News Portal

पत्रकार हत्यामा मुछिएका साउदी युवराज उत्तिकै शक्तिशाली रहलान् ?

हिमालीसंचार संवाददाता
३५३ पटक

ऐजेन्सी – साउदी पत्रकार जमाल खसोगीको हत्यासँग जोडिएको अमेरिकी गोप्य रिपोर्ट सार्वजनिक हुनु मध्यपूर्वका शक्तिशाली व्यक्ति साउदी अरबका युवराज मोहम्मद बिन सलमानको ताकत, प्रतिष्ठा र अन्तर्राष्ट्रिय हैसियतमा एक झट्काजस्तै हो । रिपोर्टमा खसोगीको हत्याका लागि सलमानले नै अनुमति दिएको उल्लेख छ । यस घटनाको असर आउनेवाला धेरै दशकसम्म पश्चिमी देश र साउदी अरबको आपसी सम्बन्धमा देखिन सक्छ ।

यस हत्यामा मोहम्मद बिन सलमान उर्फ एमबीएसको संलग्नता रहेको विषय बाहिरिएसँगै पश्चिमी देशका नेताहरुलाई उनीसँग सार्वजनिक रुपमा तथा व्यक्तिगत सम्बन्ध राख्न मुस्किल हुनेछ । तर, यसका बाबजुद मोहम्मद बिन सलमान लामो समयसम्म साउदीको सत्तामा रहने देखिएको छ । उनी ३५ वर्षको भए र साउदी अरबका युवाहरु माझ उनको लोकप्रियता निकै छ । यसको एक कारण देशभक्ति हो र दोस्रो नागरिकको स्वतन्त्रतामाथि लगाइएका धेरै प्रतिबन्धहरु हटाउने कार्य हो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले एमबिएसको साटो साउदीका राजा सलमानसँग सम्बन्ध राख्न चाहेको संकेत दिइसकेका छन् । तर राजा र युवराजबीच निकै नजिकको सम्बन्ध छ र दुईबीच फरक व्यवहार गर्नु बेइमानीको कुरा हुनेछ । ८५ वर्षका राजा सलमानको स्वास्थ ठिक छैन । उनले पहिल्यै आफ्ना धेरैजसो अधिकार एमबिएसलाई दिइसकेका छन् । 

खसोगी हत्याको सनसनीपूर्ण टेप 

पश्चिमा देशका खुफिया एजेन्सीहरुलाई युवराजको सम्बन्ध खसोगी हत्याकाण्डसँग जोडिएको छ भन्ने लामो समयदेखि थाहा थियो । यद्यपी, यस कुरालाई सार्वजनिक गरिएको थिएन ।  अमेरिकी गुप्तचर निकाय सिआईएकी पूर्वनिर्देशक गिना हैस्पेलले टर्कीको राजधानी अंकारामा पुगेर यो टेप सुनेकी थिइन् । हैस्पेल जब अंकारा पुगिन्, तब टर्कीका गुप्तचर अधिकारीहरुले खसोगीको अन्तिम क्षणका सनसनीपूर्ण अडियो टेप सुनाएका थिए । 

यस टेपमा खसोगीले टर्कीस्थित साउदी दूतावासभित्र साउदी अरबद्वारा पठाइएका एजेन्टहरुले कसरी आफ्नो गला दबाएका थिए र कस्तो संघर्ष गर्नुपरेको थियो भनेर बोलेका छन् ।  साउदी दूतावासभित्र टर्कीका गुप्तचरहरुले रेकर्डिङ गर्नु कुटनीतिक रुपमा गलत व्यवहारको उदाहरण हो। यद्यपी, खसोगीको घृणित हत्या हेर्दा यस हर्कतलाई खासै ठूलो मानिएन ।  पश्चिमा देशहरूका गुप्तचर एजेन्सीहरुलाई पनि यो रेकर्डिङ दिइयो । अमेरिकी अधिकारीहरुले त्यसयता यस घटनामा एमबिएस संलग्न रहेको निष्कर्ष निकालेका छन् । अमेरिकाको निकट सहयोगी साउदी अरबलाई बदनामीबाट बचाउन सकियोस् भनेर डोनाल्ड ट्रम्प राष्ट्रपति रहँदासम्म यस गोप्य रिपोर्टलाई बाहिर आउन दिइएन । यद्यपी, अब सुरक्षा कवच हटिसकेको छ । 

