News Portal

  • नेकपाका नेता अन्सारीको गोली हानी हत्या, गृहमन्त्रीलार्इ मुस्लिम नेताले यसरी घेरेपछी…

    हिमाली संचार संवाददाता
    ७६६ पटक

    काठमाडाैँ – सुनसरीमा भारतबाट आएका हतियारधारी समूहले एक विद्यालयका ब्यवस्थापन समिति अध्यक्षको गोली प्रहार गरी हत्या गरेको छ। भारतीय सिमानामा पर्ने सुनसरीको हरिनगर गाउँपालिका–२ भुटाहा बजारमा बिहीबार रौयान नेसनल पब्लिक स्कुल व्यवस्थापन समितिका अध्यक्ष मौलाना खुर्सिद अन्सारीको गोली प्रहार गरी हत्या भएको हाे।

    बिहान सवा ११ बजेतिर मोटरसाइकलमा आएका दुईजनाको समूहले अध्यक्ष खर्सिदको गोली हानेर हत्या गरेकाे जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएकाे छ।

    हत्याको सेरोफेरो र यसको अनुसन्धानबारे नेपलपानाले खाेजी गर्दा हत्या गरिएका अध्यक्ष मौलाना खुर्सिद अन्सारी अपराधिक गतिविधिमा संलग्न रही ‘डन’ का रुपमा सुनसरीमा परिचित थिए। स्राेतका अनुसार अन्सारी नेपालमा अवैध मानिएका बस्तुहरुकाे तस्करीसमेत गरिरहेका थिए। सुनसनरीमा ‘डन’ का रुपमा परिचित अन्सारी अपराधिक गतिविधिकाे लागि ग्याङ नै चलाएर बसेका थिए। ग्याङमै कुरा नमिलेर ग्याङ्वारमा अन्सारी मारिएका हुन्।

    स्राेतका अनुसार २०५४ तिर जिल्ला विकास समितमा अन्सारी मनोनित सदस्य थिए। उनी पूर्व एमालेका नेता थिए भने हाल नेकपाका जिल्ला सल्लाहकार थिए।

    अन्सारीकाे हत्याभएपछि पूर्व एमालेका नेता केही बाेलेका छैनन् तर पूर्व माअाेवादीका मुस्लिम नेताहरुले चासाे देखाएका छन्।
    स्राेतका अनुसार पूर्व एमालेका नेताहरुले चाँसाे नदेखाउनले अन्सारी अवैध गतिविधि संलग्न रहेकाे केही हदसम्म पुष्टि गएकाे छ।
    प्रम केपी अाेली निकट स्राेतका अनुसार अन्सारी अवैध गतिविधिमा संलग्न भएकैले अाफ्ना निकटमा नेताहरुलार्इ नबाेल्न निर्देशन दिएका छन्।

    अध्यक्ष मौलाना खुर्सिद अन्सारीलाई गृहमन्त्री वामदेव गौतम भएको बेला पक्राउ गरेर भारत पठाइदिन भारत सरकारले आग्रह गरेको गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले बताए। यसले पुष्टि हुन्छ की अध्यक्ष मौलाना खुर्सिद अन्सारी अपराधिक गतिविधि संलग्न रहेका थिए। यसै कारणले प्रम अाेली अाफ्ना निकटका कुनै नेतालार्इ केही न बाेल्न निर्देशन दिएका छन्।

    विद्यालयको बैठक सकेर घर फर्कनेक्रममा भारतीय नम्बर प्लेटको अपाचे मोटरसाइकलमा आएका दुई भारतीय नागरिकहरुले खर्सिदको टाउको र छातीमा गोली प्रहार गरेकाे प्रहरीले जनाएकाे छ। उनलाई गोलीप्रहार गरेको स्थान स्कुलबाट एक सय मिटर टाढा पर्छ।

    खुर्सिदलाई गोली हानेर भारतीय सिमानातर्फ भागिरहेका बेला घुस्कीमा पुगेपछि प्रहरीले बाटो छेकेका थिए। बाटो छेकिरहेका मध्ये प्रहरी जवान शिव पौडेलको हात र खुट्टामा गोली हानेर उनीहरु फरार भएका छन्। घुस्कीबाट तीन किलोमिटरको दुरीमा रहेको खुला सिमाना हुँदै ती दुई भारतीय नागरिक फरार भएका हुन।  अहिले जिल्लाका सम्पूर्ण नाकाहरु शिल गरिएको प्रहरीले बताएको छ । व्यापक प्रहरी परिचालन गरिएको छ ।

    खुला सिमानाबाट प्रवेश गरेका भारतीय नागरिकहरुले दिनदाहाडै गोली प्रहार गरेर आतंक मचाएपछि सुनसरीको सीमा क्षेत्रका बासिन्दा त्रसित बनेका छन्। हत्यारा समात्न जिल्ला प्रशासनले सिमाना सिल गरेकाे बताए पनि उनीहरु भारततिर भागिसकेको बताइएको छ।

    आलमको हत्या भएपछि सुनसरीमा विरोध प्रदर्शन भएको छ।

    हरिनगरका स्थानीयबासी गोली प्रहार भएको घटनाबारे तत्काल जानकारी गराउदा पनि शसस्त्र प्रहरी नआएको भन्दै आक्रोशित छन्। शसस्त्र प्रहरीकै अगाडि सुटर समूह भाग्दा समेत सशस्त्र प्रहरीले केही नगरेको भन्दै जनता अाक्राेशित भएका छन् । भुटाहामा शसस्त्र प्रहरी बलको डिएसपी कमाण्डमा क्याप समेत रहेको छ। स्थानीयले आलमको शव प्रहरीसँग खोसेर सडकमा राखेर प्रशासन बिरुद्ध नाराबाजी गरिरहेका छन्। हरिनगरका बिभिन्न ठाँउमा टायर बालिएको छ।

    साथै गृहमन्त्री लगायत सरकारविरुद्ध चर्काे नारा लगाएका छन् भने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटका मुस्लिम नेताहरूले गृहमन्त्री रामबहादुर थापालाई भेटेर सुनसरीमा गोली हानी हत्या गरिएका खुर्सिद आलमका दोषीहरूलाई हदैसम्मको कारबाही माग गरेका छन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २८ गतेको राशिफल

    आज कार्तिक २८, २०८२ (नोभेम्बर १४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    गगन थापाको आत्मालोचना : “देउवालाई सभापति बन्न दिनु मेरो राजनीतिक भूल थियो”

    काठमाडौं, कार्तिक २७ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १४औँ महाधिवेशनमा शेरबहादुर देउवालाई सभापति...

    रंगेलीमा दुई युवक लागूऔषधसहित पक्राउ

    मोरङ, कार्तिक २७ – रंगेली नगरपालिका–४ मा सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट (बीओपी) ले लागूऔषधसहित...

    रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी मुद्दामा बहस सुरु

    बुटवल, कार्तिक २७ — सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

    सुधन गुरुङको चेतावनी: ‘माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं

    काठमाडौँ, कार्तिक २७ — “हाम्रो माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं,” नेपालका संस्थापक भनेर चिनिने...