News Portal

आधा स्त्री, आधा पुरुष भएको दुर्लभ चरा (भिडियो सहित)

हिमालीसंचार संवाददाता
५६७ पटक

दिन्दु धर्म अनुसार एउटा पौराणिक शास्त्रीय मान्यता छ -अर्धनारीश्वर, अर्थात एउटै देहमा नर र स्त्री दुबै शरीरको उपस्थिति। भगवान् शिवको एउटा रूप अर्धनारीश्वरका मन्दिर र प्रायः जसो अन्य शिव अथवा देवीका शक्तिपीठहरुमा अर्ध नारीश्वरका विग्रह रहेको पाइन्छ। यस्ता  विग्रहमा भगवान् शिव र उनको अर्धाङ्गिनी शक्तिलाई चित्रित गरिएको हुन्छ। त्यस्तै नेपालमा आधा पुरुष र आधा महिलाको स्वरुप भएको दुर्लभ चरा भेटिएको छ। 

आधुनिक विज्ञान जगत अथवा ‘रिप्रोडक्टिभ बायोलॉजी’ (reproductive biology) मा यस शारीरिक अवस्थालाई ‘हेर्माफ्रोडाइट’ (hermaphrodite  ) भनिन्छ। हाम्रो चलनचल्तीको भाषामा यसलाई ‘द्विलिंगी प्राणी’ भन्न मिल्छ।  यस्ता प्राणीको शरीरमा स्त्री अंग र पुरुष अंग दुबै रहेका हुन्छन्, र यी प्राणीले आवश्यकताअनुसार कहिले पुरुष त कहिले स्त्रीको भूमिका निर्वाह गर्छन्।

प्राणी जगतका tunicates, pulmonate snails, opisthobranch snails, earthworms,  slugs ‘हेर्माफ्रोडाइट’ वर्गका प्राणी हुन्। केही कशेरुकीय प्राणी (vertebrates- मेरुदंड हुने प्राणीवर्ग ) पनि द्विलिंगी हुन्छन् ।  अर्थात यी प्राणीमा पुरुष र स्त्री छुट्टाछुट्टै हुन्नन, एउटै शरीरमा स्त्रीका अंग हुनुका साथै पुरुष अंग पनि विधमान हुन्छन्। वनस्पति जगतका अधिकाँश सदस्य महानुभावहरु द्विलिंगी अर्थात ‘हेर्माफ्रोडाइट’ वर्गमा आउँछन्। 

“Classification phylogénétique du vivant (Vol. 2)” – Lecointre and Le Guyader (2001) का अनुसार अहिलेसम्म पत्ता लागेका ७७ लाख प्राणी प्रजाति मध्ये  झण्डै १ प्रतिशत प्राणी प्रजाति  अर्थात झण्डै ६५ हज़ार द्विलिंगी रहेका छन्। यी  सबैले आफै प्रजनन क्रिया (self-fertilization.) गर्छन्। यिनले सहवास र सम्भोग खातिर अन्य शरीरको  खोजी राख्नु पर्दैन।

‘हेर्माफ्रोडाइट’शब्द को उत्पति पुरानो ग्रीक सभ्यतामा भएको थियो। ग्रीक ‘माइथोलोजी’ अनुसार ग्रीक भाषाका महान कवि ओविड (ovid – Publius Ovidius Naso (Classical Latin: [ˈpuːblɪ.ʊs ɔˈwɪdɪ.ʊs ˈnaːsoː]; 20 March 43 BC – 17/18 AD) ले भनेअनुसार पुरातन ग्रीक मान्यताका देवपुरुष हर्मिस (hermes ) र ग्रीक संस्कृतिको पुरातन मान्यताको प्रेम,सौन्दर्य,उल्लास, धैर्य र सृजनको देवी अफोर्डाइट (aphordite) बाट जन्मिएको पुत्र आफ्नो शरीरमा योनि र लिंग दुबै लिएर जन्मिएको थियो। यो नै पहिलो मानव ‘हेर्माफ्रोडाइट’ थियो। देव पुरुष हर्मिस र देवी अफोर्डाइटको संतति ‘हेर्माफ्रोडाइट’। ग्रीक माइथोलोजीमा यस पहिलो ‘हेर्माफ्रोडाइट’लाई जन्माउन अन्य दुइ देवकन्या (deity) निम्फ (nymph) र सलमाकिस (salmacis) को पनि महत्वपूर्ण भूमिका रहेको थियो।

पुरानो ग्रीक मान्यतामा पनि हिन्दूहरुका झै अर्धनारीश्वरको मान्यता व्याप्त थियो। वर्तमान युगमा ‘यूनाइटेड नेसन्स फर ह्युम्यान राइट्स’ले द्विलिंगीलाई ‘इंटरसेक्स’  (intersex ) नामकरण गरेको छ।

केही समय अघि अमेरिकाका एकजना पक्षी प्रेमीले भर्खरै एउटा यस्तो पक्षीको तस्वीर खिच्ने अवसर पाएका छन जुन पक्षीको आधी शरीर भाले र आधा शरीर पोथी अंगले सम्पन्न छ। अमेरिकाको पेन्सिलभानियामा बस्ने एकजना पंक्षीविद  जेम्स अर हिल तृतीयाले एउटा यस्तो दुर्लभ पंक्षीको तस्वीर खिचेका छन जुन पंक्षीको आधा शरीर नर र आधा स्त्रीको रहेको छ। जेम्स भन्छन यस्तो पंक्षी जीवनमा एक पटक हेर्न पाउनु पनि ठूलो सौभाग्य हो। उनका अनुसार यस पक्षीको शरीर बीचबाट रंगले विभाजित छ।  शरीरको एउटा रंग नर र अर्को रंग स्त्री शरीरलाई प्रतिबिम्बित गर्छ।

उनका अनुसार यो अति असामान्य घटना हो। पक्षीमा यो रूपान्तरण ‘डबल फर्टिलाइजेशन’ का कारण हुन आएको हो। यस ‘डबल फर्टिलाइजेशन’ प्रक्रियामा एउटा स्त्री डिम्बमा दुईवटा पुरुष शुक्राणु पसेर निषेचित हुँदा दुईवटा ‘जाइगोट’ (zygote) विकसित हुन पुग्छन। कालान्तरमा यी दुबै ‘जाइगोट फ्यूजन’ भएर एक भई जन्मिदा द्विलिंगी जन्मिने संभावना हुन्छ। अर्थात यसरी जन्मिने  प्राणीको शरीरमा दुबै लिंगका ‘सेक्स अर्गन्स’ (sex  organs ) हुन्छन्।

जेम्सले खिचेको तस्वीर एउटा कार्डिनल पंक्षीको हो, यो घर पालुवा पंक्षी हो।  कार्डिनल पंक्षी उत्तरी र दक्षिणी अमेरिकामा पाइन्छ । यस प्रजातिका पक्षीहरुमा नर कार्डिनलको रंग रातो र स्त्री कार्डिनल पक्षीको रंग सेतो हुन्छ। जेम्सले तस्वीर खिचेको कार्डिनलको रंग आधा रातो  र आधा सेतो रहेको छ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...