अमेरिकाको रोजाई होइनन् एमबिएस

साउदी अमेरिकाको युवराजका लागि अमेरिकाले एमबिसलाई समर्थन गरेको थिएन । अमेरिका चाहन्थ्यो, राजकुमार मोहम्मद बिन नायेफ आगामी राजा बनून् ।  सत्ताको दौडमा नायेफ नै सबैभन्दा अघि थिए । यद्यपी, २०१७ मा एमबिएसले उनलाई हटाइदिए । त्यसयता अहिले उनी हिरासतमा छन् । उनीविरुद्ध भ्रस्टाचार र युवराजविरद्ध षडयन्त्र गरेको आरोप छ । यद्यपी नायेफको परिवारले यस आरोप अस्विकार गरेको छ । 

वर्षौसम्म नायेफ साउदी शाही परिवारमा अमेरिकाका सबैभन्दा ठूला सहयोगी रहे । गृहमन्त्रीका रुपमा उनले अलकायदाको अतिवाद समाप्त गर्नमा सफलता पाएका थिए । आफ्ना गुप्तचर प्रमुख साद अल–जाबरीसँग मिलेर नायेफले सिआईएसँग नजिकको सम्बन्ध स्थापित गरेका थिए । अल–जाबरी अहिले क्यानेडामा निर्वासित जीवन बिताइरहेका छन् र उनले युवराज एमबिएसमाथि हत्या प्रयासको आरोप पनि लगाएका छन् । जाबरीका अनुसार एमबिएसले उनलाई मार्नका लागि एक दस्ता नै पठाएका थिए, यस्तोमा सिआईएसँग वर्तमान युवराजको सम्बन्ध सहज रहेको प्रस्टै छ ।

सिआईएलाई अहिले पनि साउदी शाही दरबारमा राम्रो सम्बन्ध बनाउनु छ । अलकायदा र आईएसको विश्वव्यापी अतिवादको खतरा अझै समाप्त नभएकाले पनि सिआईएका लागि यो जरुरी छ ।  यद्यपी, सिआईएले नायेफजस्तै गम्भिर, धैर्य शाली र सुरक्षित व्यक्तिसँग काम गर्नलाई प्राथमिकता दिएको छ, र एमबिएसजस्ता जे पनि गर्नसक्ने सन्की व्यक्तिसँग काम गर्न चाहेको छैन । 

इरानका लागि मौका 

साउदी अरब र अमेरिकाको सम्बन्धमा पैदा हुने कुनै पनि खटपट साउदीको क्षेत्रीय दुश्मन इरानका लागि उपहारजस्तो हो । जानकारहरुका अनुसार वर्षौंदेखि जारी नाकाबन्दी सहेर पनि ईरानले मध्यपूर्वमा एक महत्वपूर्ण स्थान बनाएको छ । आफ्ना छद्म लडाकु संगठनहरुमार्फत साउदी वरपरका लेबनान, सिरिया, इराक र यमनमा इरानले आफ्नो रणनीतिक पहुँच बनाएको छ । जब अमेरिकी राष्ट्रपति जो बाइडेनले यमनको युद्धका लागि साउदीलाई अमेरिकी हतियार नदिने घोषणा गरे, तब इरानको समर्थन पाएका हुथी विद्रोहीहरुले यस इलाकामा तत्काल फाइदा उठाए । त्यति बेलादेखि नै हुथी विद्रोहीहरुले धेरै मोर्चामा सफलता हासिल गरिसकेका छन् किनकी दुस्मनसँग हतियारको संकट छ भन्ने उनीहरुलाई थाहा छ । 

दीर्घकालिन रुपमा हेर्ने हो भने यो कदमले सुरक्षा सवालमा साउदी नेतृत्वलाई नयाँ देशसँग जोडिन बाध्य गर्नसक्छ ।  साउदीले रुस र चीनसँग आफ्नो निकटता बढाउन सक्छ । यसबाहेक साउदीले इजरायलसँग पनि आफ्नो सम्बन्ध बढाउन सक्छ । इरानका कारण साउदी र इजरायलले उत्तिकै भय महसुस गरेका छन् । 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...