News Portal

माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्षले बिहेको प्रलोभन देखाएर १५ वर्षीया किशोरीको यौनशोषण गरेपछी..

९३३ पटक

पोखरा – कास्कीको मादी गाँउपालिका वडा नं. ७ का वडाअध्यक्ष लालबहादुर गुरुङले लामो समयदेखि विवाह गर्ने प्रलोभनमा एक किशोरीलाई यौन शोषण गर्दै आएको घटना सार्वजनिक भएको छ । कक्षा ९ मा अध्यनरत १५ वर्षीय किशोरीलाई ३५ वर्षीय अविवाहित वडाअध्यक्षले बिहे गर्ने भन्दै रातिराति आफ्नो घरमा लगेर यौन शोषण गर्दै गरेको स्थानीयले थाहा पाएपछि घटना बाहिर आएको हो ।

स्थानीयका अनुसार वडाअध्यक्षले रातिराति मोटरसाइकलमा राखेर आफ्नो घर लैजाने र बिहानै किशोरीको घरमा पुर्‍याइदिने गर्दै आएका थिए। घटनाको बारेमा गाउँमा चर्चा हुन थालेपछि गाउँलेले शनिबार राति वडाअध्यक्षको घर घेरेका थिए । त्यहाँ किशोरी र वडा अध्यक्ष एउटै कोठामा भेटेपछि घटना बाहिर आएको हो। गाउँलेले गाउँको घटना बाहिर नल्याउने र त्यहीँ मिलाउने भन्दै आइतबार बिहान नेकपा एमालेका वडा कमिटीका अध्यक्ष बुद्धिबहादुर गुरुङको अध्यक्षतामा कचहरी राखेका थिए। वडा अध्यक्षले किशोरीलाई बिहे गर्न तयार भएको र उसको भविष्यका लागि सम्पूर्ण बन्दोवस्त गर्छु भन्ने कबोल गरेपछि कचहरी टुंगिएको थियो।

‘केटीको सुरक्षित भविष्यका लागि लिखित कागज गराउँ भन्दा वडाअध्यक्षले मान्नु भएन’, वडा कमिटीका अध्यक्ष बुद्धिबहादुर गुरुङले भने । ‘म सबै गरिहाल्छु भन्नुभयो तर अहिले किशोरी गाउँमा छैनन् भन्ने सुनेको छु,’ आफू व्यक्तिगत काममा व्यस्त भएकाले यस विषयमा थप जानकारी नपाएको उनको भनाइ छ ।

अरुको घरमा खेतीकिसानी गरेर जीविकोपार्जन गर्दै आएकी गरिब परिवारकी सदस्य किशोरीसँग बिहे गर्न नसुहाउने भन्दै वडा अध्यक्षले अहिले विभिन्न आर्थिक प्रलोभन देखाएर घटना लुकाउन खोजेको छन्। वडाअध्यक्षले विभिन्न मान्छे लगाएर किशोरीको साथीमार्फत आर्थिक प्रलोभन देखाएर आफू विरुद्धमा नबोल्न आग्रह गरेको पीडित किशोरीकी साथीले बताएकी छिन्

किशोरीको तर्फबाट बोलिदिने कोही नभएपछि अहिले यो घटनालाई थामथुम पार्ने प्रयास भइरहेको स्थानीयबासी बताउँछन्। ‘वडाअध्यक्षले दबाब दिएपछि किशोरीका बुबा र अन्य कसैलाई पत्तो नदिई किशोरीलाई गाउँबाट भगाइएको छ’, स्थानीय एक युवाले बताए ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका ३५ वर्षीय वडा अध्यक्षले राजनीतिक शक्तिका आडमा सबैको मुख बन्द गर्दै गरिब परिवारको इज्जतमाथि खेलवाड गरेको भन्दै यतिखेर गाउँलेहरु आक्रोशित भएका छन्। ती किशोरी माथि नभई अन्य गाउँका युवतीमाथि पनि कुदृष्टि लगाउँदै हिड्ने वडाअध्यक्षलाई कारबाही गर्नु पर्ने माग स्थानीयबासीको छ ।

स्थानीय भलादमी पूर्ण गुरुङले वडाको अभिभावकजस्तो मान्छे बाट भएको नकारात्मक ब्यवहारले वडा नं ७ बासीलाई लज्जित तुल्याएको बताए। उनले भने, ‘यो एकदमै नराम्रो कुरा हो। कुनै पनि किशोरीलाई आर्थिक प्रलोभनमा पारेर उसको इज्जतमाथि खेलवाड गर्ने अधिकार छैन।’ उनले थपे, ‘गरीब परिवारका सदस्यको ससम्मान बाँच्न पाउने अधिकारको सुनिश्चित हुनुपर्छ।’ घटनाको विषयमा नबोल्न दबाब बढेपछि अहिले पीडित किशोरी सम्पर्क विहीन छिन् । सत्यसमाचारबाट

प्रतिकृया दिनुहोस्

पहिरोका कारण भेडेटार–नाम्जे सडक ठप्प

धनकुटा, २९ फागुन — हिमाली संचार संवाददाता। लगातार सुक्खा पहिरो झरेपछि भेडेटार–नाम्जे सडक पूर्ण रूपमा...

पशुपति आर्यघाटमा मोहनप्रसाद ओलीको अन्त्येष्टि, ओलीद्वारा मुखाग्नि

काठमाडौं, फागुन २९ — पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको काठमाडौंस्थित पशुपति आर्यघाटमा...

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...