा, ग्रहण गर्ने हुनुपर्दछ। यदि प्रस्तुत बिषयबस्तु शंकालाग्ने वा, गफ र आदर्शमा आधारित भएमा त्यो निरर्थक हुन जान्छ।

(महरा सवाल नेपाल अनलाईनका काठमाडौँ बिभाग प्रमुख हुन।)

प्रतिकृया दिनुहोस्

भुटानी शरणार्थी समस्या समाधानका लागि सरकारसँग सक्रिय पहलको माग

लन्डन, वैशाख ६ — भुटानी शरणार्थी समस्या दीर्घकालीन रूपमा टुंग्याउन र भुटानमा रहेका नेपालीभाषी राजनीतिक...

अबैध रूपमा खोला उत्खनन, नगरपालिका मौन

मोरङ, वैशाख ६/रविन्द्र बराल – मोरङको रतुवामाई नगरपालिका–५ स्थित रतीलाल टोल नजिक रहेको बक्राहा खोलामा अवैध...

भोलिदेखि गोरखाका सामुदायिक विद्यालय सञ्चालनमा आउने

गोरखा, वैशाख ६ — गोरखा जिल्लाका सामुदायिक विद्यालयहरुमा भोलि सोमबारदेखि पठनपाठन सुरु गरिने भएको छ।...

आज २०८३ साल वैशाख ६ गतेको राशिफल

आज वैशाख ६, २०८३ ( अप्रिल १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८२ साल वैशाख ५ गतेको राशिफल

आज वैशाख ५, २०८३ ( अप्रिल १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...