News Portal

  • माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्षले बिहेको प्रलोभन देखाएर १५ वर्षीया किशोरीको यौनशोषण गरेपछी..

    ८६० पटक

    पोखरा – कास्कीको मादी गाँउपालिका वडा नं. ७ का वडाअध्यक्ष लालबहादुर गुरुङले लामो समयदेखि विवाह गर्ने प्रलोभनमा एक किशोरीलाई यौन शोषण गर्दै आएको घटना सार्वजनिक भएको छ । कक्षा ९ मा अध्यनरत १५ वर्षीय किशोरीलाई ३५ वर्षीय अविवाहित वडाअध्यक्षले बिहे गर्ने भन्दै रातिराति आफ्नो घरमा लगेर यौन शोषण गर्दै गरेको स्थानीयले थाहा पाएपछि घटना बाहिर आएको हो ।

    स्थानीयका अनुसार वडाअध्यक्षले रातिराति मोटरसाइकलमा राखेर आफ्नो घर लैजाने र बिहानै किशोरीको घरमा पुर्‍याइदिने गर्दै आएका थिए। घटनाको बारेमा गाउँमा चर्चा हुन थालेपछि गाउँलेले शनिबार राति वडाअध्यक्षको घर घेरेका थिए । त्यहाँ किशोरी र वडा अध्यक्ष एउटै कोठामा भेटेपछि घटना बाहिर आएको हो। गाउँलेले गाउँको घटना बाहिर नल्याउने र त्यहीँ मिलाउने भन्दै आइतबार बिहान नेकपा एमालेका वडा कमिटीका अध्यक्ष बुद्धिबहादुर गुरुङको अध्यक्षतामा कचहरी राखेका थिए। वडा अध्यक्षले किशोरीलाई बिहे गर्न तयार भएको र उसको भविष्यका लागि सम्पूर्ण बन्दोवस्त गर्छु भन्ने कबोल गरेपछि कचहरी टुंगिएको थियो।

    ‘केटीको सुरक्षित भविष्यका लागि लिखित कागज गराउँ भन्दा वडाअध्यक्षले मान्नु भएन’, वडा कमिटीका अध्यक्ष बुद्धिबहादुर गुरुङले भने । ‘म सबै गरिहाल्छु भन्नुभयो तर अहिले किशोरी गाउँमा छैनन् भन्ने सुनेको छु,’ आफू व्यक्तिगत काममा व्यस्त भएकाले यस विषयमा थप जानकारी नपाएको उनको भनाइ छ ।

    अरुको घरमा खेतीकिसानी गरेर जीविकोपार्जन गर्दै आएकी गरिब परिवारकी सदस्य किशोरीसँग बिहे गर्न नसुहाउने भन्दै वडा अध्यक्षले अहिले विभिन्न आर्थिक प्रलोभन देखाएर घटना लुकाउन खोजेको छन्। वडाअध्यक्षले विभिन्न मान्छे लगाएर किशोरीको साथीमार्फत आर्थिक प्रलोभन देखाएर आफू विरुद्धमा नबोल्न आग्रह गरेको पीडित किशोरीकी साथीले बताएकी छिन्

    किशोरीको तर्फबाट बोलिदिने कोही नभएपछि अहिले यो घटनालाई थामथुम पार्ने प्रयास भइरहेको स्थानीयबासी बताउँछन्। ‘वडाअध्यक्षले दबाब दिएपछि किशोरीका बुबा र अन्य कसैलाई पत्तो नदिई किशोरीलाई गाउँबाट भगाइएको छ’, स्थानीय एक युवाले बताए ।

    माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका ३५ वर्षीय वडा अध्यक्षले राजनीतिक शक्तिका आडमा सबैको मुख बन्द गर्दै गरिब परिवारको इज्जतमाथि खेलवाड गरेको भन्दै यतिखेर गाउँलेहरु आक्रोशित भएका छन्। ती किशोरी माथि नभई अन्य गाउँका युवतीमाथि पनि कुदृष्टि लगाउँदै हिड्ने वडाअध्यक्षलाई कारबाही गर्नु पर्ने माग स्थानीयबासीको छ ।

    स्थानीय भलादमी पूर्ण गुरुङले वडाको अभिभावकजस्तो मान्छे बाट भएको नकारात्मक ब्यवहारले वडा नं ७ बासीलाई लज्जित तुल्याएको बताए। उनले भने, ‘यो एकदमै नराम्रो कुरा हो। कुनै पनि किशोरीलाई आर्थिक प्रलोभनमा पारेर उसको इज्जतमाथि खेलवाड गर्ने अधिकार छैन।’ उनले थपे, ‘गरीब परिवारका सदस्यको ससम्मान बाँच्न पाउने अधिकारको सुनिश्चित हुनुपर्छ।’ घटनाको विषयमा नबोल्न दबाब बढेपछि अहिले पीडित किशोरी सम्पर्क विहीन छिन् । सत्यसमाचारबाट

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ ३० गतेको राशिफल

    आज भदौ ३०, २०८२ (सेप्टेम्बर १५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    नख्खु जेलबाट फरार विदेशी कैदी पक्राउ

    जनकपुरधाम, भदौ २९ – नख्खु कारागारबाट भागेका चार जना विदेशी कैदीबन्दीलाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ।...

    ब्याण्डेज हातले अर्काे कुटे, रिपोर्टर्स क्लबमा आफैं मार खाए

    काठमाडौं, भदौ २९ – जेनजी आन्दोलनका सहिद परिवारसँगै संस्थापक सुधन गुरुङले आयोजना गरेको पत्रकार सम्मेलन...

    सुधन गुरुङको खुलासा : “सचिवलाई थर्काएँ, राष्ट्रपति निवासको पानी समेत पिएन”

    काठमाडौं, भदौ २९ – जेनजी आन्दोलनका अभियन्ता सुधन गुरुङले शीतल निवासमा भएको आफ्नो अनुभव सार्वजनिक...

    मकवानपुरमा दुई महिनाकी सुत्केरीमाथि बलात्कार, श्रीमान बाँधिएको अवस्थामा घटना

    मकवानपुर, भदौ २९ – मकवानपुरको राक्सिराङ गाउँपालिका-१ इन्द्रुङमा दुई महिनाअघि सुत्केरी भएकी २४ वर्षीया महिलामाथि